TLC Banner

प्राइम कमर्सियल बैक लिमिटेड का लागि सुरक्षाकर्मी आवश्यकता सम्बन्धी सूचना

Prime Commercial Bank Security Guard Vacancy
Prime Commercial Bank Security Guard Vacancy

प्राइम कमर्सियल बैक लिमिटेड (Prime Commercial Bank Limited) को शाखा कार्यालयहरूमा आलोपालो मिलाई २४सै घन्टा सुरक्षा प्रदान गर्नका लागि सुरक्षाकर्मीहरूको आवश्यकता भएको हुँदा इच्छुक दर्त्तावाल सुरक्षा सेवा प्रदायक कम्पनीहरूलाई मिति २०७६ साल बैशाख २४ गते मङ्गलवार अपरान्ह ४:०० बजे भित्र पेश गर्ने गरि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । यस बैकको खाता नँ. Other Misc Income 9958310000 मा प्रति बोलपत्र रू३,०००।-(पछि फिर्ता नहुने), जम्मा गरेर खरिद गर्न सकिने छ ।

आवेदनका साथ पेश गर्नु पर्ने विवरणहरुः

  • कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • गृहमन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालयको अद्यावधिक सहमती-पत्रको प्रतिलिपि ।
  • अद्यावधिक कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • सुरक्षाकर्मीको पारिश्रमिक विवरण ।
  • सुरक्षा सेवा प्रदायकबाट सेवा प्राप्त गरेका ग्राहकहरूको विवरण ।

सुरक्षाकर्मीहरुको लागि तोकिएको योग्यताः

१. सैनिक वा प्रहरी सेवाबाट अवकाश पाएका र कुनै वात कसुर नलागेका नेपाली नागरिक हुनुपर्ने ।

२ सेना वा प्रहरीमा घटीमा ७ वर्ष सेवा गरेको ।

३. सेवाबाट अवकाश भएको ५ वर्ष तथा ५० वर्ष उमेर ननाघेको ।

बोलपत्र खोल्ने मितिः २०७६ साल बैशाख २५ गते बुधवार ।

स्थान र समय : प्रात: ११:०० बजे, बैकको पाँचौ तला स्थित ट्रेनिङ्ग हलमा । 

यस सम्बन्धमा केही कुरा बुझ्न परेमा तलको ठेगानामा सम्पर्क राख्नहुन अनुरोध छ ।

 

प्राइम कमर्सियल बैक लिमिटेड

केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डौं

सामान्य प्रशासन विभाग

फोन नंः 4423332

प्रथम पटक प्रकाशित मितिः २०७६।०१।१३

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.
Related institute

Prime Commercial Bank Limited

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.