The London College Top Banner Ad

नेरुडे लघुबित्त वित्तीय संस्था लिमिटेड का लागि कर्मचारी आवश्यकता

Nerude Laghubitta Bittiya Sanstha

नेपाल राष्ट बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस नेरुडे लघुबित्त वित्तीय संस्था लिमिटेडको लागि ईलाम, पाँचथर भोजपुर, संखुवासभा, तेह्रथुम, खोटान्न, सप्तरी, सिराह, चितवन, नवलपराशी, मकवानपुर बाँके, बर्दिया, कैलाली, कन्चनपुर, रुपन्देही, कपिलबस्तु, र दाङ्ग लगायतका जिल्लाहरुको लागि देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता परेकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको तल उल्लेखित ठेगानामा आइपुग्ने गरि दरखास्त आव्हान गरिएको छ । दरखास्त फारमका साथ दरखास्तवालाको वायोडाटा, पासपोर्ट साइजको २ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, कम्प्यूटर, तालिम तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । संस्थाको हितलाई ध्यानमा राखि प्राप्त दरखास्तहरु कारण खोलि वा नखोली अस्वीकृत गर्ने वा विज्ञापन रद्ध गर्ने सम्मको अधिकार संस्थामा सुरक्षित रहनेछ ।

पदः बरिष्ठ उत्प्रेरक

आवश्यक न्युनतम योग्यताः ब्यबस्थापन बिषयमा १०+२ उत्तिर्ण गरि बैंक तथा वित्तीय संस्थामा कम्तिमा १ बर्ष वा सहकारी संस्थामा कम्तिमा २ बर्ष काम गरेको अनुभव भएको ।

उमेरः १८ वर्ष पूरा भई ३० वर्ष  ननाघेको । महिलाको हकमा उल्लेखित उमेरमा ५ बर्ष थप हुनेछ ।  (यस संस्थामा कार्यरत कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन।

छनौट प्रक्रियाः Short Listing तथा अन्तरवार्ता

अन्यः स्थानिय भाषा बोल्न सम्ने तथा मोटरसाइकलको लाइसेन्स भएकालाई विशेष प्रार्थामकता दिइनेछ।

पदः सहायक उत्प्रेरक

आवश्यक न्युनतम योग्यताः कुनै पनि बिषयमा कम्तिमा १०+२ उत्तर्ण भएको

उमेरः १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको । महिलाको हकमा उल्लेखित उमेरमा ५ बर्ष थप हुनेछ।

छनौट प्रक्रियाः Short Listing तथा अन्तरवार्ता

अन्यः स्थानिय भाषा बोल्न सक्ने, मोटरसाइकलको लाइसेन्स भएको, बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा काम गरेको अनुभव भएकालाई बिशेष प्राथमिकता दिइनेछ।

अन्य कुराहरु:

(क) बरिष्ठ उत्रेरक पदमा नियुक्त उम्मेदवारलाई कम्तिमा ६ महिनाको परिक्षणकाल अवधिमा राखिनेछ । परिक्षणकाल अवधिको कार्यसम्पादन सन्तोषजनक पाइएमा मात्र स्थायी निर्युक्त दिइनेछ |

(ख) सहायक उत्प्रेरक पदमा नियुक्त उम्मेदवारलाई ६ महिनाको तालिममा राखिनेछ । तालिम अवधिको कार्यसम्पादन सन्तोषजनक पाइएमा मात्र परिक्षणकालमा नियुक्ति दिइनेछ ।

(ग) सेवा सुबिधा: संस्थाको नियमानुसार हुनेछ ।

(घ) दरखास्त फारम पाउने तथा बुझाउने स्थान: आवेदन फारम संस्थाको वेभसाइट www.nerude.org.np बाट Download गरि nerudevacancy2075@gmail.com मा पठाउन सकिनिछ। साथै यस संस्थाको केन्द्रिय कार्यालय विराटनगर, प्रदेश कार्यालय बुटवल, इलाका कार्यालय बर्दिवास र उपशाखा कार्यालय शमसेरगंज (कोहलपुर, बाँके) बाट पनि आवेदन पररम प्राप्त गर्न र बुझाउन सक्निछ ।

(ङ) आवेदन फारम बुझाउने अन्तिम मितिः २०७६/०२/२८ गते कार्यालय समय भित्र ।

(च) अन्य: उक्त दुबै पदको लागि प्राप्त आवेदनहरु मध्ये छनौट सूची (Short Listing) मा परेका उम्मेदवारहरुलाई मात्र अन्तर वार्ताको लागि बोलाइनेछ । अन्तरवार्ता परीक्षा सम्बन्धि जानकारी दरखास्त फारम बुझाउने अन्तिम मितिले ७ दिन भित्र यस संस्थाको सूचना पाटी र संस्थाको वेभसाइट www.nerude.org.np मा प्रकाशित गरिनेछ |

नोट: म्याद नाघी प्राप्त भएका वा रित नपुगेका सम्पूर्ण निवेदनहरु स्वतः रद्ध हुनेछन्‌। 

पदृपर्ति समिति

नेरुडे लघुबित्त वित्तीय संस्था लिमिटेड (Nerude Laghubitta Bittiya Sanstha Limited) 

क्रेन्द्रीयका विराटनगर । फोन नं. : ०२१-४६२१०१, ४६२३२१

प्रथम पटक प्रकाशित मिति : २०७६/०२/१४)

Comments