The London College Top Banner Ad

छात्रवृत्तीको छनौटको लागि प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना - जिरी प्राविधिक शिक्षालय

Jiri Technical School Admission Notice

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌

जिरी प्राविधिक शिक्षालय जिरी, दोलखाको

शैक्षिक सत्र २०७६/०७७ मा डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्तीको छनौटको लागि प्रवेश परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना:

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक संस्था यस जिरी प्राविधिक शिक्षालयमा यसै शैक्षिक सत्र २०७६॥०७७ को लागि ३ बर्षे डिप्लोमा का विभिन्न कार्यक्रमहरूमा योग्यता पुगेका इच्छुक विद्यार्थीहरूका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०७६॥०३।२१ गते शनिबार राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित सृचनावमोजिम दरखास्त आह्वान गरिन्छ। 

१. आवेदन फाराम पाइने र बुझाउने स्थान: जिरी प्राविधक शिक्षालय, जिरी, दोलखा ।

२. फाराम वितरण सुरू मिति: २०७६ आषाढ २२ गते आइतबारदेखि ।

३. फाराम बृझाउने अन्तिम मिति: २०७६ श्रावण १० गते शुक्रबारसम्म ।

४. आवेदन फाराम तथा प्रवेश परीक्षा शुल्क: रु. १०००/- (रु. एक हजार मात्र) ।

५. सम्पर्क तथा प्रवेश-पत्र वितरण मिति र समय: २०७६ श्रावण १६ र १७ गते (९:०० देख्रि ८४:०० बजेसम्म) ।

६. प्रवेश परीक्षा मिति: २०७६ श्रावण १८ गते शनिवार बिहान ७:०० बजेदेखि ।

७. परीक्षा समय: १ घन्टा ३० मिनेट ।

८. परीक्षा केन्द्र: गोरखापत्र राष्ट्रिय दैनिकमा पाछ प्रकाशित गरिनेछ ।

९. प्रवेश परीक्षाको किसिम: लिखित (अंग्रेजी, गणित र विज्ञान विषयहरूमा आधारित) ।

१०. अन्य विवरण:

(क) भर्नासम्बन्धी विस्तृत विवरण प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌, परीक्षा नियन्त्रण कार्यालयद्वारा मिति २०७६/०३/२१ गते शनिवारको गोरखापत्र राष्ट्रिय दैनिक मा प्रकाशित शैक्षिक सत्र २०७६ ०७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गिकृत (नि:शुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फाराम भर्ने तथा प्रवेश परीक्षा सञ्चालनसम्बन्धी अत्यन्त जरूरी स्‌चना मा उल्लेख गरिएको छ।

(ख) थप जानकारी लिनु परेमा जिरी प्राविधिक शिक्षालय, जिरी दोलखाको फोन ०४९-४०००६३ मा सम्पर्क गर्न सकिनेछ ।

साथै Website: www.ctevt.org.np / www.jts.edu.np बाट समेत जानकारी लिन सक्नेछ ।

शिक्षालय प्रमुख

Jiri Technical School

Jiri, Dolakha

Estd. 1982

private

+977-49-400063

Comments