The London College Top Banner Ad

प्राविधिक एस.एल.सी. तहको विभिन्न कार्यक्रममा परीक्षा आवेदन फाराम भर्नेबारे जरूरी सूचना

TSLC Exam Form Fill UP Notice

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌ परीक्षा नियन्त्रणा कार्यालय सानोठिमी, भक्तपुर

 प्राविधिक एस.एल.सी. तहको विभिन्न कार्यक्रममा परीक्षा आवेदन फाराम भर्नेबारे जरूरी सूचना

यस परिषद्बाट सम्बन्धन/स्वीकृतप्राप्त गरी निजी स्तरमा, परिषद्को आङ्गिक रूपमा तथा साधारण माध्यामिक विद्यालयहरूमा (TECS) कार्यक्रमको रूपमा विभिन्न विषयमा तालीम कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण शिक्षण संस्थाहरूले नियमित तथा आंशिक प्रशिक्षार्थीहरूको लागि २०७६ साल श्रावण/भाद महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई तपसिलको शर्त नं. १४ अनुसार तोकिएको मितिभित्र र तपसिलको शर्त नं ५ मा उल्लेख गरिएबमोजिमको परीक्षा शुल्क बुझाएको बैंक भौचरको प्रति आवेदन फारामका साथ अनिवार्य रूपमा बुझाउन हुन सम्बन्धित सवै शिक्षण संस्था एवं प्रशिक्षार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिलका शर्तहरू पूरा नभएका र तोकिएको समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरूलाई परीक्षामा सम्मिलित गराउन नसकिने व्यहोरासमेत सूचित गरिन्छ ।

परीक्षा सञ्चालन हुने कार्यक्रम तथा समूहहरू

  • शैक्षिक शत्र २०७५॥०७६ मा रजिष्ट्रेसन भई प्रा. एस.एल.सी. तहका कार्यक्रम अन्तर्गत प्रशिक्षण पूरा गरेका (१२+६) महिना अवधिका सम्पूर्ण नियमित समूहरू :

Livestock Production/Animal Health, Veterinary Science, Agriculture (Plant Science), Civil Engineering, Computer Engineering, Electrical Engineering, Mechanical Engineering, Electronics Engineering, Refrigeration & AC Engineering, Water Supply & Sanitary Engineering, Medical Lab Technology, Culinary Arts, Hotel Management, Computer Application & Secretarial Management, Social Mobilization and Entrepreneurship Development) 

  • शैक्षिक शत्र २०७१/०७२ मा रजिष्ट्रेसन भएदेखिका प्रा.एस.एल.सी. अन्तर्गत सञ्चालित २९ महिने अवधिको प्रशिक्षण लिएका माथि उल्लेखित सम्पूर्ण कार्यक्रमका दोस्रो वर्षका आंशिक समूहहरू ।
  • शैक्षिक शत्र २०७२/०७३ मा रजिष्ट्रेसन भएदेख्का प्रा.एस.एल.सी. अन्तर्गत सञ्चालित २९ महिनै अवधिको प्रशिक्षण लिएका माथि उल्लेखित सम्पूर्ण कार्यक्रमका प्रथम वर्षका आंशिक समूहहरू ।
  • शैक्षिक शत्र २०७२॥०७३ मा रजिष्ट्रेशन भएदेखिका प्रा.एस.एल.सी. अन्तर्गत सञ्चालित १५/१८ महिनै (१२+६) अवधिको प्रशिक्षण लिएका माथि उल्लेखित सम्पूर्ण कार्यक्रमका आंशिक समूहहरू ।

शर्तहरू:

१. सम्बन्धित शिक्षण संस्थाले प्रशिक्षार्थीको परीक्षा आवेदन फाराममा उल्लेखित विवरण भराईसकेपछि परीक्षा आवेदन फारामका साथ रजिष्ट्रेशन अर्धकट्टीको प्रतिलिपि (नियमित प्रशिक्षर्थीको हकमा) अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । अन्यथा परीक्षा आवेदन फाराम बुझिने छैन ।

२. परीक्षा नियन्त्रण कार्यालयबाट (CTEVT को वेबसाइट www.ctevt.org.np) उपलव्ध गराइएको समष्टिगत (Triplicate) फाराममा प्रशिक्षार्थीले परीक्षा दिने विषयको विवरणका साथै अध्ययन गरेका विषयहरू सैद्धान्तिक र प्रयोगात्मक विषयको तोकिएको कोलुममा अध्ययन गरेका विषयमा (Tick) र अध्ययन नगरेको विषयमा (X) चिन्ह प्रयोग गर्नु पर्नेछ । फोटो भनि तोकिएको कोलुममा सम्बन्धित प्रशिक्षार्थीको फोटो स्क्यानिङ गरी राख्नुको साथै प्रशिक्षार्थीको नामथर (Alphabetical Order मा) भरी समष्टिगत (Triplicate) फारामको एक-एक प्रति Soft Copy (CD, MS-WORD) र Hard Copy (Printed Copy) परीक्षा आवेदन फाराम साथ अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ अन्यथा फाराम बुझिने छैन ।
३. प्रशिक्षार्थीहरुको समष्टिगत फाराम तथा आन्तरिक मूल्याङ्कन फाराम भर्दा रजिष्ट्रेशन नम्बरको क्रमानुक्रम (Acceding Order) अनुसार एकै किसिमले तयार पारी एक-एक प्रमाणित प्रति Soft Copy (CD, MS-Excel -2007) / Hard Copy (Printed copy) फाराम साथ अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ र उक्त आन्तरिक मूल्याङ्न सिट तथा Soft Copy TSLC रिजल्ट शाखामा बुझाउनुपर्ने छ ।

४. नियमित प्रशिक्षार्थीहरूको हकमा ९०% हाजिरी भएका र आन्तरिक मूल्याङ्कन सबै विषयमा उत्तिर्ण भई योग्य भएका प्रशिक्षार्थीहरूलाई मात्र अन्तिम परीक्षामा सम्मिलित गराइने छ । अन्यथा आन्तरिक मूल्याङ्कनमा अनृत्तिर्ण भएका प्रशिक्षार्थीहरूलाई अन्तिम परीक्षामा सम्मिलित गराएमा त्यस्ता प्रशिक्षार्थीहरूको सम्बन्धित विषयको परीक्षा स्वतः रह हुनेछ ।

५. परीक्षा शुल्कः निजी रूपमा कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाको लागि नियमित प्रशिक्षार्थीको प्रति प्रशिक्षार्थी रु.२०००।- (अक्षरेपी दुई हजार मात्र) (परीक्षा शुल्क १७००।- र कार्यगत मूल्याङ्कन (OJT) रु.३००) र आशिक प्रशिक्षार्थीको हकमा प्रति फाराम (एक विषयसमेतको लागि) शुल्कवापत रु.२००।-(दुई सय) र थप विषय रु.१५०।- (एक सय पचास) का दरले तथा परिषद्‌ का आंगिक तथा TESC कार्यक्रम सञ्चालन गर्ने विद्यालयहरूको नियमित प्रशिक्षार्थीको हकमा प्रति प्रशिक्षार्थी रु. ५००।- (अक्षरेपी पाँच सय मात्र) र आंशिक प्रशिक्षार्थीको हकमा प्रतिफाराम (एक विषयसमेतको लागि) शुल्कवापत रु.२००।- (दुई सय) र प्रति थप विषय रु. १५०।- (एक सय पचास ) का दरले लाग्ने थप रकमसमेत गरी

  • प्रदेश नं १ को कार्यालय, ईटहरी, सुनसरीको रा.वा. बैंक, इटहरी शाखाको च.हि.नं २५५०००१२७८०१,
  • प्रदेश नं. २ को कार्यालय जनकपुर, धनुषाको रा.वा. बैंक, जनकप्र शाखाको च.हि.नं १२२०००६७०३०१,
  • प्रदेश नं ३ को कार्यालय, मकवानपुर, हेटौँडाको रा.वा. बैंक हेटौँडा शाखाको च.हि.नं १३००००३६६९०१,
  • गण्डकी प्रदेशको कार्यालय, पोखरा, कास्कीको रा.वा. बैङ् पार्दी, पोखरा शाखाको च.हि.नं ३५०००००२३४०१,
  • प्रदेश नं ५ को कार्यालय बुटवलको रा.वा. बैंक, बुटवल शाखाको च.हि.नं ३३६००००३६१०१,
  • कर्णाली प्रदेशको कार्यालय, वीरेन्द्रनगर, सुर्खेतको रा.वा. बैंक विरेन्द्रनगर, सुर्खेत शाखाको च.हि.न ४०८००१५५२८०१ र सुदूरपश्चिम प्रदेशको कार्यालय, धनगढी, कैलालीको रा.वा. बैंक, धनगढी शाखाको च.हि.नं ४१७०००६५०६०१ मा दाखिला हुनेगरी स्बिचिएको बैंक भौचर परीक्षा आवेदन फाराम साथ संलग्न राखी सम्बन्धित परिषद्का प्रदेश कार्यालयहरूमा तोकिएको मितिमा फाराम बुझाउनुपर्नेछ । भौचरको पछाडीपट्टी शिक्षण संस्थाको नाम, ठेगाना र प्रयोजन स्पष्ट रूपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

६. नियमिततर्फका प्रशिक्षार्थीहरूको हकमा सेतो रङ्गको पेपरमा परीक्षा आवेदन फाराम (CTEVT को वेवसाइट www.ctevt.org.np बाट डाउनलोड) तथा आंशिक तर्फका प्रशिक्षार्थीहरूको हकमा पहेँलो रङ्गको पेपर प्रयोग गरी परीक्षा आवेदन फाराम प्रिन्ट (CTEVT को वेबसाइट www.ctevt.org.np बाट डाउनलोड) गरी प्रत्येक प्रशिक्षार्थीलाई एक-एक प्रति सम्बन्धित शिक्षण संस्थाले भराउनु पर्नेछ । प्रत्येक परीक्षा आवेदन फाराममा एक प्रति पासपोर्ट साइजको फोटो टाँस गरी सम्बन्धित शिक्षण संस्थाले सम्बन्धित प्रशिक्षार्थीहरूको परीक्षा आवेदन फाराम भराई तोकेको मितिभित्र परीक्षा आवेदन फाराम बुझाउनु पर्नेछ । साथै कुनै संस्था बन्द गरिएको भए उक्त संस्थाले अरितयार गरेको संस्थामार्फत आवेदन फाराम बुझाउनु पर्नेछ । प्रशिक्षार्थीहरूबाट व्यक्तिगत रूपमा बुझाउन ल्याउने परीक्षा फाराम सम्बन्धित प्रदेश कार्यालयहरूमा दर्ता हुने छैन ।

७. सम्बन्धित शिक्षण संस्थाहरूले नियमित तथा आंशिक तर्फका प्रशिक्षार्थीहरूको एक प्रति परीक्षा आवेदन फाराम भराइसकेर्पाछि सम्बन्धित शिक्षण

संस्थालाई नियमित तथा आंशिकतर्फ सम्वन्धित परिषद्‌ प्रदेश कार्यालयहरूले उपलव्ध गराएको (CTEVT को वेवसाइट www.ctevt.org.np मा राखिएको) परीक्षा सिम्बल नम्बर सम्बन्धित शिक्षण संस्था स्वयंले रातो मसी प्रयोग गरी नम्बरिङ मेसिनबाट प्रष्टसँग देखिने गरी तोकिएको परीक्षा सिम्बल नम्बर प्रत्येक प्रशिक्षार्थीको एक प्रति परीक्षा आवेदन फाराममा मात्र राख्नुपर्ने छ ।

८. शैक्षिक सत्र २०७२/०७३ भन्दा पहिले रजिष्ट्रेसन भई १५/१% (१२+६)महिने अवधिको प्रशिक्षण लिइएका प्रशिक्षार्थीहरूको फाराम संग्लन गराइएको मेटिएमा त्यस्ता फारामहरू स्वत: रद्द हुनेछ । यस्ता फाराम संग्लन गराई पठाउने शिक्षण संस्थालाई परिषद्को एन, नियम तथा विनियमवमोजिम कारवाही हुनेछ ।

