कालीमाटी फलफूल तथा तरकारी वजार विकास समिति कालीमाटी, काठमाडौं
खुल्ला प्रतियोगिता (करार) द्वारा जनशक्ति छनौट सम्वन्धि दरखास्त आव्हानको सूचना
सूचना नं:१।०७५।७६,
कालीमाटी फलफूल तथा तरकारी वजार विकास समितिको कालीमाटी स्थित वजार र मातहतका वजार क्षेत्राभत्र कृषि वस्तुहरु लिई आउने तथा वितरण गर्ने ढुवानी/सवारी साधनको चापलाई नियन्त्रण गरी व्यवस्थित गर्नको लागी Time Card को व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, वजार क्षेत्रभित्र स्थापित Weigh Bridge लाई संचालनमा ल्याउने तथा वजार क्षेत्र भित्र भित्रिने वस्तुहरुको आगमन ललल दुरुस्त रुपमा अध्यावधिक गरी राख्नका लागी थप ६ जना जनशक्ति बढीमा १ (एक) बर्षका लागि करारद्वारा पूर्ति गर्न आवश्यक भएकोले निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई म्याद भित्र रीत पूर्वकको दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ।
क) परीक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तर्रर्वार्ता
ख) दरखास्त दस्तुर: रु. ३००।-
ग) दरखास्त फाराम र दस्तुर बुझाउने स्थान: कालीमाटी फलफूल तथा तरकारी वजार विकास समितिको केन्द्रीय कार्यालय, कालीमाटी, काठमाण्डौं ।
घ) दरखास्त दिने अन्तिम मिति: २०७६।२।२८ गते सम्म (दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन)
ङ) उम्मेदवारको उमेर हद: दरखास्त दिने अन्तिम मिति सम्ममा ३५ वर्ष ननाघेको र महिला उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।
च) उम्मेदवारको योग्यता: मान्यता प्राप्त शिक्षण संस्थावाट प्रवेशिका परीक्षा (एस.एल.सी) वा सो सरह उतिर्ण गरी कम्प्यूटर संचालन सम्वन्धी कम्तीमा ३(तीन) महिनाको आधारभुत तालिम प्राप्त।
छ) गर्नु पर्ने कामको विवरण: Time Card को व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, बजार क्षेत्र भित्र स्थापित Weigh Bridge लाई संचालनमा ल्याउने तथा वजार क्षेत्र भित्र भित्रिने आगमन विवरणलाई चुस्त दुरुस्त रुपमा अध्यावधिक गरी कहर
ज) गर्नुपर्ने कामको समयावधी: समितिको कालीमाटी स्थित वजार र अन्तरगतका वजारहरुमा दैनिक ८ घण्टाको दरले विहान/ दिउँसो /वेलुका जुनसुकै वेला पनि सिफ्टमा रहि कार्य गर्नु पर्नेछ।
झ) तलव भत्ता: मासिक रु. २५,०००। (पच्चीसहजार)
ञ) लिखित परीक्षा: मिति पछि प्रकाशन गरिने छ।
ट) दरखास्त साथ निम्नानुसारको कागजातहरु संलग्न गर्नु पर्नेछ।
(१) नागरिकताको प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि ।
(२) उमेर खुलेको प्रमाणित प्रतिलिपि ।
(३) शैक्षिक योग्यताको प्रमाण-पत्र, मार्कीसटको प्रमाणपत्र र कम्प्यूटर संचालन सम्वन्धी कम्तीमा ३ (तीन) महिनाको आधारभूत तालिम लिएको प्रमाणित प्रतिलिपिहरु।
ठ) सेवा सर्त सम्वन्धि सम्पुर्ण व्यवस्थाहरु करार सम्झौता बमोजिम हुने छ।
द्र्ष्टव्यः
क) रित नपुगेको दरखास्त स्वीकृत गरिने छैन।
ख) उम्मेदवारको अन्तिम नामावली प्रकाशन र परीक्षा केन्द्र पछिप्रकाशन गरिनेछ।
ग) उम्मेदवारको प्रवेश पत्र परीक्षा संचालन हुने दिन भन्दा एक दिन अगाडिसम्म समितिको कार्यालय कालीमाटीबाट उपलव्ध गराइनेछ।
घ) लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुलाई मात्र कम्प्यूटर सीप परीक्षण र अन्तरवार्तामा सम्मिलित गराइने छ।
ङ) पाठ्यक्रम र दरखास्त फाराम समितिको website: www.kalimatimarket.gov.np बाट प्राप्त गर्न सक्नेछ।
जनशक्ति छनौट तथा सिफारिश उपसमिति, कालीमाटी, काठमाण्डौ
Kalimati Fruits and Vegetables Market Board
सूचना प्रकाशित मिति: २०७६।२।१४