TLC Banner

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति सम्बन्धी सूचना

Scholarship from Ministry of Social Development Sudurpaschim Province
Scholarship from Ministry of Social Development Sudurpaschim Province

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति सम्बन्धी सूचना:

यस मन्त्रालयको चालु आ.व.को स्वीकृत कार्यक्रममा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि तपसिलमा उल्लेखित छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सि.नं. | छात्रवृत्तिको नाम, लक्षित समूह, आवश्यक योग्यता, कोटा र रकम

१. छात्रवृत्तिको नाम: कर्मचारी सन्तति शैक्षिक छात्रवृत्ति

  • लक्षित समूह: प्रदेश तथा प्रदेशस्तरका जिल्ला एवं स्थानीय तहका कार्यालयहरुमा कार्यरत सरकारी कर्मचारीका सन्तति
  • आवश्यक योग्यता: शै वर्ष २०७५ मा कक्षा १२ उत्तीर्ण गरी स्नातक तह प्रथम वर्षमा अध्ययनरत
  • कोटा: ३५ जना
  • रकम: रु. १ लाख प्रति विद्यार्थी 

२. छात्रवृत्तिको नाम: कर्मचारी शैक्षिक छात्रवृत्ति

  • लक्षित समूह: प्रदेश तथा प्रदेशस्तरका जिल्ला एवं स्थानीय तहका कार्यालयमा कार्यरत रही अध्ययन विदा नलिइ उच्च शिक्षा अध्ययन गर्ने सरकारी कर्मचारी
  • आवश्यक योग्यता: रा. प. अनं वा सो सरहका कर्मचारीको हकमा स्नातक तथा रा. प. वा सो सरहका कर्मचारीको हकमा स्नातकोत्तर, एम. फिल., पि एच डी अध्ययनरत
  • कोटा: १५ जना
  • रकम: प्रति कोटा बढिमा रु. १ लाख

३. छात्रवृत्तिको नाम: जयपृथ्वीबहादुर सिंह छात्रवृत्ति

  • लक्षित समूह: सामुदायिक विद्यालयबाट माध्यमिक तह कक्षा १२ मा सम्बन्धित स्थानीय तह भित्र सर्बोत्कृष्ट नतिजा हासिल गर्ने छात्रा (प्रति स्थानीय तह २ जना)
  • आवश्यक योग्यता: शै वर्ष २०७५ मा कक्षा १२ उत्तीर्ण गरी स्नातक तह प्रथम वर्षमा अध्ययनरत
  • कोटा: १७६जना
  • रकम: रु. ५० हजार प्रति विद्यार्थी

४. छात्रवृत्तिको नाम: टिकाराम पार्की छात्रवृत्ति

  • लक्षित समूह: सामुदायिक विद्यालयबाट माध्यमिक तह कक्षा १२ मा सम्बन्धित स्थानीय तह भित्र सर्वोत्कृष्ट नतिजा हासिल गर्ने दलित, जनजाति, वादी, राउटे, राजी समुदायको विद्यार्थी (प्रति स्थानीय तह २ जना)
  • आवश्यक योग्यता: शै वर्ष २०७५ मा कक्षा १२ उत्तीर्ण गरी स्नातक तह प्रथम वर्षमा अध्ययनरत
  • कोटा: १७६जना
  • रकम: रु. ५० हजार प्रति विद्यार्थी

५. छात्रवृत्तिको नाम: शहीद दशरथ चन्द छात्रवृत्ति

  • लक्षित समूह: जनआन्दोलनका घाइते, शहीद परिवार, द्वन्द्व पिडीत, बेपत्ता परिवारका छात्रछात्रा
  • आवश्यक योग्यता: स्नातक तहमा अध्ययनरत
  • कोटा: ५० जना
  • रकम: रु. ५० हजार प्रति विद्यार्थी

आवेदन पेश गर्ने अन्तिम मिति: २०७६ जेठ २१ गते

आवेदन पेश गर्नु पर्ने स्थान:- सामाजिक विकास मन्त्रालय धनगढी कैलाली, शिंक्षा विकास निर्देशनालय सुदूरपश्चिम दिपायल डोटी, सुदूरपश्चिम प्रदेशका ९ वटै शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरु

नोट:- आवेदन साथ संलग्न राख्नु पर्ने कागजात लगायत अन्य विस्तृत सूचना विवरण मन्त्रालयको वेभसाइट www.mosd.p7.gov.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ ।

एक विद्यार्थी कुनै एक प्रकारको छात्रवृत्तिमात्र प्रदान गर्न सकिनेछ । आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को भोलीपल्ट अन्तिम मिति मानि आवेदन लिइनेछ।

 

उच्च शिक्षा महाशाखा

सामाजिक विकास मन्त्रालय

प्रथम पटक प्रकाशन मिति: २०७६/०१/२३

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.