प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
जिरी प्राविधिक शिक्षालय, जिरी, दोलखा
(Jiri Technical School Vacancy)
यस जिरी प्राविधिक शिक्षालयको लागि देहायका पदमा अर्को निर्णय नभएसम्मको लागि सेवा करारमा कामकाज गर्न योग्यता पुगेका इच्छुक १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकहरूले यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपिसहित यस जिरी प्राविधिक शिक्षालय जिरी दोलखाको प्रशासन शाखामा वा जि.प्रा.शि. को इमेल jiritechnicalschool@yahoo.com मार्फत रु.दस को टिकट टाँस गरी निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि २०७६।०१।२७ गतेको निर्णयअनुसार यो सूचना प्रकाशित गरिएको छ । साथै परीक्षासम्बन्धी कार्यक्रम २०७६॥०२॥१३ गते जि.प्रा.शि. को सूचनापाटी तथा www.Jiritechnicalschool.com र www.jts.edu.np मा प्रकाशित गरिने छ।

प्रकाशित मिति: २०७६।०१।२९
जिरी प्राविधिक शिक्षालय
जिरी, दोलखा