क) “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहसांस्कृतिक विशेषायुक्त मुलक हो” तर्क दिनुहोस् ।
सानो देश भईकन पनि नेपालको सांस्कृतिक विविधता निकै ठूलो मानिन्छ। यहाँ बाहुन, क्षेत्री, गुरुङ, मगर, राई, लिम्बू, नेवारलगायत १२३ जातजातिको बसोबास छ। ती जातजातिका आफ्नै माषामाघिकाहरू छन्। मैथिली, भोजपुरी, नेवारी यस्ता भाषाका केही उदाहरण हुन् । यसैगरी केही वर्षअघि मात्र नेपाललाई धर्मनिरपेक्ष राज्यको मान्यता दिइए पनि परापूर्वकालदेखि नेपालीले विविधप्रकारका धर्म मान्दै आइरहेका छन् । आफ्ना जात र धर्मअनुसार नेपालीका विविधप्रकारका सांस्कृतिक मूल्य-मान्यता र गतिविधिहरू कायम छन् । यसर्थ नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो ।
ख) “नेपालको परिवेशमा विकासका निम्ति सडक यातायात सबैभन्दा उपयुक्त साधन हो" यस भनाइलाई पृष्ट गर्नुहोस् ।
भूपरिवेष्ठित र पहाडी भू-धरातलीय विशेषता भएको नेपालजस्तो मुलुकका लागि जल यातायात र रेलमार्गको सम्भावना न्यून हुन्छ। हवाई यातायात एकातिर उच्च पहाडी क्षेत्रमा समस्याग्रस्त हुन्छ भने अर्कातिर कम आय भएका अधिकांश नेपालीका लागि पहुँचमन्दा परको कुरा हो। यसैगरी महत्त्व हुँदाहुँदै पनि बिजुली र प्रविधिको अभावमा हामीले रज्जुमार्गको विकास र विस्तार गर्न सकिरहेका छैनौँ । तर, सडक यातायात भने हरेक पहाडी क्षेत्रमा पनि पुन्याउन सकिने, सानोतिनो बजेट र सामान्य प्रविधिबाट पनि निर्माण गर्न सकिने र सर्वसाधारण जनताका लागि पनि त्यति घेरै महँगो नपर्ने हुन्छ । कुनाकुनाका कृषि क्षेत्रमा पनि सडकको पहुँच पुग्न सक्छ । यही कारणले गर्दा नेपालको हालको परिवेशमा यातायात विकासका निम्ति सडक यातायात सबैभन्दा उपयुक्त साधन हो भन्न सकिन्छ ।
ग) हिन्दु धर्मअनुसार जन्मदेखि मृत्युसम्म गरिने संस्कारहरूका बारेमा लेख्नुहोस् ।
हिन्दु घर्म परम्परा अनुसार जन्मदेखि मृत्युसम्म गरिने मुख्य संस्कारहरू यसप्रकार छन् :
जातकर्म:
- शिशुको नामी अलग्याउनुभन्दा पहिले शिशुमा ज्ञानको प्रवेश गराउने हेतुले घिउ, मह खुवाउने तथा सामान्य पृजाआजाको काम
छैँठी:
- जन्मेको छैटौँ दिनका दिन शिशुको सफल भविष्यको कामनाका साथै खुसियालीका लागि गरिने पूजाआजा तथा भोजनको काम
नामकरण/न्वारान:
- जन्मेको एघारौँ दिनमा शिशुको नाम राख्ने काम
अन्नप्रासन:
- जन्मेको ६ महिनामा शिशुलाई अन्नमोजन गराउने काम
चृडाकर्म:
- उपयुक्त साइतमा बालकको कपाल काट्ने काम
उपनयन:
- उपयुक्त साइतमा धार्मिक विधिअनुसार शिक्षारम्भ र मन्त्रदान गर्ने काम (व्रतबन्ध)
विवाह:
- निश्चित उमेर पुगेपछि उपयुक्त साइतमा धामिंक विधिअनुसार वर र कन्यालाई प्रणयसूत्र र गृहसूत्रमा बाँध्ने काम
चौरासी:
- करिव चौरासी वर्ष पुगेको उपलक्ष्यमा गरिने हर्षवढाइँ र सम्मानको धार्मिक संस्कार
वैतर्नीपूजा:
- स्वर्गमा स्थान सुरक्षित हुने विश्वासका साथ मर्नुभन्दा अगाडि गरिने दानपूजा
अन्त्येष्टि:
- स्वर्गप्राप्ति होस् भन्ने हेतुले मरेपछि गरिने दाहसंस्कार तथा काजकिरिया.
