स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ छैठौं तहका अधिकृत ((प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा अधिकृत / आन्तरिक लेखापरीक्षक अधिकृत/लेखा अधिकृत (प्रशासन सेवा, लेखा समूह) पदहरुको प्रतियोगितात्मक परीक्षाको लागि पाठयक्रम
द्र्ष्टव्य :
- यो पाठयक्रम योजनालाई लिखित परीक्षा (प्रथम चरण र द्वितीय चरण) तथा अन्तिम चरण (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता) गरी दुई भागमा विभाजन गरिएको छ ।
- प्रश्नपत्र नेपाली भाषामा हुनेछ । तर प्रथम पत्रको Apptitude Test and English Language Competence Test को प्रश्नपत्र अंग्रेजी भाषामा हुनेछ ।
- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ ।
- वस्तुगत बहुवैकल्पिक (Multiple Choices) प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्ग कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्ग दिइने छैन र अङ्ग कट्टा पनि गरिने छैन ।
- परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन ।
- विषयगत प्रश्नका लागि तोकिएका अङ्गका हकमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरु Short Notes) सोध्न सकिने छ ।
- परीक्षामा सोधिने प्रश्न संख्या,अङ्ग र अङ्गभार यथासम्भव सम्बन्धित पत्र विषयमा दिइए अनुसार हुनेछ ।
- आयोगबाट संचालन हुने परीक्षामा परीक्षार्थीले मोबाइल वा यस्तै प्रकारका विद्युतीय उपकरण परीक्षा हलमा लैजान पाइने छैन ।
- विषयगत प्रश्न हुने पत्रका हकमा प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरु हुनेछन् । परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरुको उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
- यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरु परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठक्रममा परेको सम्झनु पर्दछ ।
- प्रथम चरण (First Phase) को लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुलाई मात्र द्वितीय चरण (Second Phase) को लिखित परीक्षामा सम्मिलित गराइनेछ ।
- लिखित परीक्षाको प्रथम चरण (First Phase) मा प्राप्त गरेको प्राप्ताङ्कको शत् प्रतिशत अङ्ग तथा द्वितीय चरण (Second Phase) को प्राप्ताङ्कहरु जोडि कूल अङ्गको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशित गरिनेछ ।
- लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुलाई मात्र अन्तिम चरणको सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तामा सम्मिलित गराइनेछ ।
- लिखित परीक्षा र अन्तिम अन्तिम चरणको सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको कूल अङ्ग योगका आधारमा अन्तिम परीक्षाफल प्रकाशित गरिनेछ ।
पाठ्यक्रम लागू मिति :- २०७६/०२/०९