त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखा
डीनको कार्यालय, कीर्तिपुर, काठमाडौं, नेपाल ।
मौका परीक्षाको परीक्षा फाराम भर्ने सूचना
त्रि. वि. ब्यवस्थापन संकायबाट संचालित सिमेष्टर प्रणालीको Master of Business Studies (MBS) तथा Master of Public Administration (MPA) कार्यक्रमको तेश्वोसत्रको मौका परीक्षा (Chance Examination) २०७६ असार हिलोसातादेखि संचालन हुने भएकोले तेश्रोसत्रको नियमित परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थीहरुले मात्र आफ् सम्मिलित हुन चाहेको विषयहरु स्पष्ट उल्लेखगरि परीक्षा फर्म सम्बन्धित क्याम्पस ८ कलेजमा मिति २०७६ । ०२ । २१ गते भित्र बुझाई सक्नुपर्नेछ । साथै सम्बन्धित क्याम्पस ८ कलेजले सो परीक्षा फाराम मिति २०७६ । ०२ । २४ गते भित्र क्रमानुसार रोल नं. मिलाई एवं विषय रुजुगरी आवश्यक शूल्क (प्रति परीक्षार्थी प्रति विषय रु ३०० का दरले) सहित यस परीक्षा नियन्त्रण महाशाखामा अनिवार्य रुपमा उपलब्ध गराउन यो सूचना प्रकाशित गरिएको छ ।
विलम्ब शूल्क: फाराम भर्ने म्याद सकिएको भोलिपल्ट देखि २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु २००।-, दोश्रो २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र र् ४००।- र त्यसपछिको २ दिनसम्म अन्तिमपटक प्रति विद्यार्थी प्रतिसत्र रु १,०००।– रहेको छ।
म्यादनाघी वा रीत नपुगी प्राप्त फाराम उपर कुनै कारवाही हुने छैन साथै उक्त परीक्षाको बिस्तृत परीक्षा तालिका पछि प्रकाशित गरिने छु ।
Note: नियमित परीक्षाको लब्धाङ्गपत्रको प्रतिलिपी अनिवार्य रुपमा फाराम संगै यलात गरी पठाउनुपर्ने छ अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने छैन ।
मिति:- २०७६ । ०२ । ०६
टेलिफोन : ०१-४३३०८१५, ०१-५१९५५६०
फ्याक्स : ९७७-०१-५१९५४२१