Padmashree College
The British College

शैक्षिक संस्थामा भर्ना हुनु पहिले सबैले जान्नै पर्ने ४ कुरा

Article 18 May 2019 1389 0

Untitled-7

कुनै पनि बिद्यार्थीलाई उच्च शिक्षाका लागि कुन शैक्षिक संस्थामा पढ्ने र कुन विषय पढ्ने भन्ने कुराको सहि निर्णय लिनु ज्यादै चुनौतीपूर्ण कुरा हो। यदि सहि समयमा उचित निर्णय लिन सकिएन भने यसले एउटा विद्यार्थीको भविष्यमा दुरगामी असर पर्नुका साथै करियर बर्वाद पनि हुनसक्छ।

त्यसकारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाका लागि कुनै पनि शैक्षिक संस्थामा भर्ना हुनु पहिले धेरै पटक सोचविचार गर्नु पर्दछ, साथी भाईको मद्दत लिनु पर्दछ, परिवार सँग उचित छलफल गर्नु पर्दछ, पूर्व विद्यार्थीहरुको सल्लाह सुझाव लिनु पर्दछ, अनि शिक्षकहरुबाट परामर्श लिनुपर्दछ। यसो गर्न सकियो भने भविष्यमा आईपर्ने हरेका समस्याहरुको सामना गर्न सकिन्छ। साथीभाईहरुको लहलहैमा, परिवारको दबावमा या शैक्षिक संस्थाहरुको को प्रलोभनमा परेर निर्णय नलिई, आफ्नो स्वविवेकले र रुचिका आधारमा विषय छनोट तथा शैक्षिक संस्था छनौट गर्नसकेमा उपयुक्त हुन्छ।

वास्तवमा यो गलत प्रवृति हो जसले गर्दा एउटा विद्यार्थीको भविष्य सुनिष्य बन्न सक्दैन। त्यस कारण उच्च शिक्षा का लागि शैक्षिक संस्थामामा भर्ना हुनु पूर्व के कस्ता कुराहरुमा ध्यान दिनुपर्दछ त्यसमा विषयमा यस लेखमा चर्चा गरिने छ।

आत्म मुल्याङ्कन गर्नुहोसः

विद्यार्थी स्वयमले जान्नु जरुरी छ कि आफु कहाँ उभिएको छु, उसको पढाईको धरातल के कस्तो छ। यसको लागि विद्यार्थीले जुन शैक्षिक संस्थान (Educational Institution) मा भर्ना गर्न खोजिरहेको छ त्यसको बारेमा राम्रो सँग अध्यन गर्नु जरुरी हुन्छ। त्यसका लागि अहिले सबै भन्दा सजिलो उक्त संस्थाको वेवसाईट गएर सम्पूर्ण जानकारी लिन सकिन्छ। एडमिसनका लागि के कस्तो किसीमको प्रावधानको व्यवस्था गरिएको छ, एडमिसन को बारेमा सम्पूर्ण विवरण बुझ्नु पर्दछ। पूर्वजानकारी प्राप्त गरिसकेपछि स्वयम आफै उक्त शैक्षिक संस्थानमा गएर राम्रो सँग जानकारी लिनु पर्दछ।

हरेक शैक्षिक संस्थानको आफ्नै आफनै एडमिसन क्राइटीरिया (Admission Criteria) तथा नियमहरु (Rules and Regulation) अलग अलग हुन्छन। त्यसकारण पनि आफुले आफैलाई राम्रो सँग मुल्याङ्कन गर्नु जरुरी हुन्छ। त्यसकारण यस्तो किमिमको सावधानीले शैक्षिक संस्था चयन गर्नमा मद्दत गर्दछ।

शैक्षिक संस्थाको मान्यता बारे जानकारी लिनुहोस:

