The London College Top Banner Ad

कर्मचारी आवश्यकता सम्बन्धी सूचना - सामाजिक सुरक्षा कोष

Social Security Fund Vacancy Notice

सामाजिक सुरक्षा कोष, बबरमहल काठमाण्डौं: कर्मचारी आवश्यकता सम्बन्धी सूचना

लोक सेवा आयोगको सहमति अनुसार यस कोषमा रिक्त रहेका निम्न पदहरु खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न यो सूचना आव्हान गरिएको छ । तोकिएको योग्यता पुगेका उम्मेदवारले सूचनामा तोकिए वमोजिमको प्रक्रिया पूरा गरी Online दरखास्त फाराम भर्नुपर्नेछ । भुट्ठा विवरण उल्लेख गरी Online फाराम भरेमा सोको जवाफदेही उम्मेदवारस्वयम्‌ हुनु पर्नेछ । म्याद भित्र दाखिला नभएको र रीत नपुगी भरिएका दरखास्तहरु उपर कुनै किसिमको कारवाही हुने छैन ।

परीक्षाको किसिम: पाठ्यक्रममा तोकिए बमोजिमको लिखित, सूचना प्रविधि सिप परीक्षण/प्रयोगात्मक/मामिला अध्ययन प्रस्तुतिकरण, अन्तर्वार्ता ।

(ख) परीक्षा केन्द्र: काठमाडौं ।

(ग) दरखास्त दिनै अन्तिम मिति :२०७६।०३।०५ सम्म र दोब्बर दस्तुर २०७६।०३।१२ सम्म ।

(घ) उमेरको हद :

  • तह ४ र ५ को पदमा मिति २०७६/०३/०५ सम्ममा १८ वर्ष उमेर पूरा भै ३५ वर्ष ननाघेको ।
  • तह ६ र ७ को पदमा मिति २०७६/०३/०५ सम्ममा २१ वर्षउमेर पूरा भै ३५ बर्ष ननाघेको ।
  • तह ८ र सो भन्दा माथीको पदमा मिति २०७६/०३/०५ सम्ममा ४० वर्ष उमेर ननाघेको ।
  • महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको ।

(ड) परीक्षा दस्तुर: प्रत्येक विज्ञापनका लागि देहाय अनुसार दरखास्त दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका तोकिएको थप दस्तुर बुझाउनु पर्नेछ ।

  • ११ तहका लागि रु. १५००
  • ९ र १० तहका लागि रु. १२०० (समावेशी प्रत्येक समूह रु. ५००)
  • ६,७ र ८ तहका लागि रु. १००० (समावेशी प्रत्येक समूह रु. ४००)
  • ५ तहका लागि रु. ४०० (समावेशी प्रत्येक समूह रु. २००)
  • ४ तहका लागि रु. ३०० (समावेशी प्रत्येक समूह रु. १५०)

(च) परीक्षा दस्तुर बफझाउने विधि र समयः अनलाइन माध्यमबाट दरखास्त पेश गरिसकेपछि उम्मेदवारले ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सोपछि कार्यालय खुलेको पहिलो दिन) FonePay वा eSewa मार्फत परीक्षा दस्तुर/दोब्बर दस्तुर अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।

(छ) परीक्षणकाल: सामाजिक सुरक्षा कोष (कर्मचारी प्रशासन) विनियमावली,२०७५ को विनियम ३२ को व्यवस्था अनुरुप हुनेछ ।

(ज) पदमा रही गर्नुपर्ने कामको बिवरण: सेवा, समूह सम्बन्धी ।

(झ) तलब र अन्य सुविधाः कोषको प्रचलित नियमानुसार ।

(ञ) सम्पर्क मिति: २०७६/०३/२० गते ।

(ट) लिखित परीक्षा सञ्चालन: लोक सेवा आयोगबाट हुनेछ ।

आवश्यक न्यूनतम्‌ योग्यता :

