TLC Banner

शिक्षक सेवा तयारी नमूना प्रश्न पत्र

१) शिक्षक सेवा आयोगले शिक्षकको बढुवा गर्दा नोकरीको जेष्ठता बापत कति अंक दिने व्यवस्था गरेको् छ ?
क) २०
ख)२५
ग) ३०
घ) ३५

२) प्राथमिक तहको पाठ्यक्रम (कक्षा १–३) २०६२ अनुसार गणित विषयका लागि छुट्याइएको साप्ताहिक पाठ्यभार कति रहेको छ ?
क) ५
ख) ६
ग) ८
घ) ४

 

३) स्थायी शिक्षकको विज्ञापन हुँदा १०० वटा रिक्त दरवन्दीको विज्ञापन भएमा आरक्षण बाहेक कतिवटा पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुन्छ ?
क) ५५
ख) ४५
ग) ६०
घ) ६५


४) नेपालको अन्तरिम संविधान २०६३ मा कुन धाराबाट मौलिक हकको सुरुवात गरिएको छ ?
क) १७
ख) १५
ग) १२
घ) ११

५) विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई अन्तिम स्वीकृती प्रदान गर्ने निकाय कुन हो ?
क) शिक्षा विभाग
ख) पाठ्यक्रम विकास केन्द्र
ग) शिक्षा मन्त्रालय
घ) नेपाल सरकार

६) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन कक्षा १० मा कम्तीमा कति प्रतिशत हाजिरी हुनुपर्दछ ?
क) ६०
ख) ६५
ग) ७०
घ) ७५

७) माध्यमिक तहका प्रधानाध्यापकको कार्यसम्पादन मूल्यांकन गर्दा सुपरीवेक्षक को हुन्छ ?
क) विद्यालय निरीक्षक
ख) स्रोत व्यक्ति
ग) जिल्ला शिक्षा अधिकारी
घ) वि.व्य.स. अध्यक्ष

८) कुनै सामुदायिक विद्यालयमा १६ बर्ष स्थायी सेवा गरेको व्यक्ति उपदानमा सेवा निवृत्त हुँदा उसले कति महिनाको तलब बराबर उपदान पाउने व्यवस्था छ ?
क) १६ महिना
ख) २० महिना
ग) २४ महिना
घ) ३२ महिना

९) जिल्ला शिक्षा समितिको सदस्य सचिव को हुन्छ ?
क) प्रमुख जिल्ला अधिकारी
ख) जिल्ला शिक्षा अधिकारी
ग) स्थानीय विकास अधिकारी
घ) जिल्ला विकास समितिको सभापति

१०) शिक्षक सेवा आयोगको अध्यक्ष हुनाका लागि नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तीमा कति बर्ष काम गरेको हुनुपर्छ ?
क) १५
ख) १०
ग) ५
घ) २

११) तलका मध्ये प्राथमिक तहको उद्धेश्य कुन होइन ?
क) आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्ने ।
ख) कला सौन्दर्य प्रति अभिरुची जगाई सिर्जनसील सीपको विकास गर्ने ।
ग) सामाजिक एबं चारित्रिक गुणको विकास गर्ने ।
घ) सामान्य शिष्टचार गर्न अभिप्रेरीत गर्ने ।

१२) शिक्षा ऐन २०२८ (संसोधन सहित) अनुुसार ग्रामीण शिक्षा विकास कोषको अध्यक्ष को हुने प्रावधान छ ?

क) जिल्ला शिक्षा अधिकारी
ख) शिक्षा सचिव
ग) क्षेत्रीय शिक्षा निर्देशक
घ) शिक्षा विभागको महानिर्देशक

१३) विद्यमान लैगिंक असमानता हटाइ समानता कायम गर्न तलका मध्ये के आवश्यक छ ?
क) महिला शशक्तिकरण
ख) लैगिंक समानता
ग) लैंगिक समता
घ) आरक्षणको व्यवस्था

१४) राष्ट्रिय शिक्षा पद्धतीको योजना २०२८ ले प्राथमिक तहको रुपमा तलका मध्ये कुन हुने उल्लेख गरेको थियो ?
क) कक्षा १ देखि ५
ख) कक्षा १ देखि ३
ग) कक्षा १ देखि ७
घ) कक्षा १ देखि ४

१५) त्रिबर्षीय योजना ( २०६७।६८ – २०६९।७०) मा योजनाको अन्तसम्म प्रौढ साक्षरता दर कति प्रतिशत पुग्ने उल्लेख छ ?
क) ६७
ख) ७६
ग) ९०
घ) ८५

१६) तलका मध्ये कुन शिक्षण विधि शिक्षक केन्द्रित विधि हो ?
क) प्रयोगात्मक
ख) समस्या समाधान
ग) परियोजना
घ) प्रदर्शन

१७) स्थानीय शैक्षिक सामग्री भन्नाले के बुझिन्छ ?
क) स्थानीय स्तरमा सहजै उपलब्ध हुन सक्ने सामग्री
ख) स्थानीय बजारमा खरिद गर्न सकिने सामग्री
ग) शिक्षणमा प्रयोग गर्न सकिने सकिने स्थानीय स्तरका सामाग्री
घ) विद्यालय आसपासमा उपलब्ध सामग्री

१८) विद्यालय स्तरीय योजना कसले स्वीकृत गर्दछ ?
क) विद्यालय व्यवस्थापन समिति
ख) शिक्षक अभिभावक संघ
ग) जिल्ला शिक्षा समिति
घ) प्रधानाध्यापक

१९) विद्यार्थी मूल्यांकन किन आवश्यक हुन्छ ?
क) विद्यार्र्थी सक्रिय तुल्याउन
ख) शिक्षण प्रक्रियाको लेखाजोखा गर्न
ग) विद्यार्थी कमजोरी सुधार गर्न
घ) पाठ्यक्रम परिमार्जनका लागि पृष्ठपोषण पाउन

२०) बार्षिक शैक्षणिक योजना कसले तयार गर्छ ?
क) प्र.अ.
ख) विषय शिक्षक
ग) वि.व्य.स.
घ) शिक्षक अभिभावक संघ

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.