तपाई जुनसुकै शैक्षिक संस्थामा एडमिसन गर्न गईरहनु भएको छ सो भन्दा पहिले तपाईले यो कुरा जान्नु जरुरी छ कि उक्त शैक्षिक संस्था मान्यता प्राप्त हो वा होईन। यदि तपाईले यस विषयमा गम्भिर भएर सोच्नुभएन भने भविष्यमा तपाईका को पैसा र समय दुवै वर्बाद पनि हुन सक्छ। त्यसकारण उक्त शैक्षिक संस्था दर्ता छ वा छैन र कहाँ बाट सम्बन्धन प्राप्त छ सो कुरा बुझ्नुहोस । उदाहरण को लागि यदि तपाई नेपालको कुनै पनि कलेजमा बिबिएस पढ्न खोजीराख्नु भएको छ भने तपाई अध्यन गर्न खाजीरहनु भएको संस्था अनिवार्य रुपमा त्रिभुवन वा अन्य विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको हुनु पर्दछ। यदि विदेशी विश्वविद्यालयको कोर्सको हकमा नेपाल का विश्वविद्यालय बाट अनिवार्य रुपमा समकक्षता प्राप्त गरेका हुनु पर्दछ।

यसर्थ यदि तपाई यस विषयमा अनविज्ञ हुनुहुन्छ या कुनै पनि किसीमको जानकारी छैन भने एडमिसिन गर्नुपूर्व नै यसका बारेमा सहि जानकारी हासिल गर्नुहोस। सकारबाट मान्यता प्राप्त छ वा छैन, सम्बन्धन प्राप्त छ वा छैन, उक्त कति समय देखि पठनपाठन हुदै आएको छ, पूर्व विद्यार्थीहरुको भर्ना के छ, आदि विषयका बारेमा तपाई सोच विचार गर्न सक्नुहुन्छ। 

फैकल्टी (संकाय) महत्वपूर्ण मानिन्छः

कुनै पनि शैक्षिक संस्थामा फैकल्टी (संकाय)को भूमिका महत्वपूर्ण मानिन्छ। यदि फैकल्टी राम्रो छ भने विद्यार्थीको भविष्य पनि उज्वल बन्ने सम्भावना धेरै नै रहन्छ।

यसकारण पनि फैकल्टीको सबैभन्दा पहिलो प्राथमिकता मा राख्दै उत्कृष्ट फैकल्टी भएको शैक्षिक संस्थान लाई पहिलो प्राथमिकता दिनुहोस ।

करियरको दृष्टिकोणबाट यो जान्नु जरुरी हुन्छ कि टिचरको पृष्ठभूमी के हो अर्थात उसको शैक्षिक योग्यता र कहाँ बाट शिक्षा हाशिल गरेको हो सो कुरा जान्नु जरुरी हुन्छ। यसका बारेमा तपाई उक्त शैक्षिक संस्थामा अध्यन गरिरहेका विद्यार्थीहरुबाट राम्रो सँग जानकारी लिन सक्नुहुन्छ। यसले तपाईको भविष्य निमार्णमा महत्वपूण भुमिका खेल्दछ।

शैक्षिक संस्था छनौटको फर्मुलाः

कुनैपनि शैक्षिक संस्थानमा प्रवेश गर्नुपूर्व नै उक्त संस्थानको मान्यता, ब्यवस्थापन, फैकल्टी (संकाय), नियम, एडमिसन क्राइटएरिया तथा अध्यन गरिरहको विद्यार्थी भेटेर उनिहरुको भनाई जान्नु उचित हुन्छ।

विज्ञापन तथा प्रचार प्रसार मा मात्र ध्यान नदिई बास्तविकता के हो सो को बारेमा परामर्श लिएर मात्र एडमिसन प्रक्रिया अघिबढाउनु पर्दछ। कसैको बहकाउमा लागेर या भड्किलो विज्ञापनका आधारमा नभै बास्तविकताका आधारमा एडमिसन प्रक्रिया अघि बढाउनुभएको खण्डमा तपाईको भविष्य निमाणमा उक्त शैक्षिक संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्दछ।

 

यो पनि पढ्नुहोस:

Comments