(१) उप-कार्यकारी निर्देशकः मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा सात वर्षको अनुभव प्राप्त भएको ।

(२) निर्देशक, प्रशासन, सामान्य प्रशासन: मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा सात वर्षको अनुभव प्राप्त भएको ।

(३) निर्देशक, प्रशासन, बित्त: मान्यता प्राप्त विश्वविद्यालयवाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा सात वर्षको अनुभव प्राप्त भएको ।

(४) निर्देशक (प्रा.), विविध, कम्प्युटर ईन्जिनियरिङ: मान्यता प्राप्त विश्वविद्यालयवाट कम्प्युटर ईन्जिनियरिङ /सुचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा सात वर्षको अनुभव प्राप्त भएको ।

(५) उप निर्देशक, प्रशासन, सामान्य प्रशासनः मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(६) उप निर्देशक, प्रशासन, बित्त: मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(७) उप निर्देशक, प्रशासन, लेखा: मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह वा अर्थशास्त्र,गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(८) उप निर्देशक (प्रा.), विविध, कम्प्युटर ईन्जिनियरिङ: मान्यता प्राप्त विश्वविद्यालयवाट कम्प्युटर ईन्जिनियरिङ /सुचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(९) वरिष्ठ सहायक निर्देशक, प्रशासन, सामान्य प्रशासन: मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(१०) बरिष्ठ सहायक निर्देशक, प्रशासन, बित्त: मान्यता प्राप्त विश्वविद्यालयवाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(११) बरिष्ठ सहायक निर्देशक, प्रशासन, कानून: मान्यता प्राप्त विश्वविद्यालयवाट कानूनमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(१२) बरिष्ठ सहायक निर्देशक, विबिध, योजना तथा तथ्यांक: मान्यता प्राप्त विश्वविद्यालयबाट तथ्याङकशास्त्र / अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको ।

(१३) मेडिकल अधिकृत: मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बी.बी.एस. वा सो सरह उपाधि प्राप्त र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको ।

(१४) चार्टर्ड एकाउन्टेण्टः चार्टड एकाउण्टेन्सी परीक्षा उत्तीर्ण गरेको वा एसिसिए कोर्ष उत्तीर्ण ।

(१६) सहायक निर्देशक, प्रशासन, सामान्य प्रशासन: मान्यता प्राप्त विश्वव्द्यालयबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।

(१६) सहायक निर्देशक, प्रशासन, लेखा: मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह वा अर्थशास्त्र,गणित, तथ्याङ्‌ कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।

(१७) सहायक निर्देशक, प्रशासन, बित्त: मान्यता प्राप्त विश्वविद्यालयवाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।

(१८) सहायक निर्देशक (प्रा), विविध, कम्प्युटर ईन्जिनियरिङ: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर ईन्जिनियरिङ /सुचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तीर्ण ।

(१९) सहायक निर्देशक, विविध, योजना तथा तथ्यांक: मान्यता प्राप्त विश्वविद्यालयबाट तथ्याङकशास्त्र/ अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण ।

(२०) प्रशासकीय अधिकृत: मान्यता प्राप्त विश्वविद्यालयवाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।

(२१) लेखा अधिकृत: मान्यता प्राप्त विश्वविद्यालयवाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह वा अर्थशास्त्र,गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।

(२२) आ.ले.प.अधिकृत: मान्यता प्राप्त विश्वविद्यालयवाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह वा चार्टर्ड एकाउण्टेन्ट वा सो सरह उत्तीर्ण ।

(२३) कानून अधिकृत: मान्यता प्राप्त विश्वविद्यालयवाट कानूनमा स्नातकोत्तर तह उत्तीर्ण ।

(२४) सूचना प्रबिधि अधिकृत: मान्यता प्राप्त विश्वविद्यालयवाट कम्प्युटर ईन्जिनियरिङ/सुचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तीर्ण ।

