नेपाल-संस्कृत-विश्वविद्यालय परीक्षा-नियन्त्रण-कार्यालय बेलभझुन्डी, दाङ
आर्चाय तहको परीक्षा कार्यक्रम स्थगन गरिएको सम्बत्धी सूचना
नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७६ सालमा सञ्चालन गरिने आचार्य प्रथम तथा द्वितीय खण्ड नियमित / आंशिक / स्वतन्त्र-२०७५, उत्तरमध्यमा प्रथम खण्ड आंशिक तथा द्वितीय खण्ड नियमित / आंशिक / स्वतन्त्र विशिष्ट-२०७६ एवं प्राकशास्त्री-२०७५ को वार्षिक परीक्षा मिति २०७६/०३/०२ गते (तदनुसार 17 June, 2019) देखि सञ्चालन गरिने भनी मिति २०७६/०१/२७ गते सूचना प्रकाशित गरिएकोमा प्राविधिक कारणवश आचार्य तहका दुवै खण्डका परीक्षाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ। साथै उत्तरमध्यमा तथा प्राक्शास्त्रीको परीक्षा भने पूर्वघोषित परीक्षा कार्यक्रमअनुसार नै सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय: प्रक्शास्त्री- प्रातः ७०० बजेदेखि १०:00 बजेसम्म ।
उत्तरमध्यमा- प्रातः ७०० बजेदेखि १०:०० बजेसम्म ।
परीक्षा नियन्त्रक