TLC Banner

पोखरा महानगरपालिका द्धारा छात्रवृत्ति सम्बन्धमा सूचना प्रकाशित

pokhara metropolitan city published notice forscholarship
pokhara metropolitan city published notice forscholarship

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन, महाशाखा कास्की गण्डकी प्रदेश नेपाल द्धारा छात्रवृत्ति सम्बन्धमा सूचना प्रकाशित:  

पोखरा महानगर स्थित सम्पुर्ण संस्थागत विद्यालयहरु ।

प्रस्तुत विषयमा पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुमा सञ्चालनमा रहेका विभिन्न संस्थागत विद्यालयहरुले शिक्षा ऐन, नियमावली अनुसार विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने छात्रवृत्ति, यातायात सेवा, मासिक शुल्क निर्धारण र विद्यालयले उपलब्ध गराउनु पर्ने न्युनतम भौतीक सुविधाको सम्वन्धमा शिक्षा न्वियमावलीमा व्यवस्था भए अनुसार कार्यन्ध्धन नभइरहेको भनि विभिन्न विद्यार्थी संगठनहरुले यस महानगरमा ज्ञापन पत्र बुझाएकोले महानगरको ध्यान आर्कषण भएको छ ।

यस महानगर क्षेत्र भित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयहरुले शिक्षा नियमावलीमा व्यवस्था भएका बुँदाहरु अनिवार्य रुपमा कार्यान्वयन गरी सामाजिक उत्तरदायित्व पुरा गराउनुहुन अनुरोध छ । अन्यथा अनुगमनको क्रममा कार्यान्वयन नभएको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत जानकारी गराइन्छ । 

फोन: ६१-५४०२७८

मिति : २०७६/०१/१०

Last updated on Jan 29, 2026

Found this helpful? Share it with your friends.
Related institute

Pokhara Metropolitan City

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.