Nayab Subba Preliminary Exam Syllabus (Lok Sewa) – Pre-Qualifying
लोक सेवा आयोग, संगठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै संगठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम
पाठ्यक्रमको रूपरेखा: एकीकृत परीक्षा प्रणाली (Unified Examination System) को आधारमा निम्नानुसारको पूर्व योग्यता परीक्षा (Preliminary/Pre-Qualifying Examination) हुनेछ ।
परीक्षा योजना (Examination Scheme)
-
पत्र/विषय: सामान्य अध्ययन, सार्वजनिक व्यवस्थापन र आधारभूत सक्षमता परीक्षण (General Studies, Public Management & General Competency Test)
-
पूर्णाङ्क: १००
-
उत्तीर्णाङ्क: ४५
-
परीक्षा प्रणाली: वस्तुगत (Objective): बहुवैकल्पिक प्रश्न (Multiple Choice Questions)
-
प्रश्नसंख्या x अङ्क: ५० प्रश्न x २ अङ्क
-
समय: ४५ मिनेट
द्रष्टव्य :
१. एकीकृत परीक्षा प्रणालीका आधारमा सङ्गठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्था वा एक भन्दा बढी सङ्गठित संस्थाका (अप्राविधिक) सहायकस्तर प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाको लागि अनिवार्य हुनेछ ।
२. प्रश्नपत्रको माध्यम भाषा नेपाली र अंग्रेजी दुवै हुनेछ ।
३. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन ।
४. बहुवैकल्पिक प्रश्न हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन ।
५. परीक्षामा सोधिने प्रश्नसंख्या, अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र/विषयमा तोकिए अनुसार हुनेछ ।
६. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भएता पनि पाठ्यक्रममा परेका संविधान, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा तीन महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ ।
७. पूर्व योग्यता परीक्षा (Pre-Qualifying Examination) बाट छनौट भएका उम्मेदवारलाई मात्र सङ्गठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने मूल परीक्षा (Main Examination) मा सम्मिलित गराइनेछ ।
८. पूर्व योग्यता परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई एक वर्षको लागि प्रमाणपत्र प्रदान गरिनेछ ।
९. पाठ्यक्रम स्वीकृत मिति : २०८१/१०/१९
लोक सेवा आयोग
सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम
पत्र / विषय :
सामान्य अध्ययन, सार्वजनिक व्यवस्थापन तथा आधारभूत सक्षमता परीक्षण
(५० बहुवैकल्पिक प्रश्न x २ अङ्क = १०० अङ्क)
१. भूगोल, जनसङ्ख्या र वातावरण (१० अङ्क)
१.१ विश्वको भूगोल: भौतिक, सामाजिक र आर्थिक भूगोल
१.२ नेपालको भूगोल: धरातलीय स्वरूप, हावापानी र प्राकृतिक स्रोत
१.३ जनसङ्ख्या र बसोबास: जनसङ्ख्या, बसाईसराई, शहरीकरण र जनसाङ्ख्यिक लाभांश
१.४ जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन र वातावरणीय व्यवस्थापन
२. इतिहास, संस्कृति र सामाजिक व्यवस्था (१० अङ्क)
२.१ विश्वका प्रमुख ऐतिहासिक घटना
२.२ नेपालको इतिहास: प्राचीन कालदेखि आधुनिक कालसम्मको सामाजिक-आर्थिक, राजनीतिक र प्रशासनिक विकासक्रम
२.३ नेपालको सामाजिक-सांस्कृतिक विविधता: जातजाति, भाषा, धर्म, रीतिरिवाज, परम्परा, कला, साहित्य र राष्ट्रिय पहिचान
३. नेपालको आर्थिक विकास (१० अङ्क)
३.१ कुल गार्हस्थ्य उत्पादन (GDP), राष्ट्रिय आय, मुद्रास्फीति, शोधनान्तर स्थिति (BOP), विप्रेषण (Remittance), वैदेशिक लगानी र वैदेशिक सहायता सम्बन्धी सामान्य जानकारी
३.२ योजनाबद्ध विकास: वर्तमान आवधिक योजनाको सोच, लक्ष्य, रणनीति र अनुगमन संयन्त्र
३.३ क्षेत्रगत विकास: कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, ऊर्जा, शिक्षा, स्वास्थ्य र सूचना तथा सञ्चार प्रविधि
