TLC Banner

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का लागि प्रमुख कार्यकारी अधिकृत आवश्यकता

Hamro Sagarmatha Multipurpose Co-operative Limited Vacancy

यस संस्थालाई प्रमुख कार्यकारी अधिकृत सहितका विभिन्न पदहरुमा केहि कर्मचारीहरु आवश्यकता परेकोले एस. एल.सी. (एस ई ई)/प्रविणता प्रमाणपत्र स्नातक /स्नातकोत्तर उतिर्ण गरि सहकारी तथा वित्तिय संस्थामा अनुभव हासिल गरेका योग्य नेपाली नागरिकहरुबाट यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको इमेल ठेगाना hamrosagarmathahr@gmail.com मा बायोडाटा पठाउनुहुन अनुरोध गरिन्छ । 

प्रमुख कार्यकारी अधिकृत पदको लागि योग्यताहरु : 

१. मान्यता प्राप्त शिक्षण संस्थावाट CA वा ACCA उतिर्ण तथा स्नातक समेतको योग्यता हासिल गरि बैंक, बित्तिय संस्था तथा सहकारी क्षेत्रमा व्यवस्थापकीय पदमा कम्तिमा १ बर्षको कार्य अनुभव हासिल गरेको / स्नातकोत्तर वा सो सरहको योग्यता हासिल गरि बैंक, बित्तिय संस्था तथा सहकारी क्षेत्रमा व्यवस्थापकीय पदमा कम्तिमा ३ बर्षको कार्य अनुभव हासिल गरेको /स्तातक वा सो सरहको योग्यता हासिल गरि बैंक, बित्तिय संस्था तथा सहकारी क्षेत्रमा व्यवस्थापकीय पदमा कम्तिमा ५ बर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्ने ।

२. मानव संसाधन व्यवस्थापन, विकास, बित्तिय व्यवस्थापन तथा योजना सम्बन्धी लक्ष्य प्रस्तुत गर्नुपर्ने ।

३. कम्प्युटरमा दक्षता हासिल भएको हुनुपर्ने

४. अंग्रेजी भाषामा राम्रो दखल राखेको हुनुपर्ने

५. सहकारी ऐन, नियमावली, कर तथा प्रचलित कानुन वारे राम्रो ज्ञान भएको हनुपर्ने

६. त्रैमाशिक, अर्धबार्षिक र बार्षिक कार्ययोजना र सो अनुसारको कार्यान्वयनको 10106€ बनाई पेश गर्नुपर्ने

तलव तथा सुविधाहरु:

प्रमुख कार्यकारी अधिकृत पदको लागि न्युनतम १ लाख मासिक तलव, भत्ता तथा अन्य सेवा सुविधा संस्थाको नियमअनुसार, अन्य पदहरुकोलाई तलव तथा सेवा सुविधाहरु संस्थाको नियम अनुसार हुनेछ ।

छनौट विधिः

बायोडाटाको आधारमा प्रारम्भिक छनौट भए पश्चात अन्तर्वार्ता हुने

प्रमुख कार्यकारी अधिकृत पदको लागि: कार्ययोजना प्रस्तुतिकरण गर्नुपर्ने ।

नोटः

  • आबेदन स्वीकृत / अस्वीकृत वा र्‌ गर्ने अधिकार यस संस्थालाइ हुनेछ ।
  • यस सूचनामा कुनै त्रुटी भएका सो सच्चाउने अधिकार यस संस्थालाइ हुनेछ ।
  • प्रारम्भिक सूचीमा परेका आवेदकहरुलाई मात्र यस संस्थाले सम्पर्क गर्नेछ ।
  • सबै पदमा यस अगाडी आबेदन दिएका व्यक्तिहरुले पुन आबेदन दिनुपर्ने छैन यस अगाडी दिएको आबेदनलाई
  • समेत मान्यता दिईनेछ ।
  • इमेलबाट मात्र आबेदन दिन सकिनेछ र यस सूचना सम्बन्धमा कुनै जिज्ञासा भएमा इमेल मार्फत सोध्नु पर्नेछ । 

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

Hamro Sagarmatha Multipurpose Co-operative Limited

कृपण्डोल, ललितपुर

Comments