(२४) बरिष्ठ प्रशासन सहायक =: मान्यता प्राप्त विश्वविद्यालयवाट स्नातक तह वा सो सरह उत्तीर्ण ।

(२६) लेखापाल: मान्यता प्राप्त विश्वविद्यालयवाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातक तह वा अर्थशास्त्र,गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण ।

(२७) कानून सहायक: मान्यता प्राप्त विश्वविद्यालयवाट कानूनमा स्नातक तह उत्तीर्ण ।

(२६) कम्प्युटर अपरेटर: मान्यता प्राप्त विश्वविद्यालयवाट सम्वन्धित विषयमा स्नातक तह वा अन्य कुनै विषयमा स्नातक तह उत्तिर्ण गरेको र कम्तीमा ६ महिनाको कम्प्यूटर सम्बन्धी तालिम लिएको ।

(२९) प्रशासन सहायक: दश जोड दुई वा सो सरह उत्तीर्ण ।

(३०) सहायक लेखापाल: दश जोड दुई वा सो सरह उत्तीर्ण ।

(३१) सहायक कम्प्युटर अपरेटर: दश जोड दुई वा सो सरह उत्तीर्ण गरी कम्तीमा छ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको ।

खुला तथा समावेशी परीक्षाको लागि विशेष सूचना :

(क) प्रत्येक सेवा अन्तर्गत खुला र समावेशी प्रतियोगिताका आधारमा लिइने परीक्षाहरु संयुक्त रुपमा एकै पटक एकै सिटिङ्गमा हुनेछ ।

(ख) कोषले तोकेको अनलाईन फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम्‌ शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाण पत्र तथा नेपाल वाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाण पत्र र पासपोर्ट साइजको फोटो (Scan / Attach) गरी यो सूचना गोरखापत्रमा प्रथम पटक प्रकाशित भएको मितिले २१(एक्काइस) दिन भित्र र सो पश्चात दोब्बर दस्तुर तिरी ७ (सात) दिन भित्र  Onlineदरखास्त फाराम भर्नु हुन सूचित गरिन्छ ।  उम्मेदवारलाई निर्देशन दिइएका कुराहरु राम्रोसँग अध्ययन गरेरमात्र Online  दरखास्त फाराम भर्नुहुन सूचित गरिन्छ । उम्मेदवारको नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण पत्र Scan गरी Upload गर्नुपर्नेछ । दरखास्त समावेश भइसकेपश्चात कोषबाट Verify भए पश्वात्‌ मात्र दरखास्त स्वीकृत हुनेछ र त्यसपछि उम्मेदवार स्वयमूले प्रवेश पत्र प्रिन्ट गर्नुपर्नेछ । परीक्षामा उपस्थित हुँदा उम्मेदवारले अनिवार्य रुपमा प्रवेशपत्रलिई आउनुपर्नेछ अन्यथा परीक्षामा समावेश गराईने छैन ।

(ग) उम्मेदवारले आफूले पेश गर्ने आवश्यक शैक्षिक प्रमाणपत्रहरु तोकिएको न्यूनतम्‌ योग्यताको एक प्रति मात्र Upload  गरे पुग्नेछ । सेवारत कर्मचारीले आफू सेवारत निकाय संस्थाको विभागीय स्वीकृति पत्र पेश गर्नुपर्नेछ । झुट्ला विवरण उल्लेख गरी Online  फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ । म्याद भित्र दाखिला नभएको र रीत नपुगी आएका दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन ।

(घ) अस्वीकृत भएका दरखास्त फारामहरुको परीक्षा दस्तुर फिर्ता हुनेछैन ।

(ङ) कोषमा लागू रहेको सामाजिक सुरक्षा कोष (कर्मचारी प्रशासन) विनियमावली,२०७५ को विनियम २६ वमोजिम प्रतिक्षा सूचीको व्यवस्था रहनेछ ।

