TLC Banner

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्मचारी आवश्यकता सम्बन्धी सूचना

NADEP Laghubitta Bittiya Sanstha Limited
NADEP Laghubitta Bittiya Sanstha Limited

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंक बाट “घ" वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो । यस वित्तीय संस्थाले हिमाली, पहाडी र तराईका ४६ वटा जिल्लाहरुमा ७८ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । यस बित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आन्तरिक लेखापरीक्षण विभाग रही कार्य गर्ने गरी तपसिल बमोजिमको जनशक्ति आवश्यक भएको हुँदा योग्यता पुगेका ईच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

विज्ञापन नं.: ०५/२०७५ /०७६

तहः कार्यकारीणी

पद: प्रमुख व्यवस्थापक

संख्या: १ (एक)

आवश्यक शैक्षिक योग्यता: चार्टड एकाउन्टेन्ट (CA), ए.सि.सि.ए.(ACCA) वा सि.पि.ए. (CPA) तह उत्तीण गरेको ।

अनुभव: लघुवित्त वा अन्य बैंक तथा वित्तीय संस्थामा वित्तीय व्यवस्थापन सम्बन्धी अनुभव वा ज्ञान भएको ।

परीक्षाको किसिम: छनौट सूची र प्रस्तुतीकरण सहित अन्तर्वार्ता ।

उमेर: २१ बर्ष पूरा भै ४० बर्ष ननाघेको तर महिला उम्मेदवारको हकमा उमेरको माथिल्लो हदमा पाँच बर्ष थप हुनेछ ।

नियुक्तिको किसिम: स्थायी (कम्तीमा एक बर्षको परिक्षणकाल रहनेछ)

शर्त तथा सुविधा: संस्थाको नियमानुसार ।

काम गर्नु पर्ने स्थान: केन्द्रीय कार्यालय गजुरी-१, धादिङ्ग ।

दरखास्त दिने समय सिमा र ठेगाना: व्यक्तगत विवरण (बायो डाटा), शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभव आदिको प्रतिलिपी संलग्न गरि संस्थाको ईमेल ठेगाना nadepvacancy2018@gmail.com मा प्रथम पटक सूचना प्रकाशित मितिले १५ दिन भित्र आवेदन दिन सकिने छ। छनौट सूचिमा परेका उम्मेदवरहरुलाई मात्र त्यस पछिको प्रकृयामा समावेश गराईनेछ । 

कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहने छ। 

नाडेप लघुवित्त तित्तीय संस्था लिमिटेड 

(NADEP Laghubitta Bittiya Sanstha Limited)

(नेपाल राष्ट्र बैँक बाट “घ” वर्णको ईजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था) 

केन्द्रीय कार्यालय, जजुरी-१, धादिङ्ग

फोन नं. ०१०-४०२१११, ४०२१२४, फ्याक्स: ०१0-४०२१११

Email: nadeplaghubitta@gmail.com

प्रकाशित मितिः २०७६/०२/०२ 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.