The London College Top Banner Ad

BE / B.Arch प्रवेश परीक्षा सम्बन्धी सूचना - त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थान

BE B.Arch. Entrance Exam Notice - IOE

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्ड
शैक्षिक बर्ष २०७६/०७७ को स्नातक (बी.ई./बी.आर्क तहको विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा सम्बन्धी सूचना

त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०७६/२०७७ का लागि स्नातक (बी.ई. /बी.आर्क.) तहका विभिन्न कार्यकमहरुमा विद्यार्थीहरु भर्नाका लागि कम्प्यूटर परीक्षा प्रणालीको विधि मार्फत संचालन गरिने प्रवेश-परीक्षा मिति २०७६ श्रावण २० गते देखि इन्जिनियरिङ्ग अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र (ICTC), पुल्चोकमा तोकिएको समय र शिफ्ट अनुसार संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत संचालित आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरु निम्नानुसार रहेका छन्‌ ।

आङ्गिक क्याम्पसहरु

  • पुल्चोक क्याम्पस, पुल्चोक, ललितपुर
  • थापाथली क्याम्पस,थापाथली,काठमाण्डौ
  • पूर्वाञ्चल क्याम्पस, धरान
  • पश्चिमाञ्चल क्याम्पस, पोखरा
  • चितवन इन्जिनियरिड क्याम्पस, रामपुर, चितवन (प्रस्तावित)

सम्बन्धन प्राप्त कलेजहरु:

  • कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुर
  • काठमाण्डौ इन्जिनियरिङ कलेज, काठमाण्डौ
  • हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुर
  • एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुर
  • नेशनल कलेज अफ इन्जिनियरिङ, ललितपुर
  • काठफोडं इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुर
  • जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुर
  • ख्वप: कलेज अफ इन्जिनियरिङ, भक्तपुर
  • सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर
  • ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर

संचालित कार्यत्रमहरु:

१) सिभिल इन्जिनियरिङ

२) इलेक्ट्रिकल इन्जिनियरिङ

३) इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ

४) मेकानिकल इन्जिनियरिङ

५) कम्प्युटर इन्जिनियरिङ

६) एग्रिकल्चर इन्जिनियरिङ

७) इरण्डष्ट्रियल इन्जिनियरिङ

८) जियोमेटिक्स इन्जिनियरिङ

९) आर्किटेक्चर

१०) अटोमोवाईल इन्जिनियरिङ

११) एरोस्पेस इन्जिनियरिङ

१२) केमिकल इन्जिनियरिङ (प्रस्तावित) 

१. आवेदनका लागि न्यूनतम योग्यता
१.१ त्रि.वि. बा त्यसबाट मान्यता प्राप्त शिक्षण-संस्थाबाट भौतिक शास्त्र, रसायन शास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह वा  A Level वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्को कम्तिमा ४५% तथा Letter Grading भएमा (NEB को हकमा) सबै विषयको Final Grade मा न्यूनतम C Grade प्राप्त गरी उतीर्ण गरेका वा अन्तिम परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुले समेत आवेदन दिई प्रवेश-परीक्षामा सहभागी हुन पाउनेछन्‌ ।
१.२ विदेशी नागरिकहरुले पूर्णशुल्कीय कार्यक्रममा मात्र आवेदन दिन पाउनेछन्‌ ।

२. आवेढ्न फारम मर्ने विधि तथा आवश्यक कागजातहरु

२.१ इन्जिनियरिङ अध्ययन संस्थानको www.entrance.ioe.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फारम आवेदक स्वयमले भरी Online बाट नै सोही Website मार्फत Submit गर्नु पर्नेछ ।

२.२ Website मा Online Form मिति २०७६/०४/०१ गते बिहान १०:०० बजेदेखि मिति २०७६/०४/१५ गते साँझ ६:०० बजेसम्म मात्र उपलब्ध हुनेछ । तसर्थ उक्त अवधि भित्र कुनैपनि समयमा परीक्षा फाराम भरी सक्न सूचित गरिन्छ । तोकिएको समय पश्चात Online फर्म स्वतःबन्द हुनेछ ।

२.३ आबेदन फारम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएका दिनहरुमा कुनै पनि समयमा भर्न सकिनेछ ।

२.४ प्रवेश परीक्षा शुल्क वापतको रकम रु. २,०००।-(अक्षरेपी रुपैया दुई हजार मात्र) नेपाल भित्रको सिध्दार्थ वैंक लि.को कुनै पनि शाखाबाट इ.अ.सं. प्रवेश परीक्षाको लागि सो बैंकबाट तयार गरिएको विशेष भौचर भरी खाता नं. ००९१५०५६०६४ मा जम्मा हुनेगरी बुझाएको हुनु पर्नेछ । बैंक भौचर काटिसकेपछि परीक्षा शुल्क बापत बुझाएको रकम फिर्ता हुने छैन । आवेदन शुल्क जम्मा गर्न बैंक भौचरको अतिरिक्त सिद्धार्थ बैंकले प्रदान गरेको Siddhartha BankSmart सेवा निशुल्क प्रयोग गर्न सकिनेछ । eSewa मार्फत पनि शुल्क जम्मा गर्न सकिनेछ । eSewa प्रयोग गरेवापत उक्त सेवाको नियमानुसार अतिरिक्त शुल्क लाग्नेछ । BankSmart or eSewa प्रयोग गरी भुक्तानी गर्ने प्रकृयाको लागि विस्तृत विवरण www.entrance.ioe.edu.np मा हेर्न सकिनेछ । Online Form भर्दा वैंक भौचरको नम्वर वा Transaction ID Number अनिवार्य रुपमा भर्नुपर्नेछ ।

