प्रविधिमैत्री शिक्षक समाज, नेपाल, केन्द्रीय तदर्थ समिति
बिषय : शिक्षकहरुमा उपस्थितिको लागि अनुरोध ।
श्री सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरु, गण्डकी प्रदेश
उपर्युक्त सम्बन्धमा नेपालका विद्यालयहरुमा कार्यरत सम्पूर्ण शिक्षकहरुको प्रविधिमैत्री सञ्जाल तयार गरी सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत् शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नेतृत्वदायी एवम् समन्वयकारी भूमिका खेल्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले निम्न मिति, समय र स्थानमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रविधिमैत्री सामग्री प्रदर्शनी कार्यक्रममा गण्डकी प्रदेश अन्तरगत सामुदायिक / संस्थागत विद्यालयहरुबाट आधुनिक सूचना तथा सञ्चार प्रविधिमा रुचि राख्ने शिक्षकहरु उर्पास्थत भई कार्यकमको गरीमा बढाईदिनु हुन हार्दिक अनुरोध छ ।
भेला हुने मिति समय र स्थान:
- मिति: २०७६ जेठ ४ गते शनिबार
- समय: विहान ठीक ११ बजे
- स्थान: जनप्रिय मावि, सिमलचौर, पोखरा
देवीप्रसाद शर्मा (सचिव)
भूपति बश्याल (अध्यक्ष)
Comments 0
No comments yet. Be the first to start the conversation.