TLC Banner

स्थायी शिक्षक बन्न अब २०० पूर्णांककाे परिक्षा दिनुपर्ने

Permanent Teacher Examination 200 marks exam
Permanent Teacher Examination 200 marks exam

विगतका परिक्षामा एक सय पूर्णांकको मात्र परिक्षा संञ्चालन गर्दै आएको शिक्षक सेवा आयोगले अब भने दुई सय पूर्णांकको परीक्षा सञ्चालन गर्ने भएको छ । यस अघि स्थायी शिक्षक बन्न एक सय पूर्णांक मात्रको परीक्षा पास गरे पुग्ने प्रावधान रहेकामा अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावली संशोधन गरेर दुई सय पूर्णांकको परीक्षा व्यवस्था गर्न लागेको हो ।

संशोधनको मस्यौदामा सय / सय पूर्णांकको परीक्षा दुई चरणमा गर्ने उल्लेख छ । लोकसेवा आयोगले स्थायी कर्मचारी नियुक्ति गर्न विभिन्न चरणमा सयभन्दा धेरै पूर्णांकको परीक्षा संञ्चालन गरे जस्तै शिक्षक सेवा आयोगले पनि शिक्षकका लागि दुई सय पूर्णांकको परीक्षा दुई चरणमा संञ्चालन गर्न लागेको हो ।

अहिले नियमावली मन्त्रिपरिषदमा पठाइएको छ, मन्त्रिपरिषदले स्विकृत गरे लगत्तै कार्यान्वयनमा आउनेछ। संसोधनका लागि पठाईको नियमावलीमा स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रावधान पनि परिवर्तन गर्न लागिएको छ । अहिले जिल्ला शिक्षा कार्यालयमार्फत जिल्ला शिक्षा अधिकारीहरूले स्थायी शिक्षकको बढुवालगायत आन्तरिक मूल्यांकन गर्दै आएका छन् ।

संविधानतः विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएकाले स्थानीय शिक्षा विभागमार्फत नै शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रबन्ध गर्न लागिएको हो । स्थानिय शिक्षाविभागले गरेको आन्तरिक मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाई हुँदै शिक्षक सेवाआयोगसम्म आइपुग्ने व्यवस्था संशोधित नियमावलीमा हुनेछ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.