TLC Banner

जि.पि.कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर द्धारा पदपूर्ति सम्बन्धी सूचना

Girija Prasad Koirala College of Agriculture and Research Centre
Girija Prasad Koirala College of Agriculture and Research Centre

पूर्वाञ्चल विश्वविद्यालय जि.पि.कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर द्धारा पदपूर्ति सम्बन्धी सूचना:

आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०७६/०१/१३ गते ।

यस पू.वि. गिरिजा प्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) गोठगाउँ, मोरंगको कलेजका लागि सहायक प्राध्यापक पदमा अस्थायी सेवामा तपसिलको संख्यामा बढिमा ६(छ) महिनाका लागि नियुक्ति गर्नु पर्ने भएकाले ईच्छुक योग्य नेपाली नागरिकले आफुले हालसम्म प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकता तथा अनुभव लगायतका सम्पूर्ण प्रमाणपत्रहरु नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपीहरु साथै हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो र तोकिए बमोजिम दस्तुर सहित यो सुचना प्रकाशित भएको मितिले १५(पन्ध) दिन(अन्तिम दिन बिदा परेमा सो को भोली पल्ट) रीतपूर्वकको दरखास्त पेश गर्न हुन यो सुचना प्रकाशित गरिएको छ।

पद: सहायक-प्राध्यापक

  • संख्या: १(एक)
  • विषय: कृषि अर्थशास्त्र (Agriculture Economics)

पद: सहायक-प्राध्यापक

  • संख्या: १(एक)
  • विषय: माटो विज्ञान (Soil Science)

पद: सहायक-प्राध्यापक

  • संख्या: १(एक)
  • विषय: बाली विज्ञान (Agronomy)

पद: सहायक-प्राध्यापक

  • संख्या: १(एक)
  • विषय: बाली संरक्षण/किट बिज्ञान (Plant Pathology / Entomology)

न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्तातकोत्तर गरेको ।

नोट: अनुभवीलाई तिशेष ग्राहता प्रदान गरिने छ ।

१. दरखास्त फारम उपलब्ध हुने स्थान : पू.वि. गिरिजा प्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) गोठगाउँ, मोरंग ।

२. परीक्षाको किसिम : बस्तुगत र अन्तर्वार्ता

३. आवेदन शुल्क : १५००।-

४. पू.वि. गिरिजा प्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) को नाममा रहेको नविल बैक इटहरीको खाता नंम्बर ०९०१०१७५०१४५७ मा जम्मा गरेको सक्कलै भौचर वा यस कलेजको लेखा शाखामा नगद जम्मा गरेको रसिद दरखास्त फारमका साथ सलग्न गर्नु पर्नेछ ।

५. सरकारी वा गैरसरकारी कार्यालय, शिक्षण संस्थामा कार्य गरी रहनु भएका उम्मेद्‌वारहरुले सम्बन्धित कार्यालयको विभागीय स्वीकृति अनिवार्य रुपमा पेश गर्नु पर्ने छ।

६. विदेशी विश्वविद्यालयबाट उर्तिण गरेको हकमा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट समकक्षताको प्रमाणित प्रतिलिपि अनिवार्य पेश गर्नु पर्नेछ ।

७. सम्पर्क मिति : दरखास्त दिने अन्तिम दिनको भोली पल्ट र सो दिन विदा पर्न गएमा कार्यालय खुलेको दिन हुनेछ ।

८. आवश्यक कागजात पुरा नभएको वा अपूर्ण विवरण प्राप्त भएमा सो निवेदन माथि कतै कारवाही हुने छैन ।

९. थप जानकारीका लागि कार्यालय समय भित्र पू.वि. गिरिजा प्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) को प्रशासन शाखामा सर्म्पक गर्नहुन समेत जानकारी गराईन्छ ।

(सर्म्पक नम्बर ०२१,४२५०११/९०५२०२३४००) गोठगाउँ, मोरङ्ग, नेपाल ।

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.