घ) नेपालमा नदीनालाहरू निकै धेरै हुँदाहुँदै पनि पिउने पानी किन अभाव भएको हो ? कारण दिनुहोस् ।
हाम्रो देशमा पानीका प्रचुर स्रोत हुँदाहुँदै पनि पिउने पानीको अभाव हुनुका पछाडि निम्नलिखित कारणहरू जिम्मेवार छन्:
- पर्वतीय, विकट मूधरातलीय अवस्थाका कारण भएका स्रोतलाई उपयोग गर्न गाह्रो पर्ने,
- पुँजीगत तथा प्राविधिक पछीटेपनका कारण ठूला परियोजनाहरू सञ्चालन गर्न नसक्नु,
- जनचेतनाको अभावका कारण पिउने पानीको दुरुपयोग हुनु, बढ्दो प्रदूषण र वनजङ्गल विनाशका कारण स्थानीय पानीका मुहान सुक्नु वा फोहोर हुनु,
- अनियन्त्रित सहरीकरणले गर्दा सहरी क्षेत्रमा पिउने पानीको माग उच्च हुनु,
- राजनीतिक अस्थिरताका कारण पिउनेपानीका लागि ठोस दीर्घकालीन योजना तर्जुमा र कार्यान्वयन हुन नसक्नु ।
ङ) नेपालमा स्थानीय पूर्वाधार बिकासका क्षेत्रमा देखा परेका समस्याहरू लेख्नहोस् ।
- आयोजनाहरूको कार्यान्वयन प्राथमिकताका आधारमा नभई स-साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिका कारण आयोजनाहरूको लागत वृद्धि हुनु,
- अधिकांश स्थानीय स्तरका भौतिक पूर्वाधारहरूको निर्माणमा दक्ष प्राविधिक र गुणस्तरीय प्रविधिको प्रयोग हुन नसकेबाट आयोजनाहरू दिगो बन्न नसक्नु,
- निर्मित पूर्वाधार संरचनाहरूको उचित मर्मत-सम्भार, सञ्चालन र व्यवस्थापन हुन नसकी आयोजनाको उपयोगितामा कमी आउनु,
- सहरी विकासका लागि उपयुक्त नीति, योजना, कार्यक्रम तथा आधारमूत पूर्वाधारको अभावमा अव्यवस्थित सहरीकरण बढ्दै जानु,
- स्थानीय पूर्वाधार विकासका लागि आवश्यक तथा पर्याप्त तथ्याङ्क तथा सूचना प्रणालीको विकास हुन नसक्दा आयोजना व्यवस्थापन प्रभावकारी नहुनु,
- स्थानीय पूर्वाधार विकासबाट आर्थिक गतिविधिको बढोत्तरी, रोजगार सिर्जना, गरिवी न्यूनीकरण र सामाजिक वञ्चितीकरणमा परेका समुदायहरूको पहुँच अभिवृद्धि गर्ने कार्य अपेक्षित रूपमा हुन नसक्नु आदि ।
च) नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी के-कस्तो व्यवस्था छ ? उल्लेख गर्नहोस् ।
- नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यलाई मौलिक हकका रूपमा लिई निम्नअनुसारको व्यवस्था छ :
- प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने,
- कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने,
- प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने,
- प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने,
- प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने,
छ) नेपालको राष्ट्रिय एकतालाई सृदृढ गर्न के-के कामहरू गर्नुपर्ला ?
