TLC Banner

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड को लागि कर्मचारी आवश्यकता सम्बन्घी सूचना

Nirdhan Utthan Laghubitta Bittiya Sanstha Vacancy
Nirdhan Utthan Laghubitta Bittiya Sanstha Vacancy

कर्मचारी आवश्यकता सम्बन्घी सूचना (Nirdhan Utthan Laghubitta Bittiya Sanstha Vacancy Notice):

निर्धन उत्थान लघुवित्त बित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ" वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थामा रिक्त निम्नलिखित पद खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले मुस्ताङ्ग, म्याग्दी, बाग्लुङ पर्वत, कास्की, तनहु, लमजुङ र मनाङ जिल्लाहरूबाट नागरिकता प्रमाणपत्र प्राप्त गरेका, सोही जिल्लाको शैक्षिक संस्थाहरूबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरेका ईच्छुक योग्य उम्मेदवारहरूबाट मिति २०७६/०२/२२ गते कार्यालय समय भित्र यस संस्थाको क्षेत्रीय कार्यालय, पोखरा, कास्कीमा आइपुग्ने गरी वित्तीय संस्थाले तोकेको ढाँचामा रितपूर्वक दरखास्त आव्हान गरिएको छ ।

खुल्ला: 

(१) पद: कनिष्ठ सहायक

आवश्यक पद संख्या: १५ जना

श्रेणी: सहायक श्रेणी (कनिष्ठ सहायक)

उमेरः १८ वर्ष पुराभई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।

न्युनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरेको ।

परीक्षाको किसिम: लिखित, फिल्ड अवधारणा र अर्न्तवार्ता,

काम गर्नुपर्ने स्थान: नेपाल अधिराज्यभर

सेता शर्त: ६ महिनाको तालिम अवधि र ६ महिना परिक्षणकाल पश्चात स्थायी हुने ।

तलब सुविधा: संस्थाको नियमानुसार (पूर्व सेवाकालीन तालिम अवधिमा तोकिएको तालिम भत्ता मात्र पाउने, अन्य कुनै सुविधा पाउने छैन ।)

उल्लेखित पदको लागि: दरखास्त फाराम यस संस्थाको क्षेत्रीय कार्यालय, पोखरा, कास्की (फोन नं. ०६१-५४१३६४/५४१३८०) साथै संस्थाको Website: www.nirdhan.com.np/career बाट समेत Download गरी भर्न सकिनेछ ।

दरखास्त दिने तरिका: विज्ञापन नम्बर उल्लेख गरी तोकिएको ढाँचामा फाराम भर्नुपर्नेछ । फाराम साथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि, हालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो, साथै सेवा गर्न चाहनुको बारेमा १ पेजको हस्तलिखित आलेख सहित निवेदन पेश गर्नु पर्नेछ ।

छोटो सूची तयार गरिने: प्राप्त दरखास्तहरू छानविन गरी छोटो सूची मिति २०७६/०२/३२ गते भित्र प्रकाशित गरिनेछ । सो सूची (shortlisted) मा समावेस भएका उम्मेदवारहरूले परीक्षा दस्तुर रू.१००।- बुझाई प्रवेश पत्र लिनु पर्नेछ । छोटो सूची प्रकाशन गरेको दिन परीक्षाको मिति, समय, स्थान र पाठ्यक्रम संस्थाको क्षेत्रीय कार्यालय, पोखरा, कास्कीको सूचना पाटीमा र संस्थाको वेबसाईटमा समेत राखिनेछ । यो सूचना संस्थाको www.nirdhan.com.np/career मा पनि राखिएको छ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।

पदपूर्ति समिति

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

केन्द्रीय कार्यालय, नक्साल, काठमाण्डौं

फोन नं. ४४१३७११, ४४१३८४०, ४४१३७९४

(प्रथम पटक प्रकाशित मितिः २०७६/०१/३० गते सोमवार)

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.