प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
जिरी प्राविधिक शिक्षालय, जिरी, दोलखाको
शैक्षिक सत्र २०७६ / ०७७ मा डिप्लोमा तहको पूर्ण शुल्किय प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक संस्था यस जिरी प्राविधिक शिक्षालयमा यसै शैक्षिक सत्र २०७६।०७७ को लागि ३ बर्षे डिप्लोमा इन कृषि (पशु विज्ञान), डिप्लोमा इन कृषि (बाली विज्ञान) र डिप्लोमा इन सिभिल ईन्जिनियरिङ्ग तपसिलका कार्यक्रमहरूमा योग्यता पुगेका इच्छुक विद्यार्थीहरूका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०७६॥०३।२१ गते शनिवार दिन राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित सूचनावमोजिम दरखास्त आह्वान गरिन्छ ।
तपसिल :
१. न्यूनतम शैक्षिक योग्यता:
| कार्यक्रम | न्यूनतम शैक्षिक योग्यता |
|
कृषि (वाली विज्ञान) (Agriculture (Plant Science) |
|
|
कृषि (पशु विज्ञान) Agriculture (Animal Science) |
|
|
सिभिल ईन्जिनियरिङ्ग (Civil Engineering) |
|
२. आबेदन फाराम पाइने र बुझाउने स्थान: जिरी प्राविधक शिक्षालय, जिरी, दोलखा ।
३. फाराम वितरण सुरू मिति: २०७६ आषाढ २२ गते आइतबारदेखि ।
४. फाराम बुझाउने अन्तिम मिति: २०७६ श्रावण १२ गते आइतबार सम्म ।
५. आवेदन फाराम तथा प्रवेश परीक्षा शुल्क: रु. १,५००।- (रु. एक हजार पाँचसय मात्र)
६. सम्पर्क तथा प्रवेश-पत्र वितरण मिति र समय: २०७६ श्रावण २० र २१ गते (९:०० देखि ४:०० बजेसम्म) ।
७. प्रवेश परीक्षा मिति: २०७६ श्रावण २२ गते बुधबार विहान ७:०० बजेदेखि ।
८. परीक्षा समय: १ घन्टा ३० मिनेट ।
९. परीक्षा केन्द्र: गोरखापत्र राष्ट्रिय दैनिकमा पछि प्रकाशित गरिनेछ ।
१०. प्रवेश परीक्ाको किसिम: लिखित (अंग्रेजी, गणित र विज्ञान विषयहरूमा आधारित) ।
११. फारामसाथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू :
(क) स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35 x 45 MM) को २ प्रति रंगीन फोटो ।
(ख) एस.एल.सी. वा प्राविधिक एस.एल.सी वा एसाईईको मार्कीसट र चारित्रिक प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि ।
(ग) नागरिकता वा जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि ।
१२. अन्य विवरण :
(क) मर्नासम्बन्धी विस्तृत विवरण प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति २०७६/०३/२१ गते शनिबारको गौरखापत्र राष्ट्रिय दैनिक मा प्रकाशित शैक्षिक सत्र २०७६/०७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय भर्ना गर्न प्रवेश परीक्षा सञ्चालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी स्चना मा उल्लेख गरिएको छ।
(ख) थप जानकारी लिनु परेमा जिरी प्राविधिक शिक्षालय, जिरी दोलखाको फोन ०४९-४०००६३ मा सम्पर्क गर्न सकिनेछ । साथै Website: www.ctevt.org.np / www.jts.edu.np बाट समेत जानकारी लिन सकिनेछ ।
शिक्षालय प्रमुख