The London College Top Banner Ad

नेपाल विद्याभूषण सम्बन्धी अत्यन्त जरूरी सूचना - शिक्षा मन्त्रालय

MoEST Notice for Medal

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा शाखाको

नेपाल विद्याभूषण सम्बन्धी अत्यन्त जरूरी सूचना

आगामी २०७६ साल भाद्र २२ गते (तदनुसार सेप्टेम्बर ५ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान हुने “नेपाल विद्याभूषण” पदकका लागि स्वदेश तथा विदेशी विश्वविद्यालयबाट तल उल्लेख भए अनुसारको योग्यता हासिल गरेका नेपाली नागरिकहरु र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी तोकिए अनुसारको योग्यता भएका विदेशी नागरिकहरुबाट यही २०७६ साल श्रावण ३० (तीस) गते भित्र रु. १०।-को टिकट टाँसी आफैले निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । साथै साविकमा वितरण हुँदै आएको महेन्द्र विद्याभूषण पदकको नाम परिवर्तन गरी नेपाल विद्याभूषण पदक कायम गरिएको हुँदा यस अघि क, ख, र ग श्रेणीको महेन्द्र विद्याभूषण पदक प्राप्त गरेका महानुभावहरुले सोही श्रेणीको नेपाल विद्याभूषण पदकका लागि भने निवेदन गर्न नपाइने व्यहोरा समेत जानकारी गराइन्छ ।

"क” श्रेणीको नेपाल विद्याभूषण पदकका लागि:
कुनै विश्वविद्यालय वा सो सरहका अध्ययन प्रतिष्ठानहरुबाट पीएच्‌.डी वा सो सरह र सो भन्दा माथिको उपाधि हासिल गरी मूल प्रमाणपत्र (Orginal Certificate) प्राप्त गरेको हुनुपर्ने ।

"ख" श्रेणीको नेपाल विद्यामूषण पदकका लागि:

कुनै विश्वविद्यालय वा अध्ययन प्रतिष्ठानमा स्नातकोत्तर तहमा नियमित विद्यार्थीको रुपमा उत्तीर्ण गरी प्रथम श्रेणीमा सर्वप्रथम हुने बा ग्रेड प्वाइन्ट प्रणाली अन्तर्गत उच्चतम ग्रेड प्वाइन्ट प्राप्त गरी सर्वप्रथम भएको र मूल प्रमाणपत्र (Orginal Certificate) प्राप्त गरेको हुनुपर्ने ।

"ग” श्रेणीको नेपाल विद्याभूषण पदकका लागि:

कुनै विश्वविद्यालय वा सो सरहका अध्ययन प्रतिष्ठानका अध्ययन संस्थान वा संकाय वा स्कूलको रुपमा कार्यकम संचालन गर्ने निकायबाट स्नातक तहमा नियमित विद्यार्थीको रुपमा उत्तीर्ण गरी कम्तिमा प्रथम श्रेणीमा सर्वप्रथम भएको वा ग्रेड प्वाइन्ट प्रणाली अन्तर्गत उच्चतम ग्रेड प्वाइन्ट प्राप्त गरी प्रत्येक फृयाकल्टी (अध्ययन संस्थान / संकाय /स्कूल) मा सर्वप्रथम भई मूल प्रमाणपत्र (Orginal Certificate) प्राप्त गरेको हुनुपर्ने । यो विद्याभूषण एउटा विश्वविद्यालयको एउटा फयाकल्टीमा बराबर अंक
वा ग्रेड प्राप्त गरेमा बाहेक एक जना भन्दा वढीलाई उपलब्ध गराईने छैन । पेश गर्नुपर्ने कागजात

१. नेपालीको हकमा नेपाली नागरिकता र विदेशी नागरिकको हकमा पासपोर्टको प्रमाणित प्रतिलिपि ।

२. प्राप्त उपाधिको प्रमाणित प्रतिलिपिहरु ( “क” श्रेणीको लागि विद्यावारिधि तहको मूल प्रमाणपत्र तथा उपलब्ध हुनेहरुको हकमा ट्वान्सक्रिप्ट समेत, “ख” श्रेणीको लागि प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तह तथा “ग” श्रेणीको लागि प्रमाणपत्र तह र स्नातक तह समेतको शैक्षिक उपाधिको प्रमाणपत्रहरु पेश गर्नुपर्नेछ ) । लब्धाङ्ग /ट्रान्सकिप्टको प्रमाणित प्रतिलिपि ,/“ख” र “ग" श्रेणीको लागि) ।

४. “ख” र “ग” श्रेणीको हकमा प्रथम श्रेणीमा सर्वप्रथम भएको वा ग्रेड प्वाइन्ट प्रणाली अन्तर्गत प्रथम श्रेणी सरहको ग्रेड प्वाइन्ट प्राप्त गरी सर्बोच्च स्थान प्राप्त गरेको प्रमाणित प्रतिलिपि (सो व्यहोरा सम्बन्धित विश्वविद्यालयको कुलपति, उपकूलपति, रेक्टर, डीन वा परीक्षा नियन्त्रक मध्ये लब्धाङ्ग/ ट्रान्सकिप्टमा दस्तखत भएको पदाधिकारीबाट प्रमाणित भएको हुनुपर्नेछ ) ।

५. विदेशी विश्वविद्यालयबाट उपाधि हासिल गर्नुहुने महानुभावहरु सम्बन्धित विषयको व्यक्तिगत रुपमा स्तर निर्धारण गराई सो को छायाँ प्रति पेश गर्नुपर्नेछ ।

६. अटो साइजको फोटो ३ (तीन ) प्रति ।

७. नेपाली, संस्कृत र अंग्रेजी भाषा बाहेक अन्य भाषामा लेखिएको उपाधिको प्रमाणपत्र भए नेपाली वा अंग्रेजी भाषामा आधिकारिक निकायबाट अनुवाद गराई पेश गर्नुपर्नेछ ।

८. पीएचडी वा सो सरह वा सो भन्दा माथिल्लो उपाधि प्राप्त गर्ने महानुभावहरुले उपाधि विषयको शोधपत्र (थेसिस) र त्यसको PDF- Electronics Copy (पेन ड्राइभमा) साराँश (Abstract) तथा वायोडाटा एक प्रति संलग्न गर्नुपर्नेछ । साथै सोधपत्र नेपाली र अंग्रेजी भाषा बाहेक अन्य भाषामा लेखिएको भए शोधपत्रमा लेखकको नाम, विश्वविद्यालयको नाम, शीर्षक, वर्ष, पृष्ट संख्या, विश्वविद्यालय रहेको शहरको नाम खुलाई पेश गर्नुपर्नेछ ।
निवेदन फारम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्च शिक्षा शाखा वा यस मन्त्रालयको website www.moe.gov.np बाट डाउनलोड गरी लिन सकिनेछ । म्याद नाघि बा रितपूर्वक नआएको बा शर्तपूर्ण निवेदन उपर कारवाही नहुने व्यहोरा समेत अनुरोध छ ।

सम्पर्क फोन नं. ४२००३६२

Ministry of Education and Sports (MoES)

Singhadurbar, Kathmandu

Estd. 1951

government

+977-1-4200453

Services Offered

Comments