काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय
करार सेवाबाट पदपूर्तिको लागि दरखारुत आहवानको सूचना:
काठमाडौं महानगरपालिका कार्यालयलाई आवश्यक भएका तपशील समूहका पदहरुको करार सेवाबाट पदपूर्ति गर्नुपर्ने भएको हुँदा इच्छुक उम्मेदवारहरुले काठमाडौं महानगरपालिका परीक्षा सञ्चालन तथा सिफारिश समितिबाट निर्धारित दरखास्त फाराममा सूचना प्रकाशन भएको मितिबाट २१(एकाईस) दिनभित्र रीतपूर्वकको दरखास्त दिन हुन सम्बन्धित सबैलाई यो सूचना प्रकाशित गरिएको छ ।
|
वि.न.: १/०७५।७६ पद तह र सेवा तह: मेडिकल अधिकृत, सातौँ, स्वास्थ्य जम्मा पद संख्या:: १०(दश) |
|
वि.न.: २/०७५।७६ पद तह र सेवा तह: हिल्थ असिस्टेण्ट, सहायक स्तर पाँचौ, स्वास्थ्य जम्मा पद संख्या: १०(दश) |
|
वि.न.: ३/०७५।७६ पद तह र सेवा तह: स्टाफ नर्स, सहायक स्तर पाँचौ, स्वास्थ्य जम्मा पद संख्या:: १०(दश) |
|
वि.न.: ४/०७५।७६ पद तह र सेवा तह: ल्याब टेक्निसियन, सहायक स्तर पाँचौ, स्वास्थ्य जम्मा पद संख्या: १०(दश) |
|
वि.न.: ५/०७५।७६ पद तह र सेवा तह: कार्यालय सहयोगी, श्रेणी विहिन ४(चार) जम्मा पद संख्या: १०(दश) |
परीक्षा मिति प्रथम पत्र: २०७६।२।३० गते का.म.पा. को वेवसाइटः www.kathmandu.gov.np मा र राष्ट्रिय समागृहको सूचना
द्रष्टव्य:
परीक्षाको किसिम: लिखित परीक्षा तथा अन्तर्वाता ।
परीक्षा केन्द्र: पछि सूचनाबाट जानकारी गराइने छ ।
परीक्षा दस्तुरः मेडिकल अधिकृत सातौतहको लागि रु.१०००।- (एक हजार) र सहायक स्तर पाँचौ तहको लागि ४०० (चार सय) र श्रेणी विहिनको लागि रु.१००।-(एक सय)
उम्मेदवारको उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्ममा सहायकस्तरको पदहरूमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । अधिकृतस्तरको पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ र श्रेणीविहिन पदको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति: २०७६॥२।२८ गतेसम्म (दरस्वास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिनसम्म)
परीक्षा दस्तुर बुझाउने स्थानः काठमाडौँ महानगरपालिकाको नविल बैंकमा रहेको चल्ती खाता नं. ०३०६०१७५००१४७ मा रकम बुझाएको सक्कल भौचर दरखास्त फारामसाथ संलग्नगरी राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बुझाउनु पर्नेछ ।
अन्तर्वार्ता हुने मिति: लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि सूचना प्रकाशन गरिनेछ ।
पदमा रही गर्नुपर्ने काम कर्तव्यको विवरण: सेवा, समूहसम्बन्धी ।
तलब: प्रचलित स्केलबमोजिम ।
आवश्यक न्यूनतम शैक्षिक योग्यता:
१) अधिकृतस्तर सातौँ तह, स्वास्थ्य, मेडिकल अधिकृतको लागि एम.बी.बी.एस. वा सो सरह उपाधिप्राप्त ।
२) सहायकस्तर पाँचौ तह, स्वास्थ्य, हेल्थ असिस्टेण्टको लागिः मान्यताप्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण ।
३) सहायक स्तर पांचौ तह, स्वास्थ्य, स्टाफ नर्संको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
४) सहायक स्तर पांचौ तह, स्वास्थ्य, ल्याब टेक्निसियनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याबमा प्रमाणपत्र तह उत्तीर्ण वा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी उत्तीर्ण गरी ल्याब टेक्निसियनको दुई वर्ष ६ महिनाको कोर्ष उत्तीर्ण ।
५) कार्यालय सहयोगीको हकमा आठ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ ।
६) सि.नं. १ देखि ४ सम्मको हकमा सम्बन्धित काउन्सिलको प्रमाणपत्र दरखास्त फारामसाथ अनिवार्य पेस गर्नुपर्ने छ ।
ट्र्ष्टव्य:
(क) तोकिएको म्यादभित्र दाखिला नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको
वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
(ख) लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारले अन्तर्वार्ता दिनु भन्दा अगाडि शैक्षिक योग्यताको प्रमाणपत्र, नागरि कताको सक्कलका साथै नक्कल प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
(ग) दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनुपर्ने र शैक्षिक योग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाण पत्र वा लब्धाङ्ग ट्रान्सक्रिप्ट प्राप्त गरिसकेको हुनुपर्नेछ । विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गरेको हुनुपर्दछ ।
(घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्ने छ, अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।
(ङ) सम्बन्धित पदको पाठ्यक्रम का.म.पा. को वेबसाइट www.kathmandu.gov.np बाट प्राप्तगर्न सकिनेछ छ ।
परीक्षा सञ्चालन तथा सिफारिस समिति
काठमाडौ महानगरपालिका
सूचना नं. १/०७५-०७६
प्रथम पटक स्चना प्रकाशन मिति: २०७६।०२।०८