TLC Banner

अनुसन्धान अधिकृत तथा अनुसन्धान सहायक पदको लिखित परीक्षा कार्यक्रम सम्बन्धी सूचना

Investigatation Officer and Assistant Exam Center Notice
Investigatation Officer and Assistant Exam Center Notice

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राष्ट्रिय अनुसन्धान तिभाग सिंहदरबार, काठमाडौँ

यस विभाग एवं अन्तर्गतका कार्यालयमा रिक्त रहेका अनुसन्धान अधिकृत ३० (तीस) र अनुसन्धान सहायक २२ (बाईस) पदहरूमा लोक सेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षा प्रणालीद्वारा पदपूर्ति गर्नको लागि यस विभागबाट मिति २०७५१२।२२ गते विज्ञापन प्रकाशित गरिएकोमा उक्त पदहरूको प्रथम चरणको लिखित परीक्षासम्बन्धी कार्यक्रम तपसिल बमोजिमको परीक्षा केन्द्रहरूबाट सञ्चालन हुने सम्बन्धमा लोक सेवा आयोगबाटआयोगको website: www.psc.gov.np मा सूचना प्रकाशित भइसकेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै विभागको website: www.nidept.gov.np मा पनि यो सूचना उपलब्ध छ।

अनुसन्धान अधिकृत पदको परीक्षा कार्यक्रम:

  • विज्ञापन नं.: ०१ /२०७५ /०७६
  • किसीमः खुला तथा समावेशी
  • पद तथा श्रेणी: अनुसन्धान अधिकृत राजपत्रांकित तृतिय श्रेणी सरह
  • पत्र / विषय: General Knowledge and General Ability Test
  • अवधी: १ घण्टा ३० मिनेट
  • लिखित परीक्षाको मिती र समयः २०७६॥०२॥२२ गते दिनको ०४.०० बजे

परीक्षा केन्द्रः

उम्मेदवारको दर्ता नम्बर परीक्षा भवन
१देखि७०००सम्मसबैउम्मेदवार श्री टंगाल माध्यमिक विद्यालय, टंगाल
७००१ देखि ७४०० सम्म  श्री मघा कलेज, बबरमहल
७४०१देखि७६००सम्म श्री सगरमाथा मल्टिपल कलेज, डिल्लीबजार
७६०१ देखि ७८०० सम्म Platinum Management College, Kalikasthan, Dillibazar
७८०१ देखि १००११ सम्म College of Information Technology (CITE), Tinkune

अनुसन्धान सहायक पदको परीक्षा कार्यक्रम:

  • विज्ञापन नं.: ०२ /२०७५ /०७६
  • किसीमः खुला तथा समावेशी
  • पद तथा श्रेणी: अनुसन्धान सहायक राजपत्रांकित द्धितीय श्रेणी सरह
  • पत्र / विषय: General Knowledge and General Ability Test
  • अवधी: १ घण्टा ३० मिनेट
  • लिखित परीक्षाको मिती र समयः २०७६॥०२॥२६ गते दिनको ०४.०० बजे

परीक्षा केन्द्रः

उम्मेदवारको दर्ता नम्बर परीक्षा भवन
७००१ देखि ७२०० सम्म  एस.इ.ए. इन्जिनियरिङ एकंडेमी, थापाथली (क)
७२०१ देखि ७४०० सम्म  एस.इ.ए. इन्जिनियरिङ एकेडेमी, थापाथली (ख)
७४०१देखि७६००सम्म स्वप्न वाटिका (एस.मि.) एकडेमी, बृद्धनगर (क)
७६०१ देखि ७८०० सम्म स्वप्न वाटिका (एस.मि.) एकडमी, बुद्धनगर (ख)
७८०१ देखि 5००० सम्म लालिगुराँस राष्ट्रिय मा.वि., शंखमूल
२००१देखि८२००सम्म प्रिमियर कलेज, नयाँबानेश्वर (क)
५२०१देखि५४००सम्म प्रिमियर कलेज, नयाँबानेश्वर (ख)
५४०१ देखि ८६०० सम्म रत्न  राज्य मा.वि.. मध्यबानेश्वर (क)
५६०१ देखि ८५०० सम्म रत्न  राज्य मा.वि.. मध्यबानेश्वर (ख)
५५०१देखि९०००सम्म  पुष्पलाल मेमोरियल कलेज, गणेश मन्दिर, चावहिल (क)
९००१ देखि ९२०० सम्म पुष्पलाल मेमारियल कलेज, गणेश मन्दिर, चावहिल (ख)

*प्रत्येक परीक्षा केन्द्रमा २०० जना परीक्षार्थी

(प्रदेश कार्यालयबाट दरखास्त दिने उम्मेदवारहरूले सम्बन्धित प्रदेशको लोक सेवा आयोगको कार्यालयमा सम्पर्क गर्नहुन)

द्रष्टव्य :

१. उम्मेदवारले उत्तरपृस्तिकामा कालो मसी भएको कलम  डटपेन मात्र प्रयोग गर्नुपर्नेछ ।

२. प्रवेशपत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तिमा १ घन्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।

३. परीक्षा भवनमा मोवाइल फोन निषेध गरिएको छ।

४. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थागित हुने छैन |

५. प्रथम चरणको परीक्षाको उत्तरपुस्तिका OMR प्रविधिको हुनेछ ।

६. वस्तुगत बहुउत्तरमा गलत उत्तरको २०% अङ्क कट्टा हुनेछ।

Last updated on Jan 22, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.