TLC Banner

सिटिइभिटी द्धारा छात्रवृत्ति छनोटका लागि आवेदन फाराम भर्ने भराउनेसम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशित

CTEVT Scholarship Notice
CTEVT Scholarship Notice

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको

शैक्षिक सत्र २०७५ /०७६ मा डिप्लोमा तथा प्रमाणपत्र तहको निर्वाह छात्रवत्ति छनोटका लागि परिषद्का आङ्गिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूबाट आवेदन फाराम भर्ने भराउनेसम्बन्धी अत्यन्त जरूरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌ परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका तपसिलबमोजिमका आङ्गिक शिक्षण संस्थाका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७५/०७६ मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं मर्नासम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित) बमोजिम भर्ना भई सोही निर्देशिकाको बुँदा नं ७.३ अनुसार लक्षित वर्गका कोटाहरूमा ७५ जनालाई निर्वाह छात्रवृत्तिका लागि सिफारिस गर्नुपर्ने भएको हुँदा निर्देशिकाबमोजिम शैक्षिक सत्र २०७५।०७६ को सबै कार्यक्रमका प्रथम वर्ष र प्रथम वर्ष/प्रथम खण्डमा अध्ययनरत योग्यता पुगेका विद्यार्थीहरूलाई मिति २०७६।०२।०३ गतेभित्र आवेदन फाराम भराई योग्य परीक्षार्थीहरूको सूची मिति २०७६।०२।०४ गतेभित्र परिषद्‌ प.नि.का.मा प्राप्त हुने गरी पठाउनु हुन सम्बन्धित शिक्षण संस्था एवं विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको म्यादभित्र परीक्षार्थीको विवरण प्राप्त नभएमा यस छात्रवृत्ति कार्यक्रममा समावेश गराइने छैन ।

तपसिल:

१. उत्तरपानी प्राविधिक शिक्षालय, धनकुटा

२. रत्न कमार बान्तवा पोलिटेक्निक इन्ष्टिच्युट, इलाम

३. सुम्निमा पोलिटेक्निक इन्ष्टिच्युट, मोजपुर

४. महुरेगढी वहुप्राविधिक शिक्षालय, खोटाङ्ग

५. लहान प्राविधिक शिक्षालय, लहान, सिरहा

६. वि.पी. मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युट, सपही,

७. निर्मल लामा बहुप्राविधिक शिक्षालय, बर्दिवास, महोत्तरी

८. सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेज, मलंगवा, सलांही |

९. गैर नर्सिङ्ग इन्ष्टिच्युट, गौर, रौतहट

१०. जय किसान पोलिटेक्निक इन्ष्टिच्युट, धरहरी, रौतहट

११. रामेछाप पालिटेक्निक इन्ष्टिच्युट, मन्थली, रामेछाप

१२. जिरी प्राविधिक शिक्षालय, जिरी, दोलखा

१३. नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट, बनेपा, काग्ने

१४. शंकरापुर पालिटेक्निक इन्ष्टिच्युट, सांखु, काठमाडौं

१५. बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी, बालाजु, काठमाडौं |

१६. स्कुल अफ हेल्थ साइन्स, भरतपुर, चितवन

१७. नारायणी पालिटेक्निक इन्ष्टिच्युट, मरतपुर, चितवन

१८. दिवाकर स्मृति प्राविधिक शिक्षालय, माडि, चितवन

१९. धादिङ्ग पोलिटेक्निक इन्ष्टिच्युट, गजुरी, धादिङ्ग

२०. पोखरा प्राविधिक शिक्षालय, फलबारी, पोखरा

२१. गोरखा पोलिटेक्निक इन्ष्टिच्युट, पालुङ्गटार, गोरखा

२२. तनहुँ प्राविधिक शिक्षालय, मिमाद, तनहुँ

२३. कालिगण्डकी बहु प्राविधिक शिक्षालय, गजरकोट, पुट्टार, तनहुँ

२४. धवलागिरी पोलिटेक्निक इन्ष्टिच्युट, बलेवा, बाग्लुइ

२५. किसान प्राविधिक तथा व्यावसायिक शिक्षालय, चापाकोट न.पा. १०, किसान, स्याङ्गजा

२६. कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी, तामनगर बुटवल, रूपन्देही

२७. पाणिनी बहप्राविधिक शिक्षालय, पाणिनी-७, चिमेक, अर्घाखाँची

२८. फरेष्टी पालिटेक्निक इन्ष्टिच्युट, मथुरा, अर्घाखाँची

२९, रोल्पा पोलिटेक्निक इन्ष्टिच्युट लिवाङ्ग, रोल्पा

३०, राप्ती प्रविधिक शिक्षालय, लालमाटिया, दाङ्ग

३१. शहिद कृष्णसेन “इच्छुक” वहप्राविधिक शिक्षालय, घाराही, दाङ्ग

३२. भेरी प्राविधिक शिक्षालय नेपालगञ्ज, बाँके

३३. मदन पाखरा पोलिटेक्निक इन्ष्टिच्युट, पाल्पा

३४. कर्णाली प्रविधिक शिक्षालय जुम्ला

३५. शहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालय, खलंगा, सल्यान

३६. सेती प्राविधिक शिक्षालय, दिपायल, डोटी

३७. टिकापुर पोलिटेक्निक इन्ष्टिच्युट, टिकापुर, कैलाली

३८. भीमदत्त पोलिटेक्निक इन्ष्टिच्युट, पाटन, बैतडी

१. सम्बन्धित शिक्षण संस्था एवं विद्यार्थीहरूलाई निर्देशन 

क) आवेदन फाराम परिषद्को वेवसाइट www.ctevt.org.np बाट डाउनलोड गरी भर्नु भराउनु पर्नेछ ।

