यस संस्थालाई सहायक द्वितीय श्रेणीको केही पद आवश्यकता भएकोले उक्त दरबन्दीको रिक्त पदमा स्थायी पद पूर्ति भइ आएमा स्वत: सेवामा नरहने गरी तत्काल करारमा नियुक्त गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन आवेदन बुझाउन सकिने छ।
आवश्यक न्यूनतम शैक्षिक योग्यता: एस.एल.सी. / एस.ई.ई. वा सो सरह उत्तिर्ण
दरखास्त फाराम: संस्थाको केन्द्रीय कार्यालयबाट लिन सकिनेछ ।
परीक्षाको किसिम: अन्तरवार्ता ।
दरखास्त दस्तुरः रु ५००।- (पाँच सय) प्रभ् बैंक लि. मा रहेको खाता नं.१३७११६००७२५३६१०००००१ मा जम्मा गरेको सक्कल भौचर दरखास्त फाराम साथ संलग्न गर्नु पर्ने छ ।
अन्तरवार्ता मिति र समय: संस्थाको सूचना पाटि र Website मा प्रकाशन गरिने छ ।
उम्मेदवारको उमेर हद: आवेदन दिने अन्तिम मिति सम्ममा १६ बर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।
सेवा सुविधा: संस्थाको नियमानुसार ।
द्रष्टव्यः
१. दरखास्त फारामको साथमा नागरिकताको प्रमाणपत्र, आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु पेश गर्नुपर्ने छ ।
यस सम्बन्धि थप जानकारीको लागि यस संस्थाको सूचना पाटी, वेवसाईट वा निम्न उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न सकिने छ।
साझा स्वास्थ्य सेवा
Sajha Swasthya Sewa
(नेपाल सरकारको अधिकांश स्वामित्व रहेको)
केन्द्रीय कार्यालय:
साततले, कपन (चावहिल), काठमाडौं ।
फोन नं. ०१-४४१३६७०, ४८ २२७६९
Website: www.sajhahealth.org.np
(सूचना प्रकाशित मिति २०७६/०१/२२ गोरखापत्र दैनिक)