The London College Top Banner Ad

TSLC मौका परीक्षा आवेदन फाराम भरी बुझाउनेबारे सूचना - CTEVT

CTEVT Notice for Chance Exam TSLC

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको

प्राविधिक एस.एल.सी तहको (एक तिषय) मौका परीक्षाको परीक्षा आवेदन फाराम भरी बुझाउनेबारे सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन/स्वीकृती प्राप्त गरी परिषद्का आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेका तथा निजी स्तरमा प्राविधिक एस.एल.सी तर्फ विभिन्न विषयमा तालीम सञ्चालन गर्ने शिक्षण संस्थाका लागि परीक्षासम्बन्धी नियमावली २०७१ को नियम ३ ख (४) वमोजिम २०७५ सालमा सञ्चालन भएको आंशिक तथा निर्यामततर्फ भएको वार्षिक तथा अन्तिम परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये नियमित तर्फका परीक्षार्थीहरू मध्येबाट सैद्धान्तिक तथा प्रयोगात्मकतर्फ एक विषयमात्र अनुत्तीर्ण मएका आशिक परीक्षार्थीहरूलाई प्रतिविषय परीक्षा शुल्क रु.२००|०० (अक्षरूपी दुडसय मात्र) सहित तपसिलमा उल्लेख भएबमोजिम सम्बन्धित शिक्षण संस्थाहरूले सम्बन्धित परीक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई तोकिएको स्थान र मितिमा फाराम बुझाउन हुन सम्बन्धित सवै शिक्षण संस्थाहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

शर्तहरु: 

१. शिक्षण संस्थाहरूबाट आंशिक परीक्षार्थीहरुको आवेदन फारामका साथ फाइल खडा गरी रकम बुझाएको रसिद संलग्न गरी सम्बन्धित प्रदेश तथा साविकको क्षेत्रीय कार्यालयहरूमा दर्ता गर्नुपर्नेछ । 

२. परीक्षा आवेदन फाराम साथ हाल सालै खिचिएको दुई प्रति पासपोर्ट साईजको फोटो समावेश गर्नु पर्नेछ ।

३. परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको अघिल्लो परीक्षाबाट प्राप्त लब्धाङ्क पत्र/लेजरको फोटोकपी फारामसाथ अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ ।

४. उल्लेखित शर्त पूरा नभएका र तोकिएको समयपछि प्राप्त आवेदन फारामउपर कुनै कार्यवाही गरिने छैन, त्यसको जवाफदेही परीक्षा नियन्त्रण कार्यालय हुने छैन ।

५. कुनै पनि शिक्षण संस्थाले शर्त पूरा नभएका प्रशिक्षार्थीहरूको परीक्षा आवेदन फाराम नियतवश समावेश गराई यदि प्रशिक्षार्थीहरूले परीक्षा दिएमा त्यस्ता परीक्षार्थीहरूको परीक्षा नतिजा स्वतः रद्ध हुने छ र त्यस्ता शिक्षण संस्थालाई परिषट्को ऐन, नियम तथा विनियमवमोजिम कारवाही हुनेछ ।

६. परीक्षा आवेदन फाराम मर्दा केरमेट, टिपेक्स लगाएको पाइएमा आवेदन फाराम बुझिने छैन ।

७. परीक्षा आवेदन फाराम तथा प्रशिक्षार्थी विवरण सर्माष्टिगत (CTEVT को वेवसाईट www.ctevt.org.np बाट डाउनलोड गरी प्रयोग गर्नुपर्ने छ ।

परीक्षा आवेदन फाराम बुझाउने स्थान, मिति तथा परीक्षा सञ्चालन मिति, समय र परीक्षा केन्द्रहरू:

परीक्षार्थीहरूको हकमा: मिति: २०७६ साल आषाढ ३ गते देखि २०७६ साल आषाढ १७ गतेसम्म ।

शिक्षण संस्थाहरूको हकमा (रकम दाखिला गरेको वैंक भौचरसहित): २०७६ साल आषाढ १९ गतेसम्म परीक्षा सञ्चालन हुने मिति: २०७५ साल श्रावण, भाद्रमा सञ्चालन भएका सम्पूर्ण विषयहरूका लागि २०७६ साल आषाढ २५ गते शनिवार विहान ७ बजेदेखि र २०७५ साल कार्तिक, मौँसरमा सञ्चालन भएका सम्पूर्ण विषयहरूका लागि २०७६ साल आषाढ २८ गते शनिबार दिउँसो २ बजेदेखि ।

फाराम बुझाउने स्थानः परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर र साविकका क्षेत्रीय कार्यालयहरूमा ।

परीक्षा केन्द्रहरू:

  • परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा फाराम बुझाउनेहरूको हकमा: बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, काठमाडौँ ।
  • साविकको मध्य क्षेत्र क्षेत्रीय कार्यालय भरतपुर, चितवनमा फाराम बुझाउनेहरूको हकमा: स्कुल अफ हेल्थ साइन्स, भरतपुर, चितवन ।
  • साविकको पूर्व क्षेत्र क्षेत्रीय कार्यालय, ईटहरी, सुनसरीमा फाराम बुझाउनेहरूको हकमा: श्री आदर्श मा.वि. विराटनगर ।
  • साविकको पश्चिम क्षेत्र क्षेत्रीय कार्यालय, कोहलपुर, बाँकेमा फाराम बुझाउनेहरूको हकमा: श्री भेरी प्राविधिक शिक्षालय नेपालगञ्ज, बाँके ।

परीक्षा नियन्त्रक

नोटः यो सचना (CTEVT को वेबसाईट www.ctevt.org.np मा पनि हेर्न सकिने छ ।

(सूचना प्रकाशित मिति २०७६ / ३ / ३)

Comments