TLC Banner

एम एड प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना - त्रिभुवन विश्वविद्यालय

TU M.Ed. First Semester Exam Form Fill Up Notice
TU M.Ed. First Semester Exam Form Fill Up Notice

त्रिभृवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय

परीक्षा नियन्त्रण महाशाखा बल्खु, काठमाडौं, नेपाल

एम एड प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

शिक्षाशास्त्र सङ्कायअन्तर्गत २०७६ साल साउन /भाद्रमा सञ्चालन हुने खुल्ला तथा दूर सिकाइ र सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टर (नियमित तथा आंशिक) तफको परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरूले २०७६ साल असार मसान्तभित्र आ-आफनो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ । साथै सबै क्याम्पसहरूले नियमानुसार लाग्ने शुल्क प्रति विद्यार्थी रु. १५००।- (एक हजार पाँचसय रुपैयाँ) (ODL/ICTE) को हकमा प्रति विद्यार्थी रु.२५००।- (दुई हजार पाँचसय रुपैयाँ)) का दरले यस कार्यालयको खातामा जम्मा गरेको सक्कल बैंक भौचर २०७६ साल साउन ३ गतेभित्र यस शिक्षाशास्त्र सङ्काय डीनको
कार्यालयको परीक्षा नियन्त्रण महाशाखामा आइपुग्ने गरी बुझाउन सम्बन्धित सबैको जानकारीका लागि यो स्‌चना प्रकाशित गरिएको छ ।

नोट :

१) परीक्षा आवेदन फाराम भर्न तोकिएको म्याद समाप्त भएको मितिले ७ दिन (मिति २०७६।४।७ गते) सम्म दोब्बर शुल्क तिरी परीक्षा फाराम बुझाउन सकिने छ ।

२) यस सङ्कायबाट २०७५ साल माघ महिनामा सञ्चालित प्रवेश परीक्षामा उत्तीर्ण भई सम्बन्धित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले मात्र परीक्षा आवेदन फाराम भर्न पाउनेछन्‌ । यदि उक्त प्रवेश परीक्षामा उत्तीण नभएका विद्यार्थीले परीक्षा आवेदन फाराम भरेको पाइएमा सो फाराम स्वत: रद्‌ हुनेछ ।

३) कनै कारणवश कनै विद्यार्थी अध्ययनरत क्याम्पसबाट अन्य क्याम्पसमा स्थानान्तरण भएको भए स्थानान्तरण पत्रको प्रतिलिपि परीक्षा आवेदन फारामसाथ संलग्न गर्नुपनेछ ।

४) आन्तरिक मूल्याङ्कनको प्राप्ताङ विषय कोडको क्रम सङ्ख्याअनुसार परीक्षा आवेदन फाराममा सम्बन्धित क्याम्पसले नै भरी पठाउनु पर्नेछ ।

५) परीक्षा शुल्क यस कार्यालयको ने.बैं.लि. कीर्तिपुर, च.हि.नं.: ०४५००१०००९९०४३०००००१ वा ग्लोबल बैंक लि. कीर्तिपुर, च.हि.नं. : ०५०१०१०००००९२ खातामा जम्मा गर्न सकिनेछ ।

६) म्याद नाघि बा रीत नपुगी आएका फारामहरु उपर कनै कारवाही हुने छैन ।

७) परीक्षा सञ्चालन तालिका पछि प्रकाशन गरिनेछ ।

५) परीक्षा आबेदन फाराम यस कार्यालयको वेबसाइट: www.tufoe.edu.np बाट समेत प्राप्त गर्ने सकिनेछ । 

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related college

Tribhuvan University (TU)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.