प्रवेश परीक्षा शुल्क: मिति २०७६/०४/१५ गते अपराहन ४:00 बजेसम्म मात्र उपलव्ध हुनेछ ।

२.५ आवेदकले फर्म भर्दा दिइएको निर्देशनलाइ अनिवार्य रुपमा पालना गर्दै निम्नानुसारका जानकारीहरु भर्नु पर्नेछ ।

आवेदकको परिचय:

  • आफनो, बुबाको, आमाको नाम
  • जन्म मिति
  • स्थायी ठेगाना
  • SLC / SEE र  I.Sc. / 10+2 / A Level / Engineering Diploma वा सो सरहको नतिजा बारेको बिवरण
  • हालसालै खिचिएको 350 x300 Pixel को पूर्ण निधार देखिने Plain Background भएको Color Digital Photo हुनुपर्नेछ, अन्य Size को Photo स्वीकार्य हुनेछैन ।
  • हरेक शिफ्टमा परीक्षार्थीको संख्या सीमित हुने भएकोहुंदा निवेदकले सकेसम्म चांडो फाराम भरी आफूलाई अनुकूल हुने परीक्षाको मिति तथा शिफ्ट निश्चित गर्नु पर्नेछ ।

२.६ Online Form भर्दा आफूलाई परिचय गराउने फोटो र हस्ताक्षर सहितको प्रमाण पत्र (जस्तै वागरिकताको प्रमाण-पत्र सवारी चालक अनुमति प्र पासपोर्ट SLC / SEE र  I.Sc. / 10+2 / A Level / Engineering Diploma, को अन्तिम वर्षको परीक्षाको प्रवेश पत्र) को नम्बर उल्लेख गरी त्यसको Digital छाँया प्रति पनि Upload गर्नु पर्नेछ ।

२.७ Online बाट परीक्षा फर्म भरी Submit गरिसकेपछि तत्कालै प्राप्त हुने Acknowledgement Page Print गर्नु पर्नेछ ।

२.८ मिति २०७६/०४ /१७ गते पछि Online मा परीक्षार्थीको परीक्षा मिति अनुसार चरणवद्ध रुपमा प्रवेश पत्र उपलब्ध गराइनेछ ।
उक्त प्रवेश-पत्र Download गरी Color Print गर्नुपर्नेछ । परीक्षामा सामेल हुन प्रवेश-पत्र अनिवार्य हुनेछ ।

२.९ प्रवेश परीक्षा दिन आउँदा प्रवेश-पत्रको साथै बुँदा नं. २.६ अनुसारको आफनो परिचय खुलाउने फोटो सहितको प्रवेश पत्रमा उल्लेख भएको ID को सक्कल प्रमाणपत्र पनि ल्याउनु पर्नेछ ।

२.१० Online Form भरी Submit गरिसकेका आवेदकहरुले आफूले तोकेको मिति तथा शिफ्टमा आफनो नाम भए, नभएको निश्चित गरी अन्यथा भएमा प्रवेश परीक्षा वोर्डमा मिति २०७६/०४/१६ गते ३.०० बजे सम्म सम्पर्क गरीसक्नु पर्नेछ ।

३. प्रवेश परीक्षा सम्बन्धी जानकारी:
३.१ कम्प्यूटर परीक्षा प्रणालीको विधिबाट संचालन हुने प्रवेश परीक्षाका प्रश्नहरु बस्तुगत (Objective) हुनेछन्‌ । प्रश्न संख्या १०० हुनेछ ।
३.२ SLC / SEE र  I.Sc. / 10+2 / Engineering Diploma वा सो सरहको पाठ्यक्रमको आधारमा इ.अ.सं प्रवेश परीक्षा बोर्डले प्रकाशित गरेको पाठ्यक्रम अनुसार English, Mathematics, Physics, Chemistry and Engineering Aptitude विषयहरुमा दुई घण्टा अवधिको कम्प्यूटर परीक्षा प्रणालीको विधिबाट परीक्षा लिइनेछ ।

प्रवेश-परीक्षा तथा भर्ना सम्बन्धी अन्य थप जानकारी इ.अ.सं. को www.entrance.ioe.edu.np Or, www.ioe.edu.np मा पछि उपलव्ध गराईने प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्वन्धी बिस्तृत जानकारी-२०७६, बाट प्राप्त गर्न सकिनेछ ।

द्रष्टव्यः

त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थानद्वारा शैक्षिक बर्ष २०७६ मा संचालन हुने स्नातक तह बी.इ./बी.आर्क प्रबेश परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवुत्ति सम्बन्धी नियमावली अनुसार तोकिएको कानुनी मापदण्ड पुरा गरेमा सो मन्त्रालयद्वारा २०७६ /०७७ मा प्रदान गरिने इन्जिनियरिङ बिषयहरुका उच्च शिक्षाका छात्रवृत्तिहरुका लागि उम्मेदवार हुन योग्य हुनेछन्‌ ।

Comments