TLC Banner

नेपाल मेडिकल काउन्सिलको परीक्षाको वार्षिक क्यालेण्डर सम्बन्घी सूचना

Nepal Medical Council Annual Exam Calender
Nepal Medical Council Annual Exam Calender

नेपाल मेडिकल काउन्सिलको परीक्षाको वार्षिक क्यालेण्डरसम्बन्घी सूचना:

नेपाल मेडिकल काउन्सिलले नियमित सञ्चालन गर्ने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) र विशेष परीक्षा (Special Examination) का २०७६ सालका वार्षिक क्यालेण्डर (Schedule) तपसिलवमोजिम तय गरेको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि प्रकाशित गरिएको छ।

विशेष परीक्षा (Special Examination) दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination)
२०७६ असार १४ (29 June, 2019)  २०७६ साउन ११ (27 July, 2019)
२०७६ कात्तिक २३ (9 November, 2019) २०७६ मंसिर २१ (7 December, 2019)
२०७६ फागुन १७ (29 February, 2020)  २०७६ चैत ०८ गते  (21 March, 2020)

२०७६ असार १४ गते हुने विशेष परीक्षा (Special Examination) को अनलाईन फाराम खुलेको जानकारी: 

नेपाल मेडिकल काउन्सिलको यस वर्ष २०७६ को पहिलो विशेष परीक्षा (Special Examination) २०७६ असार १४ (29 June, 2019) गते, शनिबार सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । 

उक्त परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले २०७६ वैशाख ३१ गतेदेखि जेठ २९ (14 May -12 June,2019) गतेभित्र exam.nmc.org.np मा Login गर्नुभई दिइएको निर्देशन (Instruction) बमोजिम Online Form Submission गर्नहन अनुरोध गरिन्छ ।

Online बाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षाको आवेदन फाराम बुझाउन पाइने छैन। २०७५ जेठ ३१ (13 -14 June, 2019) गते बिलम्ब शुल्क बुझाएर आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। 

परीक्षासम्बन्धी थप विस्तृत निर्देशन तथा जानकारीका लागि नेपाल मेडिकल काउन्सिलको वेबसाइट (www.nmc.org.np) मा तथा काउन्सिलको सूचना पाटीमा समेत समय-समयमा प्रकाशित भइरहने

सूचना हेर्न तथा अध्ययन गर्नुभई सोहीबमोजिम गर्नहुनसमेत अनुरोध गरिन्छ ।

नेपाल मेडिकल काउन्सिल (Nepal Medical Council - NMC)

परीक्षा समिति

बाँसबारी, काठमाडौँ

(२०७६ बैशाख २८)

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.
Related institute

Nepal Medical Council (NMC)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.