- सबै जातजाति, धार्मिक सम्प्रदाय, भाषाभाषीलाई राज्यका विभिन्न संरचनामा समानुपातिक र न्यायपूर्ण सहभागिताको सूनिश्चितता गर्ने,
- घार्मिक सहिष्णुता र जातीय सद्मावको महत्त्वका विषयमा सर्वसाधारणमा जनचेतना जगाउन प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्ने,
- लोपोन्मुख जातजाति, भाषा, संस्कृतिको उत्थानका लागि विशेष नीति अख्तियार गर्ने,
- विविध जातजाति, धर्मावलम्बी, माषामाषीलाई समेट्नेगरी स्थानीय स्तरमा सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,
- जातजाति, धर्मसंस्कृति, भाषाका आधारमा हुने भेदभाव र शोषणको पूर्ण अन्त्यका लागि कडा कानुनको तर्जुमा गरी कार्यक्रम अगाडि बढाउने ।
ज) हेपाटाइटिस 'बी' र हेपाटाइटिस 'सी' रोगको सङ्क्षिप्त परिचय दिई यी रोगहरूबाट बच्ने उपायहरू लेख्नहोस् ।
हेपाटाइटिस “वी' नामक जीवाणुको कारणले लाग्ने कलेजोसम्बन्धी रोगलाई हेपाटाइटिस 'बी' भनिन्छ। यो जीवाणु एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्छ। यो लागेपछि कलेजोको क्यान्सर हुने गर्छ । यो रोग सुईको माध्यमबाट सर्ने गर्छ। यसका साथै असुरक्षित यौन सम्पर्क, बिरामीसँगको प्रत्यक्ष सम्पर्क तथा बिरामीले प्रयोग गरेका सामग्रीको साझा प्रयोगबाट पनि सर्न सक्छ । हेपाटाइटिस 'वबी' को कारण प्रत्येक वर्ष संसारमा करिब २० लाख मानिस मर्छन् । त्यसैगरी हेपाटाइटिस 'सी' नामक जीवाणुका कारणले कलेजोमा लाग्ने रोगलाई हेपाटाइटिस “सी' भनिन्छ । विशेषतः सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू तथा छालामा टाटु खोपेहरूमा यो रोग सर्ने प्रबल सम्भावना हुन्छ। यो जीवाणु रोगीसँगको यौन सम्पर्क तथा सङ्क्रमित आमाबाट गर्मे शिशुमा पनि सर्न सक्छ । हेपाटाइटिस "सी' को पहिचान रगत परीक्षणबाट मात्र हुन्छ। यो रोग लागेमा खाना नरुच्ने, वाकवाकीलाग्ने र कसैकसैमा पहेँलोपन देखिन्छ ।
बच्ने उपायहरू
- हेपाटाइटिस 'बी' र “सी' दुवै रोगबाट बच्न निम्नलिखित
उपायहरू अपनाउनुपर्छ :
- निर्मलीकरण नगरिएको सियो, सिरिन्ज, ब्लेड आदिको प्रयोग गर्नुहुँदैन ।
- दाह्री काट्ने औजार, रुमाल, व्वस व्यक्तिगत रूपमा प्रयोग गर्नुपर्छ ।
- हेपाटाइटिस “बी' लागेका महिला गर्भवती बन्नुहुँदैन ।
- हेपाटाइटिस “बी' विरुद्धको खोप लिनुपर्छ तर हेपाटाइटिस सी' विरुद्धको खोप पाइँदैन ।
- सुरक्षित यौन व्यवहार अपनाउनुपर्छ ।
प्रस्तृतकर्ता : टङ्क केसी : हेमचन्द्र शर्मा
यो पनि पढ्नुहोस:
- कलेज भर्ना हुनु पहिले सबैले जान्नै पर्ने ४ कुरा
- बालवालिका विद्यालय भर्ना गर्ने उपयुक्त उमेर कति?
- स्थायी शिक्षक बन्न अब २०० पूर्णांककाे परिक्षा दिनुपर्ने
- सातै प्रदेशका ९ सय ३० सरकारी विद्यालयमा आईटी ल्याब बन्ने
- एघार हजार एक सय शिक्षक कारबाही मा पर्ने