३.४ वित्तीय र मौद्रिक नीतिको आधारभूत जानकारी
३.५ आर्थिक विकासमा सहकारीको भूमिका
४. संविधान र शासन व्यवस्था (१० अङ्क)
४.१ कानूनको अर्थ, स्रोत र महत्त्व
४.२ नेपालको संवैधानिक विकासक्रम
४.३ नेपालको संविधान: मौलिक विशेषता, भाग १ देखि ५ सम्म, संवैधानिक निकाय र अनुसूची
४.४ सङ्घीय शासन प्रणाली: सङ्घ, प्रदेश र स्थानीय सरकारको भूमिका
४.५ लोकतन्त्र, कानूनको शासन, मानव अधिकार, निर्वाचन प्रणाली, बालिग मताधिकार र सार्वजनिक जवाफदेहिता
५. अन्तर्राष्ट्रिय मामिला र अन्तर्राष्ट्रिय संघ-संस्थाहरु (१० अङ्क)
५.१ नेपालको द्विपक्षीय सम्बन्ध : सार्क (SAARC) मुलुक, चीन, अमेरिका, बेलायत, रुस, फ्रान्स र जापान
५.२ संयुक्त राष्ट्र संघ: उद्देश्य, अङ्ग, विशिष्टीकृत निकाय र नेपालको सहभागिता
५.३ क्षेत्रीय संगठन: सार्क (SAARC), बिमस्टेक (BIMSTEC), आसियान (ASEAN), युरोपेली संघ (EU)
५.४ अन्तर्राष्ट्रिय वित्तीय संस्था: विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), एसियाली विकास बैंक (ADB), एसियाली पूर्वाधार लगानी बैंक (AIIB)
५.५ क्षेत्रीय र विश्वव्यापी व्यापारिक व्यवस्था: विश्व व्यापार संगठन (WTO) र साफ्टा (SAFTA)
६. विज्ञान, प्रविधि, जनस्वास्थ्य र समसामयिक विषय (१० अङ्क)
६.१ नापका प्रणाली र एकाइ तथा तिनको व्यावहारिक प्रयोग
६.२ दैनिक जीवनमा प्रभाव पार्ने वैज्ञानिक आविष्कार र प्राविधिक विकास
लोक सेवा आयोग
सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम
६.३ कम्प्यूटर एप्लिकेशन, सूचना तथा सञ्चार प्रविधि (ICT), डिजिटल सेवा, आधारभूत साइबर सुरक्षा सचेतना, डाटा गोपनीयता (Data Privacy), कृत्रिम बुद्धिमत्ता (AI) र सामाजिक सञ्जाल नैतिकता
६.४ जनस्वास्थ्य: रोग, पोषण, सरसफाई, खोप र स्वास्थ्य
६.५ सार्वजनिक महत्त्वका समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना
७. कार्यालय र सार्वजनिक व्यवस्थापन (१० अङ्क)
७.१ कार्यालयको कार्य र लेआउट (Layout)
७.२ कार्यालय कार्यविधि: परिपत्र, आदेश, पत्रव्यवहार, प्रतिवेदन, दर्ता, चलानी, फाइलिङ र अभिलेख व्यवस्थापन
७.३ कार्यालयमा सञ्चारको महत्त्व, ई-गभर्नेन्स र डिजिटल कार्यालय प्रणालीको परिचय
७.४ व्यवस्थापनका सिद्धान्त: योजना, संगठन, जनशक्ति व्यवस्थापन, निर्देशन, समन्वय र नियन्त्रण
७.५ निर्णय प्रक्रिया, सुपरीवेक्षण, उत्प्रेरणा र नेतृत्वको सामान्य परिचय
७.६ सार्वजनिक सेवा प्रवाहका संयन्त्र, नागरिक बडापत्र र गुनासो व्यवस्थापन
७.७ व्यावसायिक कर्तव्य, अनुशासन, नैतिकता र सेवामुखी व्यवहार
८. सार्वजनिक संस्था सम्बन्धी ज्ञान (१० अङ्क)
८.१ सार्वजनिक संस्था: अवधारणा, विकासक्रम, उद्देश्य, महत्त्व र राष्ट्रिय अर्थतन्त्र एवं सेवा प्रवाहमा यिनको भूमिका
८.२ नेपालमा सार्वजनिक संस्थानको वर्गीकरण र वर्तमान अवस्था
८.३ संस्थागत सुशासन (Corporate Governance), पारदर्शिता र संस्थागत सामाजिक उत्तरदायित्व (CSR)
८.४ निजीकरण, सार्वजनिक-निजी साझेदारी (PPP) र विश्वव्यापीकरण
८.५ मानव संशाधन व्यवस्थापन: भर्ना र कार्यसम्पादन मूल्याङ्कनका आधार
८.६ वित्तीय व्यवस्थापन: संस्थागत बजेट, लेखा र लेखापरीक्षण प्रणाली
८.७ सार्वजनिक खरिदको आधारभूत अवधारणा र वित्तीय अनुशासन
९. व्यावहारिक गणित (१० अङ्क)
९.१ गणितका आधारभूत क्रिया, भिन्न, दशमलव, प्रतिशत, अनुपात र समानुपात
९.२ ऐकिक नियम, नाफा र नोक्सान, कर र कमिसन, साधारण र चक्रीय ब्याज
९.३ औसत/मध्यक (Average/Mean), मध्यिका (Median), बहुलक/रीत (Mode), सम्भाव्यता (Probability) र तथ्याङ्क (Data) विश्लेषण
