Padmashree College
The British College
ISMT College

नेपालको कर प्रणालीका समस्याहरू के के हुन्‌ ? - विषयगत प्रश्नोत्तर

Article 22 May 2019 3960 0

Problem of Taxation System of Nepal

नेपालको कर प्रणालीका समस्याहरू के के हुन्‌ ? लेख्नुहोस्‌

कर नीति, कर कानुन, कर प्रशासन तथा कर संरचनाको एकीकृत रूप कर प्रणाली हो। नेपालको कर प्रणाली यिनै विषयवस्तुमा केन्द्रित छ र समस्या पनि यिनै विषयसँग सम्बन्धित छन्‌ । जसलाई निम्नानुसार लेख्न सकिन्छ :

  • कर नीति स्थिर तथा अनुमानयोग्य हुन नसक्नु,
  • कर कानुन सरल एवं पारदर्शी हुन नसक्नु,
  • कर कानुनको पूर्ण पालना हुन नसक्नु,
  • कर प्रशासन जिम्मेवार, जवाफदेही, पारदर्शी, आधुनिक,
  • करदातामैत्री एवं उच्च मनोबलयुक्त हुन नसक्नु,
  • कर प्रशासनसँग सम्बन्धित निकाय जस्तैः भन्सार,
  • आन्तरिक राजस्व तथा राजस्व अनुसन्धान कार्यालयबीच पर्याप्त समन्वय हुन नसक्नु,
  • कर चुहावट नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसक्नु,
  • नेपाल र भारतबीचको खुला सिमाना व्यवस्थित हुन
  • नसक्नु, जसले गर्दा राजस्व चुहावट निरन्तर बढ्दै जानु,
  • राजस्व आयात व्यापारमा आधारित हुनु,
  • राजस्वमा प्रत्यक्ष करको अंश कम हुनु,
  • मूल्य अभिवृद्धि कर खुदा तहसम्म पूर्णरूपमा कार्यान्वयन हुन नसक्नु,
  • करदातामा सहजरूपमा कर तिर्ने प्रवृत्तिको विकास हुन नसक्नु,
  • उपभोक्ता कर साक्षर एवं जागरुक हुन नसक्नु,
  • कर परीक्षण एवं अनुसन्धान कार्य उद्देश्यमूलक हुन नसक्नु,
  • राजस्वको सही सदुपयोगको प्रत्याभूति दिन नसक्नु ।

एकीकृत सम्पत्ति कर भनैको के हौ ? यौ कर लगाउनै आधारहरू के के हुन्‌ ? लेख्नुहोस्‌

व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर र जग्गालाई एकीकृत रूपमा गणना गरी त्यसैमा कर लगाइने पद्धतिलाई एकीकृत सम्पत्ति कर भनिन्छ। यो घर तथा जग्गा जस्ता अचल सम्पत्तिमा लाग्ने कर हो। अचल सम्पत्तिमा लगानी प्रोत्साहित गर्ने वा निरुत्साहित गर्ने भन्ने उद्देश्य राख्रेर यो करको दर निर्धारण गर्ने गरिन्छ ।

यसमा सम्पूर्ण अचल सम्पत्तिको एकीकृत मूल्याङ्कन गरी तोकिएको रकमसम्ममा एकीकृत सम्पत्ति कर छुट दिन पनि सकिन्छ। सामान्यतया अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी उत्प्रेरति गरी आय आर्जन तथा रोजगारी बढाउन अनुत्पादक क्षेत्रको अचल सम्पत्तिमा सम्पत्ति कर लगाउने गरिन्छ ।

एकीकृत सम्पत्ति कर लगाउनै आधार

सामान्यतया जुनसुकै कर लगाउने आधार भनेको करदाताको कर तिर्न सक्ने क्षमता हो। कर तिर्ने नसक्नेलाई करको भार लगाउन हुँदैन भन्ने सिद्धान्तमा आधारित भई कर लगाएमा कर असुलीमा थप प्रभावकारिता आउँछ र करको उत्पादनशीलता अझ बढ्न गई करले करको आधार अझ विस्तार गर्दै जान्छ। यो मान्यता एकीकृत सम्पत्ति करमा पनि लागू हुन्छ। एकीकृत सम्पत्ति कर लगाउने अरू आधारहरू निम्न छन्‌ :

  • घर तथा जग्गाको आकार, प्रकार, बनोट,
  • नागरिकको जीवनस्तर एवं आर्थिक अवस्था,
  • अचल सम्पत्ति उपयोग गरे नगरेको अवस्था,
  • अचल सम्पत्तिको प्रचलित बजार मूल्य,
  • अचल सम्पत्तिको हास मूल्य,
  • राजस्वको आवश्यकता,

सहकारीका मूल्य मान्यताहरू के के हुन्‌ ?

सहकारी भनेको सहकार्य हो, जुन स्वेच्छिक हुन्छ। स्वतन्त्रता, खुलापन तथा सहभागिता यसका आधारभूत मूल्य मान्यता हुन्‌, जुन विना सहकारीको सहकार्य गरेर गर्ने जुनसुकै काम सफल हुन सक्दैन । सहकारीका थप अरू मूल्य मान्यताहरू निम्न छन्‌ :

  • स्वावलम्बन,
  • स्वउत्तरदायित्व,
  • समानता तथा समता,
  • लोकतान्त्रिक प्रक्रियाको अवलम्वन,
  • ऐक्यबद्धता,
  • इमानदारी,
  • सामाजिक उत्तरदायित्व,
  • अरूको हेरचाह ।

उपभोक्ताको अधिकार के के हुन्‌ ? लेख्नुहोस्‌

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण एवं प्रवर्द्धन गर्न तर्जुमा गरिएको उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ताको अधिकारहरूको व्यवस्था गरेको छ। जसलाई निम्नानुसार उल्लेख गर्ने सकिन्छ :

  • वस्तु तथा सेवामा सहज पहुँचको अधिकार,
  • स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु तथा सेवाको छनोट गर्न पाउने अधिकार,
  • वस्तु तथा सेवाको मूल्य, गुणस्तर, परिमाण, शुद्धता आदि बारे सूचित हुने अधिकार,
  • उत्पादित वस्तुमा त्यस्तो पदार्थको मात्रा, तत्व वा प्रतिशतको जानकारी पाउने अधिकार,
  • हानि नोक्सानी पुग्याउने वस्तु तथा सेवा विक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार,
  • अनुचित व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारवाही गराउन पाउने अधिकार,
  • वस्तु तथा सेवाको प्रयोगबाट भएको हानि नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार,
  • उपभोक्ताको हकहित संरक्षण गर्न उपचार पाउने वा सुनुवाइ हुने अधिकार, उपभोक्ता शिक्षा पाउने अधिकार । 

प्रस्तुतकर्ता : टङ्क केसी, हेमचन्द्र शर्मा (साभार)

 

यो पनि पढ्नुहोस:

Comments