(च) दरखास्त दिने उम्मेदवारले नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि समेत अनिवार्य रुपमा Upload  गर्नुपर्नेछ । साथै पेश भएका शैक्षिक योग्यताका प्रमाण पत्रहरुको जिम्मेवारी उम्मेदवार स्वयमूले लिनुपर्नेछ ।

(छ) विज्ञापित सवै पदहरुमा अनलाईन प्रणाली मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । कोषको  website: www.ssf.gov.np को www.vacancy.ssf.gov.np बाट Online दरखास्त फाराम भर्न सकिनेछ । अनलाइन मार्फत दरखास्त पेश गर्ने विधि/ तरिकासम्बन्धी विस्तृत विवरण कोषको वेभसाईटबाट हेर्न सकिनेछ । Online दरखास्त फाराम भर्दा कुनै द्विविधा भएमा कोषको टेलिफोन नम्बर ०१-४२५६१४४ र ०१-४२५६३१५ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।

उम्मेदवारले पेश गर्नुपर्ने थप कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशन :

खुला तथा समावेशी समूहतर्फ तथा खुलातर्फका पदहरुमा दरखास्त दिन चाहने उम्मेदवारहरुले दरखास्त दिने समयमा देहाय अनुसारका कागजातहरु तयार गरी दरखास्त दिनुपर्नेछ । लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरुको सक्कल सहित आफैँले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्नेछ । उल्लेखित कागजातहरु दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसकै समय दरखास्त रद्द हुन सक्नेछ ।

(अ) समावेशी तर्फका उम्मेदवारहरुले पेश गर्नुपर्ने यप कागजातहरु: समावेशी तर्फ दरखास्त दिने उम्मेदवारहरुले निम्न वमोजिमका कागजातहरु समेत Upload गर्नुपर्नेछ ।

(क) आदिवासी जनजातिका हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएका जातिको सूचीको आधारमा दरखास्त स्वीकृत हुनेछ । तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन भित्र सूचीकृत भएको जाति भित्र एक भन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नुपर्नेछ ।

(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा दरखास्त स्वीकृत हुनेछ । तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एक भन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नुपर्नेछ ।

(ग) अपाङ्गका हकमा समाज कल्याण परिषदबाट जारी भएको अपाङ्गता परिचय पत्र वा अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४ को उपदफा (३) वमोजिम अपाङ्गता वर्गीकरण उल्लेख गरी सम्बन्धित स्थानीय तहबाट जारी भएको अपाङ्गता परिचयपत्र ।

(घ) मधेशीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके वमोजिमको संस्थाबाट मधेशी भनी प्रमाणित गरेको आधारमा दरखास्त स्वीकृत हुनेछ । तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनि प्रमाणित कागजात दरखास्तसाथ पेश गर्नुपर्नेछ ।

(आ) अनुभव चाहिने उम्मेदवारहरुका लागि : 

(क) देहाय बमोजिमको निकायमा रही अधिकृत स्तरमा काम गरेको अनुभव सम्बन्धमा त्यस्तो पदको नियुक्तिपत्र वा करारमा र सेवा अवधि प्रमाणित गरिएको सम्बन्धित निकायको पत्र

(१) निजामती तथा अन्य सरकारी निकाय,

(२) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित संगठित संस्था,

(३) विकास समिति ऐन, २०१३ बमोजिम गठित विकास समिति, 

(४) विशेष ऐनद्वारा स्थापित संस्था वा निकाय (Statutory Organization / Agency)

