TLC Banner

सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धी सूचना

Information about providing a grant grant to community schools
Information about providing a grant grant to community schools

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक ब्यवस्थापन समन्वय शाखा

विषय: सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धी सूचना ! 

प्रस्तुत विषयमा यस आ.व. २०७५।०७६ को वार्षिक स्विकृत कार्यक्रम अनुसार हाल सम्म कुनै पनि तहमा शिक्षक दरबन्दी तथा राहत शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयहरु संघीय सरकारबाट दरबन्दी तथा राहत अनुदान नलिने शर्तमा तोकिएको एकमुष्ट अनुदान प्राप्त गरी विद्यालय संचालन गर्ने चाहने इच्छुक सामुदायिक विद्यालयहरुले मिति २०७६।०२।०५ गते भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरुमा स्थानीय तहको सिफारिस सहित निवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ । यसरी निवेदन दिने विद्यालय अनुमति पाई कम्तिमा ३ (तौन) शैक्षिक सत्र पुरा भएकौ र शिक्षा नियमावली अनुसार न्युनतम विद्यार्थी संख्या भएको हुनु पर्नेछ ।

सम्बन्धित इकाइले यसै सूचनालाई आधार मानी प्राप्त हुन आएका निवेदन संकलन गरी र निवेदन दिने म्याद समाप्त भए पश्चात निवेदन पर्न आएका विद्यालयहरुको प्रारम्भिक सूचौँ छिटौ साप्नदवारा यस केन्द्रमा पठाउन हुन अनुरोध छ । यस सम्बन्धी अन्य थप जानकरी पछि उपलब्ध गराईने छ।

शाखा अघिकृत

भुवनेश्वर जोशी

मितिः २०७६।०१।२०

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.