The London College Top Banner Ad

PCL Nursing शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना

PCL Nursing Entrance Exam IOM

त्रिभुवन विश्वविद्यालय (TU) चिकित्सा शास्त्र अध्ययन संस्थान, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा

प्रवीणता प्रमाणपत्र तह नर्सिङ (PCL Nursing) शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना

त्रि.वि. चि.शा.अ.संस्थान अन्तर्गतका नर्सिङ क्याम्पसहरू (नेपालगंज, बीरगंज र विराटनगर) मा शैक्षिक वर्ष २०७६/०७७ का लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ (PCL Nursing) शैक्षिक कार्यक्रममा नयां विद्यार्थी भर्नाको लागि मिति २०७६ श्रावण ११ गते शनिबार विहान 5८:09 बजेदेखि १०:०० बजेसम्म प्रवेश परीक्षा संचालन गरिने भएकोले उक्त प्रवेश परीक्षामा सहभागी हुन इच्छुक नेपाली छात्रा/छात्रहरूबाट मिति २०७६ आषाढ २३ गते बिहान १०:०० बजेदेखि श्रावण ६ गते राति १२:०० बजेभित्र आफु अध्ययन गर्न चाहेको क्याम्पस उल्लेख गरी Website: www.iom.edu.np / www.iomexam.edu.np मार्फत Online Form Submission गर्न आव्हान गरिएको छ ।

आवेदकहरुले मिति २०७६ आषाढ २२ गते विहान १०:00 बजेदेखि श्रावण ५ गते बैंकिङ समयभित्र आवेदन शुल्क र.२,५००।- (दुईहजार पांचसय मात्र) यस अध्ययन संस्थानको "Entrance Exam TU IOM Dean Office" को नाममा, हिमालयन बैक लिमिटेडको च.हि.नं. ००२ ००५५५५७ ००५७ मा देश भरिको कुनै पनि शाखाबाट जम्मा गरी सो बैंक भौचर Scan गरी Online Form संगै Upload गर्नुपर्नेछ । बैंक भौचरमा जम्मा कर्ता (Deposited by) मा आवेदकको नाम अनिवार्य रुपमा उल्लेख भएको हुनुपर्नेछ । बैंक भौचरको कारोबार नम्बर (Transaction No. गलत भई आवेदन फाराम Submit नभएमा परीक्षार्थी स्वयं जिम्मेबार हुनेछन्‌ । आवेदन फाराम पाए गरिसकेपछि कुनै पनि विवरण सच्याउन पाइने छैन ।

कुनै पनि विवरण गलत भरिएमा तोकिएको समयावधि भित्रै पून: अर्को बैंक भौचर मार्फत आवेदन शूल्क बभझाई फेरी अर्को आवेदन फाराम (Online Submission) गर्नुपर्नेछ । परीक्षार्थीहरुले बैंक दाखिला गरिसकेको परीक्षा दस्त्‌र कुनै पनि अवस्थामा फिर्ता गरिनेछैन ।

आवेदन फाराम Submit गरिसकेपछि Admit Card आफैले Print Out गरि लिनुपर्नेछ । Admit Card दिने अरु कुनै व्यवस्था हुने छैन | आवेदकले माध्यमिक शिक्षा परीक्षा (SEE) मा अंग्रेजी, गणित, विज्ञान वा स्वास्थ्य विज्ञान विषय लिई ग्रेड प्रणाली अन्तर्गत GPA 2 र माथि उल्लेखित प्रत्येक विषयमा कम्तिमा पनि  D+ ल्याएको हुनु पर्नेछ । SLC उत्तीर्ण आवेदकको हकमा अंग्रेजी, गणित र विज्ञान बा स्वास्थ्य बिज्ञान बिषय लिई कुल पूर्णाङ्कमा न्यूनतम ५० प्रतिशत अङ्क ल्याइ उत्तीर्ण भएको हुनुपर्नेछ ।
क्याम्पस तथा सिट संख्या लगायत अन्य विस्तृत विवरणहरु यस अध्ययन संस्थानको सुचना पाटी तथा Website: www.iom.edu.np / www.iomexam.edu.np मा वा सम्बन्धित क्याम्पसहरुको सचना पाटीमा हेर्न हन र परीक्षा केन्द्र (Examination Center) सम्वन्धी जानकारी यसै कन मार्फत पछि प्रकाशित गरिने ब्यहोरा समेत सचित गरिन्छ ।

सदस्य सचिव

प्रवीणता प्रमाणपत्र तह प्रवेश परीक्षा संचालक समिति २०७६/०७७

मिति २०७६।३।२० गते

Comments