TLC Banner

स्पर्स लघुवित्त वित्तीय संस्था का लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Sparsha Laghubitta Bittiya Sanstha
Sparsha Laghubitta Bittiya Sanstha

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड, जनता बैंक नेपाल लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड र विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुबाट प्रवर्द्धन गरिएको नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । कास्की, लमजुङ्ग, गोरखा, तनहुँ, म्याग्दी, बाग्लुङ्ग, पर्वत, गुल्मी, अर्घाखाँची, नवलपुर र परासी गरी ११ वटा जिल्लामा हाल सञ्चालनमा रहेका २० वटा शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयको लागि देहाय बमोजिमको दक्ष जनशक्ति आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

पद: विभागीय प्रमुख (वित्त, आ.ले.प. तथा अन्य विभागहरु

श्रेणी: व्यवस्थापकीय / अधिकृत

आवश्यक संख्या: केही

आवश्यक न्युनतम योग्यता: वित्त तथा आ.ले.प. विभागको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट Semi Qualified CA वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी लघुवित्त वा बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव हासिल गरेको| अन्य विभागको लागि कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण विभागहरु) गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्ष विभागीय वा अनुगमनको जिम्मवारी लिई कार्य गरेको ।

पद: सूचना प्रविधि अधिकृत

श्रेणी: अधिकृत  / सहायक

आवश्यक संख्या: १ जना

आवश्यक न्युनतम योग्यता: सूचना प्रविधी विषयमा स्नातक तह उतीर्ण गरी बैंक तथा वित्तीय संस्थामा सूचना प्रविधि विभागमा कम्तीमा २ वर्षको अधिकृत है कार्य अनुभव भएको ।

पद: अनुगमन अधिकृत

श्रेणी: अधिकृत  

आवश्यक संख्या: केही

आवश्यक न्युनतम योग्यता: स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लुघवित्त वित्तीयसंस्थामा अनुगमन अधिकृत भई १ वर्ष वा शाखा प्रवन्धक भई कम्तीमा ३ वर्षको कार्य गरेको ।

पद: शाखा प्रबन्धक

श्रेणी: अधिकृत  / सहायक

आवश्यक संख्या: केही

आवश्यक न्युनतम योग्यता: अधिकृत स्तरको लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा २ वर्षको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ५ वर्षको कार्य अनुभव हासील गरेको तथा सहायक स्तरको लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ३ वर्षको कार्य अनुभव हासील गरेको ।

पद: कनिष्ठ सहायक / सहायक

श्रेणी: सहायक

आवश्यक संख्या: केही

आवश्यक न्युनतम योग्यता: कनिष्ठ सहायक प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा १ वर्षको कार्य अनुभव भएको ।

पद: सहायक प्रशिक्षार्थी

श्रेणी: सहायक

आवश्यक संख्या: केही

आवश्यक न्युनतम योग्यता: कुनै पनि विषय लिई कम्तीमा SLC वा SEE परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने ।

उमेर: अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिलाको हकमा माथिल्लो उमेरको हदबन्दीमा ५ वर्ष थप हुनेछ ।

अन्य थप योग्यता: उपरोक्त सबै पदका लागि कम्प्युटरमा राम्रो दख्खल भएको र पहाडी दुर्गम क्षेत्रमा काम गर्न रुचाउने तथा सम्बन्धित पदमा रही काम गरेकालाई विशेष प्राथमकता दिईनेछ ।

छनौट सूची (सर्टीलिष्ट) मा परेका उम्मेद्वारहरुलाई मात्र थप प्रक्रियामा समावेश गरिनेछ । तलव तथा भत्ता वित्तीय संस्थाको नियमानुसार हुनेछ । इच्छुक उम्मेद्वारहरुले निवेदनका साथ हाल सालै खिचेको पासपोर्ट साईजको फोटो सहितको बायोडाटा मिति २०७६/०२/२६ गते भित्र केन्द्रीय तथा शाखा कार्यालयहरुमा वा hr@sparshamicrofinance.com मा पठाउनुहुन सूचित गरिन्छ ।

(नोट : कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ)

 

पदपूर्ति समिति

स्पर्स लघुवित्त वित्तीय संस्था लि. (Sparsha Laghubitta Bittiya Sanstha Limited)

(केन्द्रीय कार्यालय)

विजयपुर, पोखरा, कास्की

(प्रकाशित मिति : २०७६/०२/१२) 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.