TLC Banner

शि.वि.प्र. मन्त्रालय व्या.शि.ता.अ. परियोजना छात्रवृत्रिका लागि पिएमटि फाराम भर्ने सम्बन्धी

Notice of PMT Form Fill UP for Scholarship
Notice of PMT Form Fill UP for Scholarship

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो) को छात्रवृत्रिका लागि पिएमटि फाराम भर्ने सम्बन्धी:

प्राविधिक शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस परियोजनाबाट लक्षित समूह (गरिव तथा विपन्न) का विद्यार्थीहरूका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌ (CTEVT) बाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालय र विद्यालयहरूमा टिएसएलसी (TSLC) तथा डिप्लोमा (Diploma) तहमा आगामी शैक्षिक शत्र २०७६/०७७ मा CTEVT को प्रवेश परीक्षा उत्तीर्ण गरी प्राविधिक शिक्षालय र विद्यालयहरूमा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ । माध्यमिक शिक्षा परीक्षा (SEE) मा सम्मिलित भएका वा सो सरहका शैक्षिक योग्यता पूरा गरेका विद्यार्थीहरूले यस परियोजनाबाट प्रदान गरिने छात्रवृत्ति लिई अध्ययन गर्न चाहेमा देहायका सर्तहरूको अघीनमा रही मिति २०७६ असार ३१ गतेसम्म पिएमटी (PMT) फाराम अनलाइनमार्फत भर्न अनुरोध गरिन्छ । आ.व.२०७६/०७७ को बजेट तथा कार्यक्रमबाट स्वीकृत हुने कोटामा पिएमटी (PMT) स्कोर (दोस्रो क्विटाइलसम्म) को योग्यताक्रमको आधारमा एवम्‌ घरधुरी र विद्यालय सत्यापन गरी छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिनेछ । पिएमटी (PMT) फारामको नमूना परियोजनाको वेबसाइटमा राखिएको छ ।

  • परियोजनाको वेबसाइट www.event.gov.np मा रहेको गरिवी मापन सूचकाङ्क (Proxy Mean Test) पिएमटी (PMT) फाराम अनलाइनमार्फत मात्र भर्नुपर्नेछ ।
  • टिएसएलसी (TSLC) वा डिप्लोमा (Diploma) मध्ये कुनै एक तहका लागि मात्र पिएमटी (PMT) फाराम भर्नुपर्नेछ ।
  • परियोजनाबाट छात्रवृत्ति पाइसकेका विद्यार्थीहरूले यो फाराम भर्न पाइने छैन ।
  • फाराममा उल्लिखित विवरण पछिसम्म फरक नपर्ने गरी भर्नुपर्नेछ ।
  • फाराममा भरेको बिवरण झुठो प्रमाणित हुन आएमा छात्रवृत्ति उपलब्ध गराइने छैन ।

थप जानकारीका लागि वेवसाइट www.event.gov.np मा सूचना हेर्न हुन वा पैसा नलाग्ने फोन नम्बर १६६००१६७७७७ वा फोन नं. ०१-४७८६३११ । ४७८६४११ मा कार्यालय समयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.