ख) सरकारी वा सामुदायिक विद्यालय, परिषद्‌, र त्रिभुवन बिश्वविद्यालयको आंगिक शिक्षण संस्थाबाट एस.इ.इ वा एस.एल.सी. वा प्रा.एस.एल.सी. उत्तीर्ण विद्यार्थी(नेपाली नागरिक)ले मात्र यस छात्रवृत्तिमा आवेदन गर्न योग्य हुने भएकाले सोही विद्यार्थीहरूबाट आवेदन फाराम भरी भराई विद्यार्थीको विवरण (विद्यार्थीको नामथर, अध्ययनरत कार्यक्रम, विद्यार्थीले पेस गरेबमोजिमको आफू पर्ने लक्षित वर्गहरू, प्रवेश परीक्षा २०७५ को सिम्बल नं र प्राप्ताङ्क, एस.इ.इ. वा एस.एल.सी.को प्राप्ताङ्क २ प्रतिशत, ग्रेड) उल्लेख गरी सूची बनाई पठाउने जिम्मेवारी सम्बन्धित शिक्षण संस्थाका प्रमुख्र/प्राचार्यको हुनेछ ।

ग) परिषद्बाट प्रदान गरिने अन्य छात्रवृत्ति प्राप्त गर्ने परीक्षार्थी यस छात्रवृत्तिमा समावेश हुन पाउने छैनन्‌ । विवरण लुकाई यस छात्रवृत्तिमा सामेल भएको पाइएमा निजको दुवै छात्रवृत्ति रद्द गरिनेछ ।

२: आवेदनका साथ पेस गर्नुपर्ने कागजातहरुः

क) नेपाली नागरिक हो भनी प्रमाणित हुने नागरिकता वा नाबालिग वा जन्मदर्ताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

ख) सरकारी वा सामुदायिक विद्यालय, परिषद्‌ र त्रिभुवन विश्वविद्यालयको आंगिक शिक्षण संस्था हो भनी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय वा सम्वन्धित विद्यालय, परिषद्‌ शिक्षालय र त्रिभुवन विश्वविद्यालयले प्रमाणित गरेको पत्रको प्रमाणित प्रतिलिपी ।

ग) दलितको हकमा सम्बन्धित पालिकाबाट प्रमाणित पत्र र भर्ना सम्वन्धी निर्देशिका २०७४ (संशोधन सहित) को अनुसूची १ अनुसारका जातीहरू र सुचीकृत भएको जातीभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित पालिकाबाट प्रमाणित गरिएको दालित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

घ) मधेशी/मुसलमानहरूको हकमा सम्बन्धित पालिकाबाट प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

ङ) आदिवासी जनजातीको हकमा सम्वन्धित पालिकाबाट सिफारिस भई ऐन वमोजिम सूचीकृत भएको र भर्ना सम्वन्धी निर्देशिका २०७४ (संशोधन सहित) को अनुसूची २ मा उल्लेख अनुसारका जातीहरू र सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्वन्धित पालिकाबाट प्रमाणित गरिएको वा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले जारी गरेको आदिवासी जनजाती प्रमाणपत्रको प्रमाणित प्रतिलिपी । 

च) पिछडिएको दूर्गम क्षेत्रकाको हकमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, वझाङ्ग, बाजुरा, मुगु र हुम्ला जिल्लाबाट नै एस.इ.इ./एस.एल.सी. उत्तीर्ण गरेको शैक्षिक योग्यता तथा स्थायी वसोवास गरेको स्थानीय पञ्जिकाधिकारीको कार्यालयले जारी गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

छ) वेपत्ता पारिएका व्यक्ति र शहिद परिवार तथा घाइते वा निजको परिवारले विक्रम सम्वत्‌ २०६२।०६३ को जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत मुलुकभित्र भएका सबै आन्दोलनको क्रममा वेपत्ता पारिएका व्यक्ति तथा शहिद परिवार/जन आन्दोलन घाइते परिवार/द्वन्दपीडित विस्थापित हो मनी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्र र नाता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

ज) अपाङ्गको हकमा सम्बन्धित निकायले जारी गरेको अपाङ्ग परिचयपत्रको प्रमाणित प्रतिलिपि ।

झ) पूर्व कमैया/हलैयाहरूको हकमा सम्बन्धित जिल्ला भूमिसुधार कार्यालयले जारी गरेको परिचयपत्रमा नाम उल्लेख भएको प्रमाणित प्रतिलिपि ।

ज) विपन्न वर्गको हकमा सम्बन्धित गाउँपालिकाले वा नगरपालिका भएमा सम्बन्धित वडा कार्यालयले प्रमाणित गरिदिएको पत्रको प्रमाणित प्रतिलिपि ।

ट) स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको १ प्रति पासपोर्ट साइज (35x45mm) को रंगीन फोटो ।

ठ) एस.इ.इ. वा एस.एल.सी. वा सो सरहको शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

ड) एकल महिलाको हकमा स्थानीय पञ्जिकाधिकारी कार्यालयले जारी गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । 

ढ) फारामसाथ पेस गर्नुपर्ने प्रमाणपत्रहरू विद्यार्थी स्वयमले प्रमाणित गरी सूची बनाई पेस गर्नुपर्नेछ । आवेदन फाराममा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगर्ने र आवश्यक कागजात पेस नगर्ने विद्यार्थीहरूलाई यस छात्रवृत्तिमा समावेश गराइने छैन ।

उल्लेखित बुँदामा नपरेका अन्य आवश्यक कुराहरू डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित) तथा प्रचलित कानुनबमोजिम हुनेछ ।

परीक्षा नियन्त्रक

(प्रथमपटक प्रकाशित मिति : २०७६।०१।२०

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.