TLC Banner

सामुदायिक विद्यालयलाई प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना - प्रदेश नं.१ सरकार

Information about presenting offer to community schools
Information about presenting offer to community schools

सामुदायिक विद्यालयलाई प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय

प्रदेश नं.१, विराटनगर, नेपाल ।

प्रस्तुत विषयमा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश नं. १ को चालु आ. व. ०७५/ ०७६  को यस मन्त्रालयको बजेट तथा कार्यक्रममा माध्यामिक विद्यालयहरुलाई सूचना तथा प्रविधि शिक्षण सहायता साझेदारी कार्यक्रम अन्तर्गत सरकार, साझेदार संस्था र सम्बन्धित विद्यालयको संयुक्त साझेदारीमा  मा १०० वटा माध्यमिक बिद्यालय छनौट गरी प्रति विद्यालय रु. ६ लाखको बजेटबाट विद्यालयमा सूचना प्रविधि कार्यक्रम सञ्चालन गरिनै भएकोले तल उल्लेखित शर्त बमोजिम साझेदारी कार्यक्रम सञ्चालन गर्न ईच्छुक सामुदायिक माध्यमिक विद्यालयहरुले आवश्यक प्रमाणित कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस मन्त्रालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

प्रस्ताव साथ पेश गर्नुपर्ने कागजातहरु:

क) कार्यक्रम सञ्चालन गर्ने विद्यालय माध्यमिक तह (कक्षा १० वा १२ सम्म) सञ्चालन भएका हुनु पर्नेछ ।

ख) विद्यालयमा ल्याव सहितको कम्तिमा २० वटा कम्प्युटर हुनु पर्नेछ ।

ग) विद्यालयले पूर्व विद्यार्थी समाज गठन गरेको वा एक वर्ष भित्र गठन गरी सञ्चालनमा ल्याउन प्रतिबद्धता जाहेर गरेको हुनु पर्नेछ ।

घ)  विद्यालयले आमा समूह गठन गरेको वा एक वर्ष भित्र गठन गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेको हुनु पर्नेछ ।

ङ) कार्यक्रम सञ्चालन गर्ने बिद्यालयले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्नु पर्नेछ ।

च) विद्यालयले ०७४।०७५ को लेखा परीक्षण र सामाजिक परीक्षणको प्रतिलिप्रि संलग्न गर्नु पर्नेछ ।

छ) विद्यालयमा विद्यालय व्यवस्थापन समिति नियमअनुसार गठन भई क्रियाशिल हुनुपर्नेछ साथै कार्यक्रमको सञ्चालन प्रतिबद्धता सहित रु २ लाखको स्रोत सृनिश्चितताको निर्णय प्रतिलिपि र बैंक स्टेटमेन्ट पेश गर्नुपर्नेछ । 

ज) विद्यालयमा पहाडी क्षेत्रमा न्युनतम ३०० र तराइ क्षेत्रमा न्यनतम ५०० जना विद्यार्थी IEMIS को अभिलेखमा देखिने प्रमाण समावेश हुनु पर्नेछ ।

झ) विद्यालयमा माध्यमिक तहमा कम्तिमा ४ वटा शिक्षक दरबन्दी हुनु पर्नेछ ।

नोट :विद्यालयले पेश गर्ने प्रस्तावको ढाँचा मन्त्रालयको website: www.mosd.p1.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.