TLC Banner

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Manmohan Cardiothoracic Vascular and Transplant Center Vacancy notice
Manmohan Cardiothoracic Vascular and Transplant Center Vacancy notice

त्रि.वि.चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्ज, काठमाण्डौ

आवश्यकता सम्बन्धी सूचना

यस सेन्टरको लागि आवश्यक मुख्य प्राबिधिक सहायक (रेडियोग्राफी), मुख्य प्राबिधिक सहायक (प्याथोलोजी), स्टाफ नर्स, र लेखा सहायक पदको अस्थायी दरवन्दीमा करार सेवामा पदपुर्ति गर्न आवश्यक रहेकोले तोकिए बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले देहाय बमोजिम हुनेगरी आवेदन पेश गर्नहुन आव्हान गरिन्छ । थप जानकारीको लागि यस सेन्टरको कर्मचारी प्रशासन शाखामा सर्म्पक राख्न हुन अनुरोध छ । 

क्र.स.: १

पद/तह: मुख्य प्राविधिक सहायक (रेडियोग्राफी) / तह ५

संख्या: २ (दुई)

आवश्यक न्युनतम शैक्षिक योग्यता: त्रि.वि. वा यसबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट Radiography बिषयमा प्रमाणपत्र तह बा सो सरह उर्त्तिण ।

आवेदन दस्तुर: रु. १,५१०।

क्र.स.: २

पद/तह: मुख्य प्राविधिक सहायक (प्याथोलोजी) / तह ५

संख्या: १ (एक)

आवश्यक न्युनतम शैक्षिक योग्यता: त्रि.वि. वा यसबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट Medical Lab Technology (MLT) बिषयमा प्रमाणपत्र तह बा सो सरह उर्त्तिण ।

आवेदन दस्तुर: रु. १,५१०।

क्र.स.: ३

पद/तह: स्टाफ नर्स / तह ५

संख्या: ३३ (तेत्तिस) (सेन्टरको लागि १३ तथा त्रि.वि.शिक्षण अस्पतालको लागि २०)

आवश्यक न्युनतम शैक्षिक योग्यता: त्रि.वि. वा यसबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट Nursing बिषयमा प्रमाणपत्र तह बा सो सरह उर्त्तिण ।

आवेदन दस्तुर: रु. १,५००।

क्र.स.: ४

पद/तह: लेखा सहायक /तह ७ख

संख्या: २ (दुइ)

आवश्यक न्युनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट SLC / SEE वा सो सरह उर्त्तिण गरी कम्प्युटर सम्बन्धि तालिम प्राप्त

आवेदन दस्तुर: रु. १,५१०।

उमेर हद: आवेदन बुझाउने अन्तिम मिति सम्म १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।

आवेदन बुझाउने मिति: २०७६/०२/०६ गते देखि २०७६/०२/२२ गते भित्र ।

सम्पर्क मिति : २०७६/०२/२३ गते दिनको ०३:०० बजे ।

लिखित परिक्षा: २०७६/०२/२५ गते शनिबार बिहान ११:०० बजे ।

उपरोक्त अनुसारका सबै पदको आवेदन चिकित्सा शास्त्र अध्ययन संस्थानको वेवसाइट www.iom.edu.np मार्फत त्यहाँ उपलब्ध जानकारी अनुसार मात्र भर्नुपर्ने छ । Online मार्फत भरिने फर्मको दस्तुर यस सेन्टरको हिमालयन बैंक स्थित खाता न. 00202535880028 मा मिति २०७६/०२/२१ गते बैंक समय भित्र मात्र बुझाउन सकिने छ । सो अवधिभित्र बैंक भौचर तयार भएका व्यक्तिहरुले मिति २०७६/०२/२२ गते सम्म (Online मार्फत आवेदन गर्न सक्ने छन्‌ ।

उल्लेखित सवै पदको अन्तरवार्ता कार्यक्रम मिति २०७६/०२/२७ देखि ३० गते सम्म सञ्चालन गरिनेछ । परिक्षा केन्द्र सम्बन्धी जानकारी सम्पर्क मितिको दिन यस सेन्टरको सूचना पाटी तथा यस सेन्टरको वेवसाइट www.mcvtc.org.np मा प्रकाशित गरिने छ।

प्रथम पटक सूचना प्रकाशित मिति: २०७६/०२/०८

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Manmohan Cardiothoracic Vascular and Transplant Center

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.