(५) संयुक्त राष्ट्र संघ, यसका अंग तथा विशिष्टिकृत निकाय,

(६) अन्तर सरकारी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनहरु,

(७) विश्वविद्यालयको आंगिक क्याम्पस,

(८) सामुदायिक विद्यालय,

(९) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संगठित संस्था ।

(ख) खण्ड (क) मा उल्लेख भए बाहेकको अन्य निकायको अनुभवको सम्बन्धमा नियुक्तिपत्र वा करारनामा र सेवा प्रमाणित गरिएको सम्बन्धित निकायको पत्रको अतिरिक्त त्यस्तो निकायमा अधिकृत स्तरका कर्मचारी भर्नाको प्रक्रिया, योग्यता, संगठन, संरचना लगायत कर्मचारीको सेवा शर्त समेतका विषय समावेश गरिएको नियम वा विनियम वा निर्दोशका वा कार्यविधि समेत आवश्यक पर्ने र त्यस्तो नियम वा विनियम वा निर्देशिका वा कार्यीवधिमा भएको व्यवस्था बमोजिम अधिकृतस्तरमा भर्ना भएको यकिन हुने अनुभवलाई मात्र मान्यता दिइनेछ ।

(ग) सरकारी कर्मचारीले अन्य संगठित संस्थामा काम गरेको अनुभव सम्बन्धमा सरकारको पूर्व स्वीकृतिको पत्र तथा सो अवधिको विदा स्वीकृतिको पत्र भएमा मात्र त्यस्तो अनुभवलाई मान्यता दिइनेछ ।

(घ) एउटै अवधिमा दुई वा सोभन्दा बढी निकायमा काम गरेको भएमा पुरा समय काम गरेको कुनै एकको अनुभव मात्र गणना गरिनेछ ।

(ङ) नियुक्तिपत्र वा करारनामामा नै आंशिक (Part Time) रुपमा काम गर्ने उल्लेख भएकोमा सो अनुभवलाई मान्यता दिइने छैन ।

(च) एकवर्ष भन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना गरिने छैन ।

(छ) सहायक स्तरमा पदाधिकार रही अधिकृत स्तरमा कायम मुकायम वा निमित्त भई सेवा गरेको अनुभवलाई मान्यता दिइने छैन ।

(ज) नियुक्तिपत्र वा करारनामामा उल्लेखित पदनामबाट अधिकृत स्तर नखुलेकोमा सम्बन्धित निकायले सो पद अधिकृत स्तरको भनी प्रमाणित गरेको पत्र पेश गर्नुपर्नेछ ।

(झ) माथि उल्लेखित प्रमाण खुल्ने कागजातहरु दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसुकै समय दरखास्त रद्द हुनेछ ।

(ञ) MBBS उत्तीर्ण गरेका उम्मेदवारको हकमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाणपत्र दरखास्त पेश गर्दाको बखत अनिवार्य रुपमा उम्मेदवार सँग हुनुपर्नेछ ।

द्र्ष्टव्य :

(क) अनुभवको अवधि आवश्यक पर्ने विज्ञापनहरुको हकमा सम्बन्धित पदको लागि तोकिएको दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम्‌ सेवा अवधि पूरा भएको हुनु पर्नेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर,शैक्षिक योग्यता,अनुभव अवधि र अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

(ख) सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । अन्यथा सहयोगी लेखक उपलब्ध गराउन वाध्य हुने छैन ।

(ग) लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारले अर्न्तवार्ता दिनु भन्दा अगाडी शैक्षिक योग्यताको स्थायी प्रमाणपत्र, नागरिकता, सेवाको अनुभव आवश्यक पर्नेमा सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गरिएको सक्कल प्रति तथा समावेशी एवं खुला तर्फ दरखास्त दिने उम्मेदवारको लागि पेश गर्नुपर्ने भनी उल्लेख गरिएका कागजातहरुको सक्कलका साथै प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

(घ) उम्मेदवारले प्रवेशपत्रमा आफू उम्मेदवार हुने किसिम/समूहको विवरण निर्धारित ढाँचामा अनिवार्य रुपले खुलाउनु पर्नेछ अन्यथा परिक्षामा समावेश गराईने छैन ।

(ङ) परीक्षामा परीक्षार्थीले अनिवार्य रुपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्छ अन्यथा उत्तरपुस्तिका रद्ध हुनेछ ।

(च) पाठ्यक्रम कोषको वेवसाइट www.ssf.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

Comments