
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शहीद घर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुघपाटी, भक्तपुर
लिखित परिक्षा सम्बन्धि सूचना (सूचना प्रकाशित मिति : २०७६। 0१।१३)
लोक सेवा आयोगबाट मिति २०७५।०६।२१ मा प्राप्त सहमति अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (साविक मानब अंग प्रत्यारोपण केन्द्र) मा रहेका देहायका पदहरु खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले मानव अङ्ग प्रत्यारोपण विकास समिति कर्मचारी प्रशासन नियमावली २०६८ (संशोधन सहित) अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
दरखास्त फारम www.hotc.org.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ। हालसालै खिचिएको पासपोर्ट साईजको फोटो टाँस गरी दरखास्त साथ आफुले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रहरुको प्रा्तालिप काउन्सिल दर्ता आवश्यक पर्ने पदहरुमा अनिवार्य रुपमा सम्बन्धित काउन्सिलमा दर्ता प्रमाणपत्रको एक एक प्रती प्रमाणित प्रतिलिपि समेत संलग्न गरी केन्द्रको कार्यालय दुधपाटी, भक्तपुरमा बुझाउनु पर्नेछ । सरकारी, गैरसरकारी वा अन्य कुनै पनि संगठित संस्थामा कार्यरत उमेदवारले दरखास्त साथ सम्बन्धित संस्थाको स्वीकृति पत्र समेत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । परिक्षा दस्तुर रकम नेपाल बैङ्क लिमिटेड, कमलविनायक, भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको चल्ती खाता नं. ०१९००१०००४००५९००००१ मा जम्मा गरको भौचर दरखास्त साथ संलग गर्नुपर्नेछ ।
द्रष्टव्य :
परिक्षाको किसिम :- लिखित र अन्तर्वार्ता
दरखास्त बुझाउने स्थान :- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, दुधपाटी भक्तपुर ।
संलग्न गर्नुपर्ने कागजातहरु : उम्मेदवारले शैक्षिक योगयता, काउन्सिल दर्ताको प्रमाणपत्र, नागरिकताको प्रमाण पत्रका साथै समाबेशी समुहका विज्ञापनको हकमा समावेशी समूह खुल्ने कागजातको प्रतिलिपी । दरखास्त दिने उम्मेदवारले नेपाल बाहेक अन्य देशबाट शैक्षिक योग्यता हासिल गरेको भएमा सोको साथमा समकक्षता निर्धारण गरेको प्रमाणपत्रको प्रतिलिपी समेत अनिवार्य पेश गर्नुपर्नेछ । अनुभव आवश्यक पर्ने पदहरुका लागि दरखास्त फाराममा अनुभव सम्बन्धी विवरण उल्लेख गरी आफुले काम गरेको कार्यालय/ संस्थाको प्रमुखबाट प्रमाणित गराई पेश गर्नुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति :- २०७६।०२।०३ गते र दोब्वर दस्तुर तिरी २०७६।०२।१० सम्म । तोकिएको अन्तिम मितिमा सार्वजनिक विदा परेमा सोको भोलिपल्ट बुझउन सकिने छ।
उमेदवारको उमेरको हद :- दरखास्त दिने अन्तिम मिति सम्म सहायक पदको लागि १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको र अधिकृत स्तरको लागि २१ वर्ष
पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ। चिकित्सकको हकमा ४५ बर्ष र चिकित्सक भन्दा वाहेक अन्य पदको हकमा महिलाको उमेर ४० बर्ष ननाघेको हुनु
पर्नेछ । दरखास्त दिने अन्तिम मिति पश्चात प्राप्त शैक्षिक योग्यता, काउन्सिल दर्ता, अनुभव र उमेर मान्य हुने छैन ।
सेवा सुविधा :- मानब अंग प्रत्यारोपण केन्द्र विकास समितिको कर्मचारी प्रशासन नियमावली अनुसार हुनेछ ।
लिखित परीक्षाको मिति र परीक्षा केन्द्र :- लोक सेवा आयोगबाट कायम भए पश्चात् प्रकाशित गरिनेछ ।
सम्पर्क मिति: दरखास्त दिने अन्तिम मितिको ७ दिन पछाडी केन्द्रको www.hotc.org.np मा प्रसारण गरिनेछ ।
परिक्षा दस्तुरः तह -९ को लागि- रु.१२००।- प्रति समावेशी समूह रु. ४००।-
तह ६ देखि ८ सम्मको- रु.१०००।- प्रति समावेशी समूह रु. ४००।-
तह ५ को लागि- रु.४००।- प्रति समावेशी समूह रु. २००।-
तह ४ को लागि- रु.३००।- प्रति समावेशी समूह रु. २००।-
समाबेसी तर्फको प्रत्येक समुहका लागि थप दस्तुर:-
छैँठौं तह र सो भन्दा माथिका पदका लागि रु ४०० (चार सय) र सहायक स्तर पदहरुको लागि रु २००।- (दुई सय) थप दस्तुर लाग्ने छ।
समाबेसी समूहका विज्ञापनमा दरखास्त दिने उम्मेदवारका लागि विशेष निर्देशन समाबेशी:
समूहतर्फका पदहरुमा दरखास्त दिने चाहने उम्मेदवारहरुले दरखास्त दिने समयमा देहाय अनुसारका कागजातहरु संलग्न गरी दरखास्त दिनुपर्नेछ ।
(क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/ जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित निकायबाट प्रमाणित भएको कागजात पेश गर्नु पर्ने छ।
(ख) मधेसीको हकमा नेपाल राजपत्रमा सूचना प्रकासन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संख्था नतोकेसम्म सम्बन्धित निकायबाट प्रमाणित भएको कागजात पेश गर्नु पर्ने छ।
(ग) दालितको हकमा नेपाल सरकार राष्ट्रिय दालित आयोगबाट सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा , तर राष्ट्रिय दालित आयोगबाट सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित निकायबाट प्रमाणितात भएको कागजात पेश गर्नु पर्ने छ।
(घ) लिखित परीक्षाको नतिजावाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरुको सक्कल सहित आफैले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्दछ ।