TLC Banner

छात्रवृति छनौट गरी सिफारिस गरीएको सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित - सिटिईभिटी

CTEVT Scholarship Notice
CTEVT Scholarship Notice

 प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको

शैक्षिक सत्र २०७५ / ०७६ मा डिप्लोमा तथा प्रमाणपत्र तहमा निर्वाह छात्रवृति छनौट गरी सिफारिस गरीएको सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का आङ्गिक शिक्षण संस्थाहरूमा डिप्लामा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७५॥०७६ मा भर्ना भई वार्षिक परीक्षा प्रणालीका कार्यक्रमहरूमा प्रथम वर्ष र सेमेष्टर परीक्षा प्रणालीका कार्यक्रमहरूमा प्रथम वर्ष/प्रथम खण्ड(हाल प्रथम वर्ष दोश्रो खण्ड) मा अध्ययनरत योग्यता पुगेका विद्यार्थीहरूबाट लक्षित वर्गका कोटाहरूमा ७५ जनालाई निर्वाह छात्रवृत्तिका लागि सिफारिस गर्नका लागि मिति २०७६॥०१२० गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी आवेदन फाराम आह्वान गरिएकोमा तोकिएको मितिसम्ममा प्राप्त भएका आवेदनहरूबाट निर्धारित कोटामा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित) को ७.३ बमोजिम योग्यताक्रमानुसार विद्यार्थीहरूलाई निर्वाह छात्रवृत्तिका लागि छनोट गरी सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

शिक्षण संस्थाहरूले निर्वाह छात्रवृत्ति पाएका अध्ययनरत विद्यार्थीहरूलाई नजिकको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाई सोको विवरण प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को लेखा शाखामा मिति २०७६॥०३॥०८ गतेभित्र पुग्ने गरी अनिवार्य रूपमा लिखित जानकारी गराउनु हुन अनुरोध छ।

परीक्षा गियग्त्रक

(प्रथमपटक प्रकाशित मिति: २०७६।०३।०२)

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.
Related institute

CTEVT - Council for Technical and Vocational Training

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.