TLC Banner

नेपाल वायुसेवा निगमको आवेदन फाराम भर्ने म्यादसम्बन्धी सूचना

Date Extension of Job Application of Nepal Airlines Corporation
Date Extension of Job Application of Nepal Airlines Corporation

नेपाल वायुसेवा निगम, काठमाडौं 

सम्मानित सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशअनुसार रिट नं. 0७४-/WO-०८८१ को निवेदक कर्मचारीहरूलाई फाराम भर्ने म्यादसम्बन्धी सूचना:

रिट निवेदक उत्तम कोइरालासमेत विपक्षी लोकसेवा आयोगसमेत भएको ०७५-४/0०-०८८१ को रिट निवेदनको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएको मिति २०७६।०१।२९ को अन्तरिम आदेशमा निगमद्वारा विज्ञापन नं. ०१।०७५।०७६ देखि विज्ञापन नं. २३।०७५।०७६ सम्मको पदपूर्तिसम्बन्धी सूचनाबमोजिम सञ्चालन हुने परीक्षामा निवेदकहरूलाई समेत सहभागी गराउन ।

निजहरूलाई सहभागी नगराई परीक्षा सञ्चालन नगर्नु नगराउनु भन्ने आदेश भएअनुसार निगमको पदपूर्ति समितिको मिति २०७६।०२।०१ मा बसेको वैठकको निर्णयअनुसार उक्त रिट निवेदनका निगममा स्थायी सेवामा कार्यारत रहेका उत्तम कोइरालासमेत ९ जना निवेदक कर्मचारीलाई निगमद्वारा मिति २०७५।११।१० मा पूर्वप्रकाशित खुला विज्ञापनको विज्ञापन नं. ०१।०७५।७६ देखि २३।०७५।०७६ मा दरखास्त आह्वान गरिन्छ ।

निवेदकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र निगमको केन्द्रीय कार्यालय, न्युरोडमा कार्यालय खुलेको दिनमा दिनको ११:०० बजेदेखि ३:०० बजेभित्र रीतपूर्वकको दरखास्त फाराम भरी बुझाउनुहुन जानकारी गराइन्छ ।

दरखास्त फाराम निगमको Website: www.nepalairlines.com.np बाट Download गरी प्राप्त गर्ने सकिने छ। उमेरको हद र दरखास्त दिने म्याद यो सूचनाबमोजिम र विज्ञापनसम्बन्धी आवश्यक न्यूनतम योग्यता, परीक्षा दस्तुरलगायतका अन्य विस्तृत विवरण मिति २०७५।११।१० मा प्रकाशित गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार हुनेछ । रीत नपुगेका र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही नहुने व्यहोरासमेत सूचित गरिन्छ ।

(प्रकाशित मिति: २०१९/०५ /१५)

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.