The London College Top Banner Ad

सिटिइभिटी डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्त जरूरी सूचना

CTEVT PCL Level Exam Form Fillup Notice

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमक केन्द्र सानोठिमी भक्तपुरको 

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम भर्ने बारे अत्यन्त जरूरी सूचना

यस परिषद्का आंगिक, साझेदारी, सामूदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा इन इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र सोसियल वर्क्स कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड, तेस्रो वर्ष दोस्रो खण्ड तथा प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, ल्याव टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथी, सामान्य आयुर्वेद चिकित्सा, अकुपन्चर, डेण्टल साइन्स (डेण्टल हाइजिन), अप्थाल्मिक साइन्स, कृषि, डिप्लोमा इन फार्मेसी, फिजीयोथेरापी, फरेष्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा २०७६ साल श्रावण/भाट्र महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि मिति २०७६ साल श्रावण ०७ गतेभित्र नियमित शुल्कमा र २०७६ साल श्रावण १४ गतेभित्र विलम्व शुल्कमा तोकिएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अनिवायं रूपमा परीक्षा आवेदन फाराम भराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै निम्न सर्तहरू पूरा नभएका र तोकिएको समर्याभत्र आवेदन फाराम नबुझाउने शिक्षण संस्थाका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

सर्तहरू:

१. परीक्षा आवेदन फाराममा उल्लेखित विवरणहरू सवै भरिएको हुनुपर्नेछ । आवेदन फाराममा परीक्षार्थीको हालसालै खिचेको अनुहार प्रष्ट देखिने पासपोर्ट साईजको फोटो टाँसिएको हुनुपर्नेछ ।

२. वार्षिक परीक्षा प्रणालीको हकमा नियमिततर्फ परीक्षा शुल्क रु. २५००) र सेमेष्टर प्रणालीतर्फ परीक्षा शुल्क रु. २०००।- तथा बिलम्ब शुल्कमा प्रति विद्यार्थी नियमित परीक्षा शुल्कको दोब्बर दस्तुर बुझाउनु पर्नेछ । साथै नियमित शुल्कको समर्याभत्र Web Based Online Sytem मा फाराम Entry नगरेमा विलम्व शुल्कसमेत लाग्नेछ ।

३. आंशिक परीक्षार्थीको हकमा एक विषय मात्रको लागि परीक्षा शुल्क रु. ३००।- र प्रत्येक थप विषयको लागि रु. १५०।- का दरले नियमित शुल्कमा र विलम्ब शुल्क प्रति विद्यार्थी तोकिएको शुल्कको दोब्बर दस्तुर बुझाउनु पर्नेछ ।

४. सम्बन्धित शिक्षण संस्थाहरूले परीक्षा आवेदन फाराम बुझाउँदा विषयगत नियमित तथा आंशिक एव नयाँ तथा पुरानो पाठ्यक्रमको छुट्टाछुट्टै फायल खडा गरी शुल्क बुझाएको रसिद संलग्न गरी परिषद्का प्रदेश कार्यालयहरूमा तोकिएको मितिभित्र दर्ता गर्नुपर्नेछ ।

५. सम्बन्धित शिक्षण संस्थाहरूले परीक्षा आवेदन फाराम शुल्कवापतको रकम निर्यामत शुल्क बुझाउने अन्तिम मिति तथा विलम्ब शुल्क बुझाउने अन्तिम मितिको भोलिपल्ट अनिवार्य रूपमा सम्बन्धित प्रदेश कार्यालयको वैंक खातामा रकम जम्मा गरी वैंक भौचर बुझाउनु पर्नेछ र मिति २०७६।४।१६ भित्र नियमित तथा विलम्व परीक्षा आवेदन फाराम एकसाथ सम्बन्धित प्रदेश कार्यालयमा बुझाउनु पर्नेछ ।

६. नियमिततर्फका जेहेन्दार तथा वर्गिकृत छात्रवृति प्राप्त परीक्षार्थीहरूलाई परीक्षा शुल्क लाग्ने छैन ।

७. आंशिक परीक्षार्थीको हकमा शैक्षिक सत्र २०७०/ ७१ (ई.सं. २०१३ ) देखि भर्ना भई रजिष्ट्रेशन भएका विद्यार्थीहरूले मात्र परीक्षा आवेदन फाराम भर्न पाउने छन्‌।

८. नियमिततर्फ सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीका परीक्षार्थीहरूको परीक्षा आवेदन फारामहरू Web Based Online Sytem मा Entry गरी समाष्टिगत फारामको क्रम अनुसार मिलाई कार्यक्रम अनुसारको समष्टिगत फारामको Printed Copy समेत एक प्रति सोही फाइलमा संलग्न गर्नुपर्नेछ ।

९. आंशिकतर्फ शैक्षिक सत्र २०७३: ७४ (ई.सं. २०१६) देखि भर्ना भई रजिष्ट्रेशन भएका सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीका सम्पूर्ण कार्यक्रमहरूको २०७४ देखि Online आवेदन फारामहरू Web Based Online Sytem मा Entry गरी समष्टिगत फारामको क्रम अनुसार मिलाई कार्यक्रम अनुसारको सर्माष्टगत फारामको Printed Copy समेत एक प्रति साही फाइलमा संलग्न गर्नुपर्नेछ ।

१०. आंशिकतर्फ शैक्षिक सत्र २०७०:७१ देखि २०७२/७३ (ई.सं. २०१३ देखि २०१५) सम्म भर्ना भई रजिष्ट्रेशन भएका सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीका परीक्षा आवेदन फारामसाथ www.ctevt.org.np मा उपलब्ध समष्टीगत फारामको Soft Copy मा समष्टीगत तयार गरी समष्टीगत फारामको प्रमाणित प्रति र आन्तरिक मूल्यांकनको प्रमाणित Printed Copy दुई प्रति र एक प्रति Soft Copy समेत (Excel 7.0) मा अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।

११. सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीका नियमित विषयहरूको आन्तरिक मूल्यांकनको प्राप्तांक Web Based Online Sytem मा Entry गरी प्रमाणित एक प्रति Printed copy मा सही छाप गरी अनिवार्य रूपमा फाइलिङ्ग गरी पेस गर्नुपर्नेछ । Entry गरी सकेका आन्तरिक मूल्यांकनको प्राप्तांक पछि परिवर्तन हुने छैन ।

१२. आंशिक परीक्षार्थीहरूको हकमा आन्तरिक मूल्यांकन परीक्षामा अनुत्तिर्ण (NQ) परीक्षार्थीहरूको मात्र आन्तरिक मूल्यांकनको प्राप्तांक परीक्षा फाराममा तथा Web Based Online Sytem मा Entry गरी एक प्रति प्रिन्ट गरी सही छाप गरी बुझाउनु पर्नेछ ।

१३. आन्तरिक मूल्यांकन परीक्षामा उत्तिर्ण परीक्षार्थीहरूमात्र अन्तिम परीक्षामा सामेल हुन पाउने छन । आन्तरिक मूल्यांकन परीक्षामा अनुत्तिर्ण (NQ) परीक्षार्थीहरूले अनुत्तिर्ण विषय उल्लेख गरी परीक्षामा सामेल भएमा निजको सो विषयको परीक्षा स्वतः रद्द हुनेछ ।

१४. अन्य शिक्षण संस्थाबाट रजिष्ट्रेशन भएका विद्यार्थीहरूको हकमा उक्त संस्थाको नाम परीक्षा आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।

१५. नियमिततर्फ सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीका परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम परिषद्को वेवसाइट www.ctevt.org.np मा उपलब्ध हुनेछ र परीक्षा आवेदन फाराम तथा प्रवेशपत्र सेतो कागजमा प्रिन्ट गरी पेस गर्नु पर्नेछ ।

१६. आंशिकतर्फ शैक्षिक सत्र २०७३: ७४ (ई.सं. २०१६) मा भर्ना भई रजिष्ट्रेशन भएका सेमेष्टर परीक्षा प्रणालीको प्रथम वर्ष दोस्रो खण्ड तथा वार्षिक परीक्षा प्रणालीको प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम परिषद्को वेवसाइट www.ctevt.org.np मा उपलब्ध हुनेछ । परीक्षा आवेदन फाराम तथा प्रवेशपत्र पहेलो रंगको A4 पेपरमा प्रिन्ट गरी बुझाउनु पर्नेछ ।

१७. आंँशिकतर्फ शैक्षिक सत्र २०७०: ७१ देखि २०७३ / ७४ (ई.सं. २०१३ देखि २०१५) सम्म भर्ना भई रजिष्ट्रेशन भएका सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीका परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम परिषद्का प्रदेश कार्यालयहरूबाट उपलव्ध हुनेछ । आवेदन फाराम व्यक्तिगत रूपमा बुझिने छैन । उक्त फाराम सम्बन्धित शिक्षण संस्था मार्फत बुझाउनु पर्नेछ ।

१८. प्रदेश नं १ को कार्यालय इटहरी, सुनसरीको रा.वा. बैंक, इटहरी शाखाको च.हि.नं. २५५०००१२७८०१ मा,
प्रदेश नं २ को कार्यालय जनकपुर, धनुषाको रा.वा. वैंक, जनकपुर शाखाको च.हि.नं. १२२०००६७०३०१ मा,
प्रदेश नं ३ को कार्यालय मकवानपुर, हेटौडाको रा.वा. वैंक, हेटौँडा शाख्वाको च.हि.नं. १३००००३६६९०१ मा,
गण्डकी प्रदेशको कार्यालय पोखरा, कास्कीको रा.वा. वैंक, पार्दी, पोखरा शाख्वाको च.हि.नं. ३५०००००२३४०१ मा,
प्रदेश नं ५ को कार्यालय बुटवल, रूपंदेहीको रा.वा. बैंक, बुटवल शाखाको च.हि.नं. ३३६००००३६१०१ मा,
कर्णाली प्रदेशको कार्यालय वीरेन्द्रनगर, सुर्खेतको रा.वा. बैंक, सुर्खेत शाखाको च.हि.नं. ४०८००१५५२५०१ मा
सुदूरपश्चिम प्रदेशको कार्यालय धनगढी, कँलालीको रा.वा. बैंक, धनगढी शाखाको च.हि.नं. ४१७०००६५०८०१ मा शुल्क जम्मा गरेको सकल भौचर परीक्षा आवेदन फारामसाथ संलग्न गर्नु पर्नेछ ।

१९. आंशिकतर्फ शैक्षिक सत्र २०७०/ ७१ देखि २०७३, ७४ (ई.सं. २०१३ देखि २०१५) सम्म भर्ना भई रजिष्ट्रेशन भएका सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीका परीक्षार्थीहरूको परीक्षा Symbol Number. परिषद्को वेबसाइट www.ctevt.org.np मा उल्लेख भए अनुसार हुनुपर्ने छ र Symbol No. राख्दा Numbering Machine मा रातो रंगको मसीको प्रयोग अनिवार्य रूपमा गरेको हुनुपर्नेछ ।

२०. यो सूचना परिषद्को वेवसाइट www.ctevt.org.np मा पनि उपलब्ध हुनेछ ।

परीक्षा नियन्त्रक

(मिति २०७६ असार १८ गते प्रकाशित)

Comments