TLC Banner

छात्रवृति प्रदानको लागि सूचना प्रकाशन - सुदूरपश्चिम प्रदेश सरकार

Scholarship notice of Sudurpaschim Province
Scholarship notice of Sudurpaschim Province

 

 

विषय : पुनः सूचना प्रकाशन गरिरएको सम्वन्धमा |

श्री सरोकारवाला सबै |

उपरोक्त सम्वन्धमा आ. व.२०७५।०७६ मा यस मन्त्रालयको लागि संघिय सरकारबाट प्राप्त सशर्त अनुदान कार्यक्रम अनुसार यस मन्त्रालयको मिति २०७५।१०।२७ मा प्रकाशित गरिएको एकमहिने सूचनामा वमोजिम सामुदायिक कलेजबाट प्रथम श्रेणीमा स्नातक तह र प्रथम श्रेणीमा कक्षा १२ उत्तीर्ण गरी क्रमशः स्नातकोत्तर र स्नातक तहमा अध्ययनरत डोम, मुसहर र चमार समुदायको विद्यार्थीहरुको लागि छात्रवृति प्रदानको लागि सूचना प्रकाशन गरिएकोमा उक्त अवधिमा कुनै पनि उम्मेदवारको दरखास्त प्राप्त नभएको हुनाले पुनः सूचना प्रकाशन गरिएको छ । तोकिएको म्याद भित्र निवेदन फा । गर्न हुन अनुरोध छ। 

१) विद्यार्थीको हस्त लिखित निवेदन ,

२) क्याम्पसमा नियमित अध्ययनरत रहेको सम्वन्धित क्याम्पसको सक्कलै सिफारिस पत्र र भर्ना भएको रसिदको प्रतिलिपि,

३) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र अघिल्लो तहको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपि ,

४) राष्ट्रिय वाणिज्य बैङ्क वा नेपाल राष्ट्र वैङ्कवाट क वर्गको मान्यता प्राप्त गरेको बैङ्कमा खाता खोलेको खाता नं खुल्ने कागजात,

५) विद्यार्थी डोम, मुसहर वा चमार समुदायको भएको व्यहोरा खुल्ने प्रमाण पत्र,

६) छात्रवृति रकमः प्रति विद्यार्थी प्रति महिना रु २५००।-

७) निवेदन दिने अवधिः २०७६।२।७ देखि २०७६।२।२१ सम्म ।

निवेदन दिने स्थानः

१) सामाजिक विकास मन्त्रालय, धनगढी,कैलाली ।

२) शिक्षा विकास निर्देशनालय, दिपायल , डोटी |

३) शिक्षा विकास तथा समन्वय इकाइ ९ वटै ।

 

प्रदेश सरकार फोन नं : ०९१-५२६०५८ 

सुदूरपश्चिम प्रदेश फ्याक्स नं :०९१-५२७१६८

सामाजिक ति मन्त्रालय वेवसाइट : www.mosd.p7.gov.np

ईमेल: mosdeducation077@gmail.com, mosdkailali07@gmail.com 

मिति: २०७६।२।६

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.