TLC Banner

नर्सिङ लाइसेन्स परिक्षामा ६५ प्रतिशत फेल

Nursing
Nursing

अतुल मिश्र (काठमाडौं): नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ । यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन्‌

'नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,' काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्‌, 'कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्‌, यति धैरै कलेज चाहिँदैनन्‌ ।' नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफनै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन पाइँदैन ।

कतिपय कलेजमा सिक्ने, सिकाउने वातावरण अनुकूल नरहेको उनको भनाइ छ । धेरैजसो नर्सिङ कलेजको आफूनो अस्पताल छैन । उनीहरूले अन्य अस्पताल देखाएर विद्यार्थी पढाइरहेका हुन्छन्‌,' उनले भनिन्‌, 'भएका अस्पतालमा समेत बिरामी कम हुन्छन्‌ । कलेज निरीक्षणमा जाँदा उनीहरूले अन्यत्रबाट सामान ल्याउने वास्तविकता विद्यार्थीले बताएका छन्‌ ।'

गुणस्तर कायम गर्न सीटीईभीटी, मन्त्रालय र काउन्सिलबीच समन्वय हनुपर्ने निरौलाको भनाइ छ । गत साता लिइएको लाइसेन्स परीक्षामा विदेशबाट अध्ययन गरी आएका विद्यार्थीमध्ये करिब २० जनाको सिप परिक्षण गरिएको थियो। 

उनिहरुको अवस्थासमेत हामीले राम्रो पाएनौं,' निरौलाले भनिन्‌ । देशभर ९२ वटा इन्स्टिच्युटमार्फत नर्सिङ पढाइ भइरहेको काउन्सिलकी रजिस्ट्रार बिन्दा घिमिरेले बताइन्‌ । तिनबाट ८ देखि ९ हजारसम्म नर्सको १५ हजार ९ नर्स, ३२ हजार ३ सय २४ अनमी; ८ सय ४२ विदेशी नर्स गरी जम्मा ८८ हजार १ सय ७५ नर्स दर्ता छन्‌ । काउन्सिलले बर्सेनि तीन पटक नर्सको लाइसेन्स परीक्षा लिने गर्छ । यो वर्ष कात्तिक र चैतमा पनि उक्त परीक्षा हुनेछ । -कान्तिपुर बाट

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Nepal Nursing Council

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.