१०. भाषा सक्षमता परीक्षण (अङ्ग्रेजी र नेपाली) (१० अङ्क)
१०.१ English Grammar and Vocabulary (5 Marks)
Parts of speech (nouns, pronouns, adjectives, verbs, adverbs, prepositions, conjunctions, interjections); sentence structure, clauses, tense, voice, subject-verb agreement; vocabulary: word meanings, synonyms, antonyms and derivatives
१०.२ नेपाली व्याकरण र शब्दभण्डार: (५ अङ्क)
शुद्ध लेखन (वर्णविन्यास), पदसङ्गति, पदवर्ग, धातु, क्रिया, काल र पक्ष, कारक, विभक्ति, वाच्य, वाक्य संरचना, शब्दनिर्माण, पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का
द्रष्टव्य: भाषा सक्षमता परीक्षण (अङ्ग्रेजी र नेपाली) का प्रश्नहरूको प्रकृति र स्तर दशम कक्षासम्म शिक्षित कुनै पनि उम्मेदवारले कुनै विशेष अध्ययन बिना नै उत्तर दिन सक्ने किसिमको हुनेछ ।
लोक सेवा आयोग
सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम
(In English)
Paper/Subject:
(General Studies, Public Management and Basic Competency Test)
(50 MCQs x 2 Marks = 100 Marks)
1. Geography, Population and Environment – 10 Marks
1.1 World geography: physical, social and economic geography
1.2 Geography of Nepal: physiographic regions, climates and natural resources
1.3 Population and settlement: population, migration, urbanization and demographic dividend
1.4 Biodiversity, sustainable development, climate change and environmental management
2. History, Culture and Social System – 10 Marks
2.1 Major historical developments of the world
2.2 History of Nepal: socio-economic, political and administrative developments from ancient to modern period
2.3 Socio-cultural diversity of Nepal: ethnicity, language, religion, customs, traditions arts, literature and national identity
3. Economic Development of Nepal – 10 Marks
3.1 General information on gross domestic product (GDP), national income, inflation, balance of payments, remittance, foreign investment and foreign aid
3.2 Planned development: vision, goals, strategies and monitoring mechanisms of current periodic plan
3.3 Sectoral development: agriculture, industry, trade, tourism, transport, energy, education, health and ICT
3.4 Basic understanding of fiscal and monetary policy
3.5 Role of cooperatives in economic development
4. Constitution and Governance – 10 Marks
4.1 Meaning, sources and importance of law
4.2 Constitutional development of Nepal
4.3 Constitution of Nepal: salient features, part 1 to 5, constitutional bodies and schedules
4.4 Federal governance system: roles of federal, provincial and local governments
4.5 Democracy, rule of law, human rights, electoral system, adult franchise and public accountability
5. International Affairs and International Organizations – 10 Marks
5.1 Nepal’s bilateral relations: SAARC countries, China, USA, UK, Russia, France, and Japan
5.2 United Nations: objectives, organs, specialized agencies and Nepal's participation
5.3 Regional organizations: SAARC, BIMSTEC, ASEAN, EU
5.4 International financial institutions: World Bank, IMF, ADB, AIIB
5.5 Regional and global trade arrangements: WTO and SAFTA
6. Science, Technology, Public Health and Current Affairs – 10 Marks
6.1 Measurement systems and units and their practical applications
लोक सेवा आयोग
सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह वा पाँचौँ तह वा सो सरह पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम
6.2 Scientific inventions and technological advancements affecting daily life
6.3 Computer applications, ICT, digital services, basic cybersecurity awareness, data privacy, artificial intelligence (AI) and social media ethics
6.4 Public health: diseases, nutrition, sanitation, vaccination and health
6.5 Contemporary national and international events of public importance
7. Office and Public Management – 10 Marks
7.1 Office's functions and layout
7.2 Office procedures: circulars, orders, official correspondence, Tippani/memos, reports, registration, dispatch: filing and record managements
7.3 Importance of communication in the office; introduction to e-governance and digital office systems
7.4 Principles of management: planning, organizing, staffing, directing, coordination and control
7.5 General introduction to decision-making, supervision, motivation and leadership
7.6 Public service delivery mechanisms, citizen charter and grievance handling
7.7 Professional duties, discipline, ethics and service-oriented behavior
8. Knowledge about Public Institutions – 10 Marks
8.1 Public institutions/enterprises : concept, evolution, objectives, importance and their role in national economy and service delivery
8.2 Classification and sectoral distribution, current status of public enterprises in Nepal
8.3 Corporate governance, transparency and corporate social responsibility (CSR)
8.4 Privatization, public-private partnership and globalization
8.5 Human resource management: basics of recruitment and performance appraisal
8.6 Financial management: corporate budgeting, accounting and auditing systems
8.7 Basic concepts of public procurement and financial discipline
9. Applied Mathematics – 10 Marks
9.1 Arithmetic operations, fractions, decimals, percentage, ratio and proportion
9.2 Unitary method, profit & loss, tax & commission, simple & compound interest
9.3 Average/mean, median, mode, probability and data interpretation
10. Language Competence Test (English & Nepali) – 10 Marks
10.1 English Grammar and Vocabulary (5 Marks)
Parts of speech (nouns, pronouns, adjectives, verbs, adverbs, prepositions, conjunctions, interjections); sentence structure, clauses, tense, voice, subject-verb agreement; vocabulary: word meanings, synonyms, antonyms and derivatives
10.2 नेपाली व्याकरण र शब्दभण्डार: (५ अङ्क)
शुद्ध लेखन (वर्णविन्यास), पदसङ्गति, पदवर्ग, धातु, क्रिया, काल र पक्ष, कारक, विभक्ति, वाच्य, वाक्य संरचना, शब्दनिर्माण, पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का
Note:
The nature and standard of questions in the Language Competence Test (English & Nepali) shall be such that an educated Grade X-level candidate can answer them without specialized study.
