TLC Banner

ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले माग्यो विभिन्न पदका लागि कर्मचारी

Global IME Laghubitta Bittiya Sanstha Vacancy
Global IME Laghubitta Bittiya Sanstha Vacancy

Global IME Laghubitta Bittiya Sanstha Limited Vacancy: 

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, (ग्लोबल आइएमई बैंक लि. को सहायक कम्पनी) को लागि तर्पाशल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेदवारहरुवाट निवेदनका साथ हालसालै खाचएको पासपोर्ट साईजको, फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपिहरु सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको ई-मेल vacancy.gibl@gmail.com मा दरखास्त आव्हान गरिएको छ । छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र टेलिफोन मार्फत परीक्षा केन्द्र, लिखित परीक्षा तथा नतिजाको बारेमा जानकारी गराइनेछ । 

सि.नं: ०१

विज्ञापन नं: ०१/२०७५/७६।

पद: सूचना प्रबिधि

श्रेणी: अधिकृत श्रेणी

संख्या: १

बाञ्छनीय/शैक्षिक योग्यता:

मान्यता प्राप्त विश्व विद्यालयबाट सूचना प्रविधि (IT) मा स्नातक तह उत्तीर्ण गरि विभागीय प्रमुख बैक तथा वित्तीय संस्थाको SQL / NET को ज्ञान को साथै लघुवित्त बैकिङ सफट्वेयर प्रयोगको कम्तीमा १ वर्षको अनुभव भई कम्प्यूटर हार्डवयर सम्बन्धी ज्ञान भएको तथा अफिस प्याकेज, इमेल, इन्टरनेट, वेवसाइट र ग्राफिक्स डिजाइनमा दक्ष भएको

 

सि.नं: ०२

विज्ञापन नं: ०२/२०७५/७६

पद: अनुगमन अधिकृत

श्रेणी: अधिकृत श्रेणी

संख्या: २

बाञ्छनीय/शैक्षिक योग्यता: 

मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन विषयमा स्नातक तहको परीक्षा उत्तीर्ण भई सम्बन्धित बैंक वित्तीय संस्था वा लघु वित्तको क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको ।

 

सि.नं: ०३

विज्ञापन नं: ०३/२०७५/७६

पद: आन्तरिक लेखा परिक्षक सहायक

श्रेणी: सुपरभाईजर / अधिकृत श्रेणी

संख्या: २

बाञ्छनीय/शैक्षिक योग्यता:

मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरी लेखापरीक्षण सम्बन्धी २ वर्षको कार्य अनुभव भएको वा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन भएको तथा बैक तथा लघुवित्तीय संस्थामा कम्तीमा ३ वर्ष कार्य अनुभव भएको ।

 

सि.नं: ०४

विज्ञापन नं: ०४/२०७५/७६

पद: शाखा प्रबन्धक

श्रेणी: अधिकृत / सुपरभाइजर / ब.सहायक

संख्या: १५

बाञ्छनीय/शैक्षिक योग्यता:

मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भई लघुवित्त वित्तीय क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको वा व्यवस्थापनमा कक्षा १२ को परीक्षा उत्तीर्ण भएको तथा कम्तीमा ३ वर्षको लघुवित्तीय संस्थामा सहायक कार्य अनुभव भएको हुनुपर्नेछ ।

 

सि.नं: ०५

विज्ञापन नं: ०५/२०७५/७६

पद: सूचना प्रबिधि

श्रेणी: सुपरभाइजर / सहायक | /ब.सहायक श्रेणी

संख्या: १

बाञ्छनीय/शैक्षिक योग्यता:

व्यवस्थापन विषयमा कम्प्यूटर विज्ञान लिई कक्षा १२ को परीक्षा उत्तीर्ण भै कम्तीमा १ वर्षको लघुवित्त बैकिङ सफट्वेयर प्रयोगको अनुभव भई कम्प्यूटर हार्डवयर सम्बन्धी ज्ञान भएको तथा अफिस प्याकेज, इमेल, इन्टरनेट, वेवसाइट र ग्राफिक्स डिजाइनमा दक्ष भएको ।

 

सि.नं: ०६

विज्ञापन नं: ०६/२०७५/७६

पद: सूचना प्रबिधि

श्रेणी: सहायक/ क. सहायक श्रेणी

संख्या: केही

बाञ्छनीय/शैक्षिक योग्यता:

व्यवस्थापन विषय लिई कक्षा १२ को परीक्षा उत्तीर्ण भएको तथा कम्तीमा २ वर्षको लघुवित्तीय संस्थामा कार्य अनुभव भएको हुनुपर्नेछ ।

 

सि.नं: ०७

विज्ञापन नं: ०७/२०७५/७६

पद: जुनियर प्रशिक्षार्थी

श्रेणी: सहायक श्रेणी

संख्या: केही

बाञ्छनीय/शैक्षिक योग्यता:

 जुनियर सहायक प्रशिक्षार्थीको लागि व्यवस्थापन विषय लिई कक्षा १२ उर्त्तिण भएको वा सो सरहको अध्ययन उत्तीर्ण भएको वा एस एल सि उत्तिर्ण भएको ।

 

उमेर:

अधिकृत श्रेणी तहमा : २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको र सहायक श्रेणी : १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । (महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच बर्ष थप), संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेर हद लाग्ने छैन । सबै पदका लागि मोटरसाईकल ड्वाईभिङ गर्न सक्ने (लाईसेन्स सहित) राम्रो ज्ञान भएको हुन पर्नेछ ।

नोट: कर्मचारी आवश्यकताको विज्ञापन आंशिक वा पुर्ण रुपमा रद्द गर्ने सम्पुर्ण अधिकार यस वित्तीय संस्थामा निहीत रहनेछ । 

पदपूर्ति समिति

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.

नेपाल राष्ट्र बैक्रबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था (राष्ट्रियस्तर कार्यक्षेत्र भएको)

केन्द्रीय कार्यालय: बेसीशहर-८, लगजुङ, फोन नं. ०६६-४२११७७, ४२१२९६

प्रथमपटक प्रकाशित मितिः २०७६/०२/०५

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Global IME Laghubitta Bittiya Sanstha Limited

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.