पश्चिमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर:
१. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ?
- बाबु, आमा, बाजे र बज्यै
२. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ?
- लोकसेवा आयोगको अध्यक्ष
३. नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ?
- शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७)
४. अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ?
- ११ सदस्य
५. शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ?
- २२० दिन
६. शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ?
- २०५७/७/२४
७. शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ?
- १२ दिन
८. नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ?
- आधारभूत शिक्षा पाउने हक
९. खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न‘पर्ने व्यवस्था छ ?
- ६ महिनाभित्र
१०. जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ?
- जिल्ला शिक्षा अधिकारी
११. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना तलकामध्ये कुन हो?
- १–३
१२. दैनिक पाठयोजनाका अङ्गहरुको क्रम तलकामध्ये कुन हो?
- उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य
१३. तलकामध्ये कुन चाहिं पूर्व प्राथमिक शिक्षाको उद्देश्यभित्र पर्दैन?
- भषिक तथा गणितीय सीप विकास गर्ने
१४. उत्तरबाल्यावस्थाका विशेषताभित्र तलकामध्ये कुन चाहिं पर्दैन ?
- खेलौनाको उमेर
१५. सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिओटा उद्देश्य राखिएका छन्?
- ३ ओटा
१६. आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ?
४. ओटा
१७. तलकामध्ये कुन चाहिं सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो?
- छलफल विधि
१८. वर्तमान प्राथमिक तहको पाठ्यक्रम अन’सार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ?
- ८
१९. तलका मध्ये कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ?
- वार्षिक कार्यपात्रो
२०. बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ?
- धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने