TLC Banner

शिक्षक सेवा आयोगको लिखित परिक्षामा सोधिने वस्तुगत नमुना प्रश्न उत्तर

TSC Model Question Answer
TSC Model Question Answer

शिक्षक सेवा आयोगको लिखित परिक्षामा सोधिने वस्तुगत नमुना प्रश्न उत्तर:

१. तलकामध्ये कुनचाही निम्नमाध्यमिक शिक्षाको उद्देश्य हो?

(क) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने

(ख) आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्यजीवनयापन गर्ने सहयोग गर्नु

(ग) राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मकप्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु

(घ) सामाजिक मूल्य र मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु ।

२. दरबार स्कूल कहाँ स्थापना गरिएको थियो?

(क) रानीपोखरी काठमाडौं (ख) त्रिपुरेश्वर काठमाडौं

(ग) जोरपाटी काठमाडौं (घ) थापाथली काठमाडौं

३. नेपालको अहिलेको विद्यालयको तहगत संरचना कुन चाहि हो?

(क) ३+४+३+२ (ख) ५+३+२+२

(ग) ३+५+२+२ (घ) २+३+५+२

४. रा.शि.प.यो. २०२८–३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेशछन?

(क) कक्षा ५–८ (ख) कक्षा ६–७

(ग) कक्षा ४–७ (घ) कक्षा ४–८

५. माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पुर्याउने लक्ष्य राखेको छ ?

(क) ४५% (ख) ५०%

(ग) ५५% (घ) ६०%

६. सबैको लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिवटा कार्यक्रम अंगहरु (Program Components) छन् ?

(क) ४ (ख) ५

(ग) ६ (घ) ७

७. दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्नमाध्यमिक तहको सहजै देखिने भर्नादर कतिप्रतिशत पुराउनेअनुमान गरेको छ?

(क) ६३ (ख) ६४

(ग) ६५ (घ) ६६

८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्नमाध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको छ?

(क) ४–७ कक्षा (ख) ७–८ कक्षा

(ग) ५–८ कक्षा (घ) ६–८ कक्षा

९. विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहापाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला?

(क) वस्तुगत परीक्षा (ख) अन्तर्वार्ता

(ग) रुजु सूची (घ) निबन्धात्मक प्रश्न सोध्ने परीक्षा

१०. किशोरावस्थाका बालबालिकामा निम्नमध्ये कुन विशेषता पाइन्न?

(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था

(ग) दोधारको अवस्था (घ) समूह निर्मणको अवस्था

११. नेपालको अन्तरिम संविधान, २०६३ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको छ?

(क) १३ (ख) २३

(ग) २१ (घ) १२

१२. तलको मध्ये कुनचाहि हक नेपालका यस अघिका संविधानहरुमा थिएन र नेपालको अन्तरिम संविधान २०६३ मा छ?

(क) सम्पत्तिको हक (ख) बालबालिकाको हक

(ग) धर्म सम्बन्धी हक (घ) देश निकााल विरुद्धको हक

१३. शिक्षा ऐन, २०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो । उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्येकति कति जिल्लामा क्रमशः लागू भएको थियो ?

(क) २+१३+१६+२०+२४ (ख) २+१३+१५+२०+२५

(ग) २+१३+१६+१९+२५ (घ) २+९+१६+२३+२५

१४. शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?

(क) कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय

(ख) कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय

(ग) कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय

(घ) कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजा

१५. जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था छ ?

(क) सम्बन्धित को.ले.नि.का.बाट (ख) सम्बन्धित जि.शि.का.बाट

(ग) महालेखा नियन्त्रक कार्यालयबाट (घ) महालेखा परीक्षकको विभागबाट

१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमातलकामध्ये कुन पर्दैन ?

(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने ।

(ख) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।

(ग) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने ।

(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र सम्बद्र्धन गर्ने ।

१७. शिक्षा नियमावली, २०५९ ले शिक्षकको सेवामा बहाल छँदै मृत्य भएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाकोरकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको छ ?

(क) एकमुष्ट १५ हजार (ख) एकमुष्ट २० हजार

(ग) एकमुष्ट २५ हजार (घ) एकमुष्ट ३० हजार

१८. शिक्षा नियमावली, २०५९ ले जिल्लान्तर सरुवाको लागि योग्य हुन सरकारद्वारा घोषित दुर्गम क्षेत्रमा कतिवर्षसम्म काम गर्नुपर्नेप्रावधान छ ?

(क) ३ वर्ष (ख) ४ वर्ष

(ग) ५ वर्ष (घ) ६ वर्ष

१९. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा निम्नमध्ये कुन उल्लेख गरिएको छैन ?

(क) आफुलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नुपर्ने

(ख) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने

(ग) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नुपर्ने

(घ) आज्ञाकारी, अनुशासन, सदभावना, सहयोग, सदाचार सहानुभूति, धैर्यता र सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्ने ।

२०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार आयोगले प्रतियोगितात्मक लिखित र प्रयोगात्मक परीक्षा लिइएकोमाअन्तर्वर्ताका लागि नामावली प्रकाशन गर्दा १६ देखि २० वटा पद रिक्त रहेकोमा कति संख्या थप गरी प्रशान गर्नुपर्छ ?

(क) ३ (ख) ४

(ग) ५ (घ) ६

उत्तरहरु:

१. ग २. घ ३. ख ४. ग ५. ख ६. ग ७. ग ८. घ ९. घ १०. घ ११. ग १२. ख १३. क १४. ग १५. घ १६. ख १७. ख १८. ग १९. ख २०. ग

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.