The London College Top Banner Ad

बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित - यसरी हेर्नुहोस नतिजा

TU Result

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो । 

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यसैगरी नेपाल टेलिकमको नम्बरबाट १६०२ मा कल गरेर पनि जानकारी पाउँन सक्नुहुन्छ । www.tu.ntc.net.np  मा पनि हेर्न सक्नुहुने छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७५ ब्याचको ४ बर्षे ब्याचलर अफ बिजनेस स्टडीज ९बीबीएस० प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो । परीक्षामा १०१६४९ जना सहभागी परिक्षार्थी मध्ये १९ दशमलव ८५ प्रतिशत (२०१८४ जना)उतिर्ण भएका छन् । जस मध्ये १२ जनालाई निलम्बन गरिएको छ ।

Comments