TLC Banner

प्रतिक्षा सूचीकाउम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको सूचना - राष्ट्रिय वाणिज्य बैंक

rastriya banijjya bank publishedresult of waiting list candidates
rastriya banijjya bank publishedresult of waiting list candidates

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय

प्रतिक्षा सूचीकाउम्मेदवारलाई बियुक्तिका लागि सिफारिस गरिएको सूचना 

(गोरखापत्रमा प्रकाशित मिति: २०७६ /०१/ २७) 

यस बैंकको विज्ञापन नं. १५०७४।७५ तह ४ सहायक पदमा पदपूर्ति गर्न लिईएको खुला प्रतियोगितात्मक लिखित परीक्षा र अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरूलाई पदपूर्ति समितिबाट नियुक्तिका लागि योग्यताक्रम तथा प्रतिक्षा सूचिको योग्यताक्रम सिफारिस गरिएको । उक्त प्रतिक्षा सूचिबाट सिफारिसमा परेका उम्मेदवारले तोकिएको म्यादभित्र नियुक्ति पत्र लिन नआएको हुँदा पदपूर्ति समितिको निर्णयानुसार तपसिलमा उल्लेखित उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको हुनाले यो सूचना प्रकाशित गरिएको छ ।

नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारले नियुक्ति पत्र लिनका लागि नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्रप्राप्त चिकित्सकबाट प्रमाणित गरिएको निरोगिताको प्रमाणपत्र, २ प्रति पासपार्ट तथा २ प्रति अटो साइजको फोटो र नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्रका एक/एक प्रति प्रतिलिपिहरू लिई यो सूचना गोरखापत्रमा प्रथमपटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र नियुक्ति पत्र लिन यस बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन विभागमा सम्पर्क राख्नुहुन अनुरोध छ । नियुक्तिका लागि सिफारिस भएका प्रतिक्षा सूचिका उम्मेदवारले या सूचना गोरखापत्रमा प्रथमपटक प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र नियुक्ति पत्र लिई सक्नु पर्नेछ । नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार नेपाल सरकार वा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका संघसंस्थामा कार्यरत भएमा अनिवार्य रूपमा राजिनामा स्वीकृति गरेको प्रमाण पेस गर्नु पर्नेछ ।

नियुक्तिका लागि सिफारिस गरिएको सूचना यस वैंकको Website www.rbb.com.np को Notice को career notice मा समेत राखिएको व्यहोरा

सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

विज्ञापन नं. १५॥०७४।७५, तह: ४, पद: सहायक, सेवा: प्रशासन, समूह: प्रशासन

प्रतिक्षा सूचीको योग्यता क्रम नंः ३

समूहः आ.ज.

रोल नंः. १५२८५२२

नाम र थरः श्री रीम प्रकाश घर्ती 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Rastriya Banijya Bank Limited

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.