९. शिक्षण संस्थाहरूबाट विषयगत नियमित तथा आंशिक परीक्षार्थीहरूको आवेदन फाराम प्रत्येक शैक्षिक सत्रअनुसार छुट्टाछुट्टै फाइल खडा गरी
छुट्टाछुट्टै रकम बुझाएको रसिद संलग्न गरी सम्बन्धित परिषद्‌ प्रदेश कार्यालयहरूमा दता गर्नुपर्नेछ ।

१०. आशिक प्रशिक्षार्थीहरूको हकमा परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको अघिल्लो परीक्षाबाट प्राप्त लब्धाङ्क पत्रको प्रतिलिपि फाराम साथ अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ साथै अनुत्तिर्ण प्रशिक्षार्थीहरूले फाराम मर्दा OJT तथा प्रयोगात्मक विषयसमेत अनिवार्य रूपमा उल्लेख गरेको हुनु पर्नेछ ।

११. उल्लेखित शर्त पूरा नभएका र तोकिएको समयपछि प्राप्त आवेदन फारामउपर कुनै कारबाही गरिने छैन, त्यसको जवाफदेही परिषद्‌ प्रदेश कार्यालयहरू हुने छैन ।

१२. कुनै पनि शिक्षण संस्थाले राजष्ट्रेन नभएका प्रशिक्षार्थीहरूको परीक्षा आवेदन फाराम नियतवस समावेश गराई यदि प्रशिक्षार्थीहरूले परीक्षा दिएमा त्यस्ता परीक्षार्थीहरूको परीक्षा नजिता स्वतः रद्ध हुने छ र त्यस्ता शिक्षण संस्थालाई परिषद्को ऐन, नियम तथा विनियमबमोजिम कारवाही हुनेछ ।

१३. परीक्षा आवेदन फाराम भदाँ केरमेट, टिपेक्स लगाएको पाइएमा परीक्षा आवेदन फाराम बुझिने छैन ।

१४. प्रशिक्षार्थीहरूको लागि सम्बन्धित शिद्धाण संस्थामा परीक्षा फाराम बुझाउने अन्तिम मिति:

  • नियमित शुल्कको हकमाः मिति २०७६ आषाढ १५ गतेदेखि २०७६ श्रावण ६ गतेभित्र ।
  • विलम्ब शुल्कको हकमा: मिति २०७६ श्रावण ७ गतेदेखि २०७६ श्रावण २१ गतेभित्र ।

शिक्षण संस्थाहरूको लागि तोकिएको स्थानमा परीक्षा फाराम बुफ्राउने अन्तिम मिति:

  • नियमित शुल्कको हकमा (रकम दाखिला गरेको बैंक भौचरसहित): २०७६ श्रावण ७ गतेमित्र ।
  • विलम्ब शुल्कको हकमा (रकम दाखिला गरेको बैंक भौचरसहित): २०७६ श्रावण २२ गतेभित्र ।

(विलम्ब शुल्क भन्नाले नियमित शुल्कको (का्यंगत शुल्कबाहेक) दोब्बर शुल्क भन्ने बुम्नुपर्ने छ ।)

१५. हुलाक, कुरियरमार्फत पठाउने परीक्षा आवेदन फारामसमेत तोकिएको समयभित्र सम्बन्धित परिषद्‌, प्रदेश कार्यालयहरूमा दर्ता नभएमा परीक्षा आवेदन फाराम स्वीकृत गरिने छैन । त्यसको जवाफदेही सम्बन्धित शिक्षण संस्था स्वयं नै हुनुपर्नेछ ।

१६. प्रवेश पत्र सम्बन्धित शिक्षण संस्थाले परीक्षा सुरु हुने एक हप्ता अगावै परिषद्का सम्वन्धित प्रदेश कार्यालयहरूबाट बुझि लैजानु पर्नेछ । प्रवेश पत्रविना परीक्षामा सामेल गराइने छैन ।

१७. अन्य जानकारीको लागि परिषद्का सम्बन्धित प्रदेश कार्यालयहरूमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।

नोटः यो सूचना (CTEVT को वेवसाइट www.ctevt.org.np मा पनि हेर्न सकिने छ ।

(प्रकाशित मिति: २०७६।०